काठमाण्डौ । असाहय टुहुरा बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको न्यूज अभियान अक्षयकोष मार्फत असाहय टुहुरा बालबालिकाकोलागी संखुवासभामा जन्मिनु भएकी हाल अमेरिकामा रहेकी श्रेया दाहाल र उनको भाईको सहयोