काठमाण्डौ । विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आज एक भव्य समारोहको विच ३५ जना साहित्य प्रेमी गजलकारहरुलाई सम्मान गर्दै छ । शाखा इजरायलले प्रकाशन गरेको संयुक्त गजल संग्रह सगरमाथादेखी मृतसागरसम्मा कृततिको विमोचन समारोहमा उक्त कृतिमा गजल प्रकाशन गर्नेहरुलाई सम्मान गर्न लागिएको हो ।
अघिल्लो वर्ष उयत्कृष्ट शाखाको उपाधि पाएको यस शाखाको नयाँ कार्यसमिति पनि चयन हुदै छ । पुरानो टिमलाई हार्दिक बधाई दिदै नयाँ वन्ने टिमलाई अग्रिम शुभकामना ।
आसफोर्ड, युके, । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ ।
निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल बुटवलका डा. काफ्ले विगत ११ बर्षदेखि ताइवानमा रहदै आउनु भएको छ भने वहाले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्याबारिधि गर्नुभएको हो । वहा यसअघि केन्द्रीय सदस्यको रुपमा क्रियाशिल हुनहुन्थ्यो । अनलाइन साहित्यिक पत्रिका ‘मुलवाटो’ को सम्पादन गर्दै आउनु भएको थियो ।
त्यस्तै गरि डा. गोविन्दराज भट्टराईलाई पनि दोस्रो पटक सल्लाहकारमा चयन गरेको छ र आसमका साहित्यकार रेवतीरमण तिमिल्सिनालाई केन्द्रीय पार्षदमा मनोनयन गरेको छ ।
बैठकले निर्वतमान महासचिव काँईला कार्यालयको जिम्मेवारीमा बढुवा हुनुभएकोमा बधाई प्रस्ताव पारित गरयो । काँइलाले कार्यालयको जिम्मेवार बढेको कारण समयदिन नसकेकोले राजीनामा दिनुभएको थियो । अत्यन्तै सक्रिय रहनुपर्ने पद छोडेर आजीवन सदस्य रही महासङ्घको हितमा निरन्तर काम गर्ने निवर्तमान महासचिव काँइलाले प्रतिबद्धता जनाउनु भयो ।
बैठकमा तत्कालै ३ वटा मुलुकमा नयाँ शाखा विस्तार हुनेकुरा पनि जानकारी गराइएको थियो । औपचारिक बैठकको विषर्जन लगतै गजल र कतिाहरु वाचन गरिएको थियो । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् । सबै शाखाहरुलाई नयाँ बर्षमा विभिन्न साहित्यिक कार्यक्रम गर्न बैठकले निर्देशन जारी गरेको छ ।
वीरगंज । नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व सदस्य, गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषा संयोजक तथा चर्चित भोजपुरी भाषाका साहित्यकार एवं लेखक दिनेश गुप्ताद्वारा लिखित निबन्ध संग्रह “अन्हार में एक रात” र मुक्तक संग्रह “आन्हर के शहर में ” भन्ने दुईवटा पुस्तकको आज रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रीय कार्यालयको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो ।
सो पुस्तकको बिमोचन कार्यक्रमका प्रमुख अतिथी नेपाल भोजपुरी समाजका अध्यक्ष तथा बरिष्ठ भोजपुरी साहित्यकार एवं भोजपुरी भाषाका भीष्म पितामह पंडित दीपनारायाण मिश्रले माता सरस्वतीको तस्वीरमा फूल माला तथा अवीर चढाउनुको साथै पानसमा दीप प्रज्जवलित गरी पुस्तक बिमोचन कार्यक्रमको समुदघाट्न गर्दै उक्त दुबै पुस्तकको बिमोचन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा साहित्यकार एवं लेखक दिनेश गुप्तालाई प्रमुख अतीथि मिश्रले अबीरको टिका तथा खादा ओढाएर सम्मान पनि गर्नु भएको थियो ।
पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतीथि मिश्रले यस पुस्तकले भोजपुरी भाषाको बिकासमा देखिएका बाधा अवरोधलाई चिर्नुको साथै भोजपुरी भाषा, कला तथा संस्कृतिको बिकासमा ठुलो टेवा पु¥याउने आशा समेत ब्यक्त गर्नु भएको थियो ।
लेखक दिनेश गुप्ताद्वारा लिखित निबन्ध संग्रह “अन्हार में एक रात” र मुक्तक संग्रह “आन्हर के शहर में ” भन्ने दुईवटा पुस्तक बारे नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं पुस्तक बिमोचन कार्यक्रमका बिशिष्ठ अतीथि उमाशंकर दुवेद्धी “दधीचि” र साहित्यकार एवं भोजपुरी भाषाविद्ध डा. विश्वम्भर शर्माले उक्त पुस्तक बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा लेखक गुप्ताले आफनो छोटो मन्तब्य ब्यक्त गर्दै नेपालमा सबै भन्दा बढि बोलिने तेस«ो भाषा भोजपुरीको बिकास र आवश्यकता बारे ब्यापक चर्चा गर्नु भएको थियो भने फिल्म सरह नै भोजपुरी साहित्य पनि आफनो उत्कृष्टता प्रकट गरोस भन्ने आशा समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका अतीथि साहित्यकार एवं प्राध्यापक कुमार सच्चितानन्द, नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष मास्टर तारा सिहं, प्रभात काब्य यात्रा पर्साका संयोजक अरुण बिक्रम शाह, नेपाल भारत भोजपुरी मित्र मण्डलीका अध्यक्ष डा. शशी भुषण वर्णवाल, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेश चन्द्र गौतम, भोजपुरी भाषाका बरिष्ठ पत्रकार बिजय प्रकाश “ बिन”, गजल साहित्य मञ्च पर्साका दिलीप राज कार्की, हा“स्य ब्यङ्ग मञ्च पर्साका अध्यक्ष बिनोद तिमिल्सीना, बिन्दास एफ.एम.का निर्देशक आर.सि.यादव, प्रिन्ट मिडियाका तर्फबाट कान्तिपुर दैनिकका प्रतिनिधि शंकर आचार्य नागरिक दैनिक पत्रिकाका प्रतिनिधि रितेश त्रिपाठी लगायतले आ आफनो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत भाषण युवा कबि रितु राज पटेलले गर्नु भयो भने पुस्तक बिमोचन
-
सुर्खेत । मध्यपश्चिमाञ्चल गजल मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको प्रायोजनमा शहिद दिवस २०७१ को अवसरमा सुर्खेतमा पहिलो पटक गजल साँझ सम्पन्न भएको छ ।
होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको सभा हलमा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्खेत दैलेख जाजरकोट र अछामका गजलकारहरुले आ–आफ्ना गजल प्रस्तुत गरेका थिए ।
गजलकार महेन्द्र चन्द महासागर, भरत रोदन सावद, बासुदेब पाण्डे प्रभाकर, ऋषि शर्मा सुदामा, कृष्ण विरही जलन, विद्या निर्दोष पहाडी, गणेश कञ्चन थापा, खगेन्द्र अटल, धिरेन थापा अनुपम, यामु सहयात्री, निमा गुरुङ, सन्देश कठायत लगायतका स्रष्टाहरुले गजल वाचन गरेका थिए ।
होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको तर्फबाट बोल्दै प्रोपराइटर लोकन्द्र वलीले भने – आउँदा दिनहरुमा पनि संस्थाहरु संग सहकार्यमा हामी यस्ता कार्यक्रमहरु गर्दै लैजाने छौ । उनले थपे – अब देखी हाम्रो होटलमा गजलकारहरुलाई १५ प्रतिशत छुटको व्यवस्था ग¥यौं । सुर्खेतमै पहिलो पटक भएको गजल साँझ कार्यक्रम साँझ ६ बजेदेखी ९ बजेसम्म संचालन भएको थियो । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि समालोचक डा. दीपक गौतम थिए भने अन्य अतिथिहरुमा वाङ्मय चौतारी नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतम, छन्दकवि टिकाप्रसाद पोख्रेल लगायत रहेका थिए ।
संस्थाका उपाध्यक्ष सन्देश कठायतको शब्द स्वागत रहेको कार्यक्रम महासचिव पहल असिम थापाले संचालन गरेका थिए । कार्यक्रम १५० भन्दा बढि स्रष्टा द्रष्टाको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई दुई बर्षमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारका लागि पुस्तक बुझाउने म्याद थप गरेको छ/ जस अनुसार सन् २०१५ को पुरस्कारका लागि २०१५ मार्च २ सम्मको समय थप गरिएको छ ।
यस अघि तोकिएको म्याद जनवरी १५ थियो/ यो अवधिमा जम्मा ३५ जना लेखकका पुस्तकहरुमात्र प्राप्त भएकाले अनेसास¸ बोर्ड अफ ट्रस्टी (बिओटी) को सभापति डा श्याम कार्कीको सभापतित्वमा बसेको बैठकले यो म्याद थप गरेको हो/
बढीभन्दा बढी लेखकहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्न पुरस्कार समितिका अध्यक्ष सीता पाण्डेलेम्याद थपका लागि प्रस्ताव गर्नु भएपछि बैठकमा सर्वसम्मतिले स्वीकृत गरेको हो ।
पुरस्कारका लागि सहभागी हुने लेखकहरुका पुस्तकहरु सन् २०१३ को जनवरी १ देखि सन् २०१४ को डिसेम्बर ३१ भित्रमा प्रकाशन भएको छ प्रति पुस्तक समितिका अध्यक्ष सीता पाण्डे ( Sita Pandey, 26 Federal Ct , Gaithersburg , MD 20877 , USA ) लाई निर्धारित मिति भित्र पठाउन अनुरोध गरिएको छ /

सुर्खेत । मध्यपश्चिमाञ्चल गजल मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको प्रायोजनमा शहिद दिवस २०७१ को अवसरमा सुर्खेतमा पहिलो पटक गजल साँझ सम्पन्न भएको छ ।
होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको सभा हलमा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्खेत दैलेख जाजरकोट र अछामका गजलकारहरुले आ–आफ्ना गजल प्रस्तुत गरेका थिए । गजलकार महेन्द्र चन्द महासागर, भरत रोदन सावद, बासुदेब पाण्डे प्रभाकर, ऋषि शर्मा सुदामा, कृष्ण विरही जलन, विद्या निर्दोष पहाडी, गणेश कञ्चन थापा, खगेन्द्र अटल, धिरेन थापा अनुपम, यामु सहयात्री, निमा गुरुङ, सन्देश कठायत लगायतका स्रष्टाहरुले गजल वाचन गरेका थिए ।
होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको तर्फबाट बोल्दै प्रोपराइटर लोकन्द्र वलीले भने – आउँदा दिनहरुमा पनि संस्थाहरु संग सहकार्यमा हामी यस्ता कार्यक्रमहरु गर्दै लैजाने छौ । उनले थपे – अब देखी हाम्रो होटलमा गजलकारहरुलाई १५ प्रतिशत छुटको व्यवस्था ग¥यौं । सुर्खेतमै पहिलो पटक भएको गजल साँझ कार्यक्रम साँझ ६ बजेदेखी ९ बजेसम्म संचालन भएको थियो । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि समालोचक डा. दीपक गौतम थिए भने अन्य अतिथिहरुमा वाङ्मय चौतारी नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतम, छन्दकवि टिकाप्रसाद पोख्रेल लगायत रहेका थिए ।
संस्थाका उपाध्यक्ष सन्देश कठायतको शब्द स्वा - See more at:
- डा. मधु माधुर्य
देखिरहेछु : माघ-८ को सतही व्याख्यामा –
ढुंगा- मुढा, टाएर-आगो , लाठि-मुङ्ग्रो, बन्दुक… र फेटाहरु
सल्बलाई रहेछन्
जिन्दावाद-मुर्दावादको
आदिम आवाजहरु ‘फर्मालिटि”को घन्किरहेका छन्
आफ्नो नैतिकता र चेतनाको अन्तिम विकल्प –
” देश बन्द ”
घोषणा गरिरहेका छन् नामर्दहरु !
लेन्डुप-मनधारी ठुटे राजा- रजौटाहरुको पुच्छरले बंग्याएको
लोकतान्त्रिक ढुङ्ग्रो कुच्याई रहेका छन् मान्छेहरु
युवाहरुलाई दिनहुँ विदेश लखेट्ने सुनियोजित सरकारी षड्यन्त्रपछि
बाँकी रहेका
कथित राजनीतिज्ञहरुको टाउकामा
इतिहासले थुकेको दुर्गन्धित अभिशापको फोहोर
हाम्रो अनमोल जीवनको सपना र विपना डुबाउँदै
सकी-नसकी बागमती बगिरहेछ ….
बाँकी यथास्थितिवादीहरु –
आशावादी रमिते बनेर पशुपतिमा लाम लागिरहेछन् एकाबिहानै
साउनमा फुटेको आँखा विछ्याउँदै गन्तव्यविहिन दिशातिर
सोच्दै :
“झार्छ कि साँढेले कतै संविधान-डल्लो” !
+++ ++++ +++
इस्ट-इन्डियन जंगेदेखि
आजसम्मका उत्तरआधुनिक युरो-इन्डियन जंगेहरुको क्रेमाटोरिया
अर्थात्
अन्तिम कुरूक्षेत्रको एउटा सोचले गुँड खोजिरहेछ
बाँकी नेपालीहरुको
थकित/जीर्णप्राय:चेतनामा ….
अनि……
नेपालीहरुले नै लेख्ने छन्
दशगजा नढलेको नयाँ नेपालको स्वर्णिम चित्र
र नेपाली संविधान !
काठमाण्डौ । नेपाली बामपन्थी चिन्तक प्राडा गोपाल शिवाकोटीद्वारा लिखित माक्र्सवादी राजनीतिशास्त्र कान्छो पुस्तकको रुपमा बजारमा आएको छ । नेपाली कम्युनिष्ट आन्दोलन ६६ वर्ष पुगिसक्दा पनि नेपालमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको रुपमा विकास नभई वामपन्थी आन्दोलनको हैसियतमा मात्रै सीमित हुन पुगेको छ ।
यसका कारणहरुलाई लेखकले आफ्नो पुस्तकमा विभिन्न अध्यायमार्फत प्रष्ट्याउन कोशिस गरेका छन् । पुस्तकमा माक्र्सवादी प्रस्तावना, माक्र्सवादका प्रवर्तक, माक्र्सवादको मूल सिद्धान्त, राजनीतिक विज्ञान, राज्य सम्बन्धी धारणा, राज्यको स्वरुप र कार्य, क्रान्तिकारी माक्र्सवाद र विकासवादी समाजवाद, स्वतन्त्रता र यस पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेको भ्रम र सिंगो राजनीतिक आन्दोलनमा रहेको भ्रमलाई समेत चिरफार गर्न सफल भइ क्रान्तिकारी परिवर्तनको आन्दोलनलाई निर्णायक आन्दोलनमा विकास गर्नका लागि जनमत तयार गर्न दिशानिर्देश गर्ने कुरामा आश्वस्त हुन सकिन्छ ।
कवि दिनेशविक्रम थापाको तेस्रो कृति ‘तेस्रो फूल’को एक भव्य समारोहबीच लोकार्पण भएको छ ।
‘तेस्रो फूल’ खण्ड काव्यको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभु घिमिरे र वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
३२ पृष्ठ भित्र एघार वटा भागामा सजिएको ‘तेस्रो फूल’ कवि दिनेशविक्रम थापाको पारिवारीक घटना त्यसमा पनि आफ्नै सहोदर साइला दाजुको मृत्यु पीडामा केन्द्रित रहेको छ । शाश्वत, सत्य र यथार्थका उकाली ओरालीलाई कविले ज्यादै मिहेनतसाथ कृतिमा उतारेको समिक्षकहरुले बताएका छन् ।
अहिलेसम्म धेरै किसिमका शोककाव्य नेपाली साहित्य फाँटमा आए पनि दाजुभाइको प्रगाढ आत्मीयताको बारेमा यो कृति पहिलो भएको साहित्यकारहरुको भनाई थियो ।
ज्योती साहित्य प्रतिष्ठान र मनोभाव साहित्य प्रकाशनले आयोजना गरेको लोकार्पण समारोहमा गजलकार ज्ञानुआकार पौडेल, साहित्यकार युवराज नयाँघरे, मित्रलाल पंगेनी, भाग्यशाली अधिकारी, कुमार कोइराला, कमला पराजुली लगायतको उपस्थिती रहेको थियो ।
साबि पाठकको पहिलो उपन्यास चम्पाका हजार पाईलाको बिमोचन प्र. प्र.का कुलपतिबाट बोमोचन गिरियको समारोहमा युबराज नयाघरे समेतका साहित्यक सष्टाहरुको उपस्थिित रहेको थियो ।
नारिको लागि नारि भन्ने संस्थाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा उल्यख्य दर्शकहरुको उपस्थित रहेको थियो ।
नारिको लागि नारि भन्ने संस्थाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा उल्यख्य दर्शकहरुको उपस्थित रहेको थियो ।
आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप सम्म को जमाना मा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला तर पनि यो मनको भाबना हरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ। मेरी सपनाकी राजकुमारी नानु मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन् काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा वा इमेल, फेसबुक अनि भाईबर र उई च्याट, व्हाट्सअप मा भए पनि प्रेमका मीठा–मीठा सपनाहरु कोरेर पठाउ । यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना भनिदेउ आफ्नो हृदयको ढोका खोली देउ नत्र इन्टरनेट बाट नै भए पनि मलाई उत्तर देउ।
हो नानु, जब देखि हाम्रो कुरा हुन थाल्यो जब देखि हाम्रो भेट भयो त्यस पछि का हरेक पल हरु हाम्रो लागि त्यतिनै महत्वपुर्ण छ, यसका साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै गएका छौ।
मैले दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिन लागेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म नानु ……….. यदि अघि बढ्न सकिनौ भने पुुनः पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको मान्छे त्यहि ठाउँ मा रहिरहने छ अनि तिमि लाई तिम्रो प्रतिक्षा मा कुरिरहने छ ।” त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोपी सकेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो मायाको भिख मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे जति बेला तिमि लाई अँगालो मा बाधेर न्यानो माया को अनुभूति पाए सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेख्दै छु ।
आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।
त्यसैले त ……….. तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा एक छिन कुरा गर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन……………. तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन नानु म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण जिबन सम्झेको छु र आफुले आफुलाई तिमि प्रति समर्पित गरेको छु। तिमीले यसलाई मेरो माया लाई पागलपन सम्झ या त घृणा नै सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी वन्ने छैनौं र मलाई छोडेर टाडा सात समुन्द्र जाने छैनौ। ………. तिमीले मेरो निश्छल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।
नानु तिम्रो दिलमा मैले तमासुक लेखिदिइसकेको छु । साथै मैले तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप। प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघर्ष लुकेको हुन्छ र दुख पनि । आज तिमि म बाट टाडा हुदा धन सम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि गरिब बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।
वास्तविकतामा प्रेम मीठो अनुभुति हो ।
उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबना हरु मिल्दै गए पछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलन बाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।
मेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस भएको छ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ ।
यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तर पनि … तिम्रो लागि समर्पित। मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमी ले मलाई साथ दिनै पर्छ, माया गर्नै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामर्थ्य छैन र सो कार्य गर्न मेरो नैतिकताले पनि दिदैन किनकि मैले तिमि लाई बुझेको छु अनि तिम्रो परिस्थति संग ज्ञात पनि छु। ‘तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेम ले नै मानिस लाई बदल्छ ।
तिम्रो जिन्दगीको बागडोरको चाबी तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ ।म तिमि लाई मलाई छोडेर कतै नजाउ त भन्न सक्दिन किन भने तिमि अहिले जुन ठाउँ मा उभिएर मलाई माया गरि रहेको छौ त्यो अत्यन्तै कठिनाई पूर्ण छ हो त्यहि भएर त्यो नै मेरो लागि महान हो नानु तिमि मेरो आदर्श हौ साच्चै भन्दा तिमि ले नै मलाई दोस्रो जिबन दिएको हौ यो कुरा तिमि लाई पनि राम्रो संग थाहा छ ।
तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं । तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ म तिमि लाइ माया गर्दिन जस्तो तिमि लाइ लाग्छ भने। भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ ? के नेपाल छोडेर युरोप अमेरिका जाने साथ सबै समस्या को समाधान होला त के त्यो ठाउँ मा दुख नहोला त के सुख मात्र पाउन सकिन्छ त? दुख पक्कै पनि छ हो जुन पिडा तिमि लाई परेको छ त्यहि पिडा भुल्न अनि एउटा सुन्दर भबिस्य निर्माण गर्न को लागि मात्र तिमि ले यस्तो गर्न खोजेको हो। म तिमि लाई बुज्छु, तिम्रो पिडा भनेको नै मेरो पिडा हो यहि कुराले हरपल यो मन रुन्छ तिम्रो सम्झनामा हामीले बिताएको हरेक पल हरु मेरो आखा अगाडी नै घुमिरहेको छ । तिमि जहाँ गए पनि जहाँ भए पनि म त्यहि हाम्रो मायाको साहारामा बाच्नेछु केवल तिमि फर्की आउने आश लिएर मेरो पुरा जिबन तिम्रो नाम मा समर्पित गर्ने छु ।
मानिस को जिबन मा गल्ति त हुदो रहेछ जुन गल्ति मैले पनि गरे जुन गर्नु नहुने थियो म आफै त्यहि गल्ति ले गर्दा पश्चतापमा जलि रहेको छु म मेरो यस गल्ति मा तिमि समक्ष क्षमा माग्दछु माफ माग्दछु सक्छौ भने माफ गरि देउ नत्र सजाय देउ तिम्रो हरेक सजाय म सहर्ष स्वीकार्छु अनि तिम्रो हरेक कुरा मेरो जिबन को सुन्दर उपहार सम्झिने छु नभए यो मेरो जिबन तिम्रो सामुन्ने त्याग गर्नेछु मात्र तिम्रो माया को लागि मात्र तिम्रो लागि ।
सम्झ त एकछिन तिमी मेरी जीवन संगिनी वन्न सकिनौ भने मेरो माया कति निसासिन्छ मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला भनेर।
तिम्रो हृदयले जे लेख्छ, मनले जे सोच्दछ, त्यही मलाई उत्तर देउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो लेख देख्नासाथ तिमि लाई अनौठो त पक्कै पनि लाग्ला तर पनि, यसलाई तिमि ले अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख्न पनि सक्छौ र अनि मलाई जिबन भरि साथ दिने बाचा पनि गर्न सक्छौ या त मेरो माया लाई यतिकै छोड्न पनि सक्छौ अन्तिम मा फैसला त तिम्रो नै हात मा छ। जुन सुकै परिस्थिति मा पनि म तिमि लाई माया गर्ने छु इज्जत दिने छु र सधै भरि मेरो हृदय मा सजाएर राख्नेछु । तिम्रो यो जिबन को सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि तिमि लाई नै कुरेर जिबन व्यतित गर्ने प्रण गर्दछ, तिमि लाई नै जिबन भर पर्खेर बस्ने कसम खादैछ अनि तिमि आउने गोरेटो मा तिम्रो प्रतिक्षा मा कुरेर बस्नेछ।
सर्वप्रथम बेलबारीबाट प्रारम्भ भएको दबाबमूलक कविता गोष्ठी पथरी हुँदै हालै लेटाब बजारमा सम्पन्न गरेकोे छ । मञ्चका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र नेपाल सब्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्थानीय एवम् विराटनगर, उर्लाबारी, पथरी, बेलबारी लगायतका एक दर्जन स्रष्टाहरूले माघ ८ मै संविधान पाउनु नागरिक अधिकार हो भन्ने आसयका सिर्जना मार्फत बोलीका ठेगान नभएका अकर्मण्य नेताहरूप्रति वाण बर्साएका थिए ।
सोही अवसरमा अधिकारकर्मी रामबाबु दाहालले आफूले कबोलेको समय सीमामा संविधान दिन नसक्ने हो भने
दलीय नेतृत्व अक्षम हुने कुरा बेलैमा नेताहरूले सोचुन् भन्ने मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथि खेम नेपालीले संविधानलाई र संविधान सभालाई अनिर्णयको बन्दी बनाउने पार्टी कुन हो भन्ने कुरा आम जनताले बुझेर समयमा संविधानकालागि हामी स्रष्टाहरू सडकमा ओ र्लेका छौं तपाईँहरूले पनि साथ दिनोस् भन्ने भनाई राख्नु भएको थियो ।
सिर्जना वाचन गर्नेहरूमा स्थानीय स्रष्टा ख्याम न्यौ
पाने, शिवनारायण पंडित, बाबुराम श्रेष्ठ वर्ष, यज्ञ
परिश्रमी, गण्डकीपुत्र, मधु पोखरेल, रोहित पर
ाई लगायत विभिन्न क्षेत्रका स्रष्टाहरू थिए । मञ्चले
आगामी कार्यक्रम पौष २८ गते मंगलबार केर
ाबारीमा आयोजना गर्ने कुरा मञ्चका अध्यक्ष पो
खरेलले बताए ।
-
लाहुरेनीको लाहुरेनी पिडा
पछिल्लो समय बेलायतले गोर्खा सैनिकका परिवारलाई नागरिक सरह उतै रहने अधिकार दिएको छ ।
जसका कारण ठुलो समुहमा नेपाली दाजुभाईहरु यो देशमा छैनन् । तिनले सम्याएका नगरका चिल्ला बाटोहरु, निर्माण गरेका चौतारीहरु, पानीको धारा, स्कुल र मठ मन्दिरहरु फुस्रा हुंदैछन् ।
मुलत मंगोल समुदाय लाहुरे हुने गरेकाले जानजाति आन्दोलननै कमजोर हुंदैछ । तर उता विदेशमा साहित्यको अर्को नेपाल बनीरहेको धेरैलाई थाहा छैन ।
ती विदेसिए पनि तिनले आफ्नोपन, आफ्नो जाति, आफ्नो संस्कृति भुलेका छैनन् ।
त्यसैले उनिहरु कविता लेख्दैछन् । यहि मेसोमा विदेशमा बसेर कवयीत्री लीला सेलिङ मावोले कविता कोरेकी छिन् ।
कवयीत्री लीलाको कवीता संग्रह लाहुरेनी पीडा विमोचन गरिएको छ । विहिवार किरात चुम्लुङ हिममा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारुङले विमोचन गरेका थिए ।
दुईसय रुपैया मुल्य राखिएको उक्त कविता संग्रहमा ढेड दर्जन कविता रहेका छन् । उक्त कविता संग्रह निम्वल पब्लीकेसन्सले प्रकाशन गरेको हो ।
सुर्खेत । सिम्ताली एकता समाज सुर्खेतको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यको श्रीबृद्धि गर्न लागिपरेका युवा गजलकार तथा कविहरुको जमातले भरिएको थियो क्याम्पस रोड सुर्खेतको एलिटस क्याफे । सबैले दमदार रचनाहरु बाचन गरिरह“दा वा–वा र तालीको आइरो लागेको थियो ।
सुर्खेतमा परेको हिउ“दे बर्षाको कारण कार्यक्रम केही ढिला गरी शुरु भएपनि दैलेख, सुर्खेत, जाजरकोट र अछामका गजलकार तथा कविहरुको उपस्थिति रहेको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको संस्थाका अध्यक्ष विष्णु महताराले जानकारी गराए ।
कार्यक्रममा खगेन्द्र अधिकारी ‘अमृत’, महेन्द्र चन्द ‘महासागर’, धिरेन थापा ‘अनुपम’, भरत ‘रोदन’ साउद, पहल असिम थापा, सन्देश कठायत, खगेन्द्र अटल, झलक वली, विद्या निर्दोष पहाडी, गणेश कञ्चन थापा, कृष्ण विरही जलन लगायत दुई दर्जन साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नया च्याप्टरका रुपमा अनेसास पर्थ च्याप्टर गठन भएको छ / अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् / नियमित मासिक साहित्यिक भेटघाट हुदै आएको पर्थमा अनेसासको च्याप्टर गठनले नेपाली भाषा र साहित्यमा नया आयाम थप्न मद्दत पुग्ने विश्वाश अध्यक्ष घिमिरेको रहेको छ /
च्याप्टरमा धनकुमारी बरुवाल केसी (उपाध्यक्ष:), डा. सोनु यादब (सचिब) र
राजेश बुढाथोकी (कोषाध्यक्ष) रहेका छन् भने दिक्पाल देव पंगेनी, कमल सिलवाल , निरज छेत्री , उज्वल केसी र अर्जुन घिमिरे सदस्य रहेका छन् /
नव गठित च्याप्टरलाई स्वागत गर्दै अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा र साहित्यको बिस्तारमा अनेसासको महत्वपूर्ण भूमिका रहेको बताउदै विश्वका अन्य मूलुकमा पनि च्याप्टर गठनको प्रक्रिया अघि बढिरहेको जानकारी गराए/
यौटा नराम्रो खबर आयो परदेशमा
संकट आइपर्यो रे गाउँको घरमा
मोबाइलबाट रुँदै भन्नु भो आमाले
बुहारी त अर्कैसित बस्न गै शाहरमा
हामिले नजा भन्दा भन्दै गैहालिस बाबु
रुपैयाले स्वास्नी सिङार्छु भन्थिस बाबु
बाफिलो तातो मुलुकमा भोकै काम गर्दा गर्दै
यही मर्छुकी क्याहो आमा भन्थिस बाबु
उताबाट आउन थाले देखिन धनको पोको
तेरी स्वास्नीले मेटाउन थाली तनको भोको
सानी छोरीलाई घरमा एक्लै छोडेर
होटल लजतिर बास हुन थाल्यो
गाउँ छिमेकमा नराम्रो कुरो सुनिन थाल्यो
रगत पसिनाको कमाइ नाठोसित उड्न थाल्यो
तेरा बाबा र मैले सम्झाउन खोज्दाखेरी
हामी माथिनै लखौरीका हात उठ्न थाल्यो
तेरी स्वास्नीले के के मात्रै गरिन
घरमा झीटी झ्याम्टो केहि छोडिन
छुट्टीमा तँ आउने कुरो थाहा पाएपछि
घरबार लोग्ने छोरी केहि नि भनिन्
यौटा नराम्रो खबर आयो परदेशमा
संकट आइपर्यो रे गाउँको घरमा
मोबाइलबाट रुँदै रुँदै भन्नु भो आमाले
बुहारी त अर्कैसित बस्न गै शहरमा
शोभा केसी, काठमाडौं
यो मुर्दा पुज्ने देश
यो सतिको श्राप परेको देश
यसैले यहाँ मुर्दा पुजिञ्छ
जता जाउँ उतै भुतपुर्व पाइन्छन
बर्तमान यहाँ उपेक्षित छ
यसैले नै उ मौन छ
यो मुर्दाहरुको देश -भुत पुर्वहरुको देश
सतिको श्राप परेको देश
यसैले यो भूपूहरुको देश
भन्न त अवादिले दुइ कोटी पनि नाघ्यो भन्छन
आयो सक्षम पिढी भन्छन
तर खोइ कहाँ त्यो पिढी छ
जताततै त भुत पुर्व नै छन्
यो मुर्दा पुजिने देश
त्यसैले त भूतपूर्व हरुको देश , यो मुर्दा हरुको देश
@युवा हुङ्कार मासिक
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने देशिवदेशका छ जना प्रतिभालाई २०७१ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित यी पुरस्कार जनही पचास हजार रूपियाँ राशिका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । नइ भूपालदुर्गा पुरस्कार आध्यात्मिक दर्शन, चिन्तन र जागरणमा सदैव समर्पित बोधिसत्व स्वामी श्री आनन्द अरुणलाई समर्पण गर्ने निर्णय गरिएको छ ।
नइ चन्द्रधन पुरस्कार धर्म, संस्कृति र अन्वेषणमा विशिष्ट योगदानका लागि प्रा.डा.वीणा पौडेललाई समर्पण गर्ने निर्णय भएको छ । नेपाली भाषामा कविताको स्तरीय सृजना गर्दै समालोचनाका माध्यमबाट समेत देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत वनारस हिन्दू विश्वविद्यालयका सहप्राध्यापक डा.सञ्जय वान्तवालाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । राजधानी बाहिर बसेर पनि नेपाली भाषासाहित्यको स्तरीय सृजनामा समर्पित झापाका श्री तेजराज खतिवडा (तेराख)लाई नइ धनरुप पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । विदेशमा रहेर नेपाली भाषा र साहित्य सृजनामा सदैव जागरूक अमेरिकाका शरद निरौला र मञ्जु हाडा निरौलालाई संयुक्त रुपमा नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष एघार लाख रूपियाँ राशिका छब्बीस ओटा पुरस्कार प्रदान गर्दै आएको छ ।
विश्वब्यापी खुल्ला कविता प्रतियोगिताको लागि आफ्नो कविता पठाउनु भएको छैन भने तुरुन्त पठाई हाल्नुहुन अनुरोध छ । अन्तिम समय भएकोले धेरै कविताहरु प्राप्त भएका छन त्यसैले तत्कालै प्रतिउत्तर आउन ढिला भएमा माफी चाहान्छौ । कविता प्रतियोगिले पुरस्कार मात्र नभई उत्कृष्ट १० कविता छनौट गरि चाइनीज र हिन्दीमा अनुवाद गरिने भएकोले यो अवसर नगुमाउनुहुन अनुरोध गरिन्छ ।
E-mail: gfnl@ymail.com
http://gfnl.org.np/?p=2363
E-mail: gfnl@ymail.com
http://gfnl.org.np/?p=2363








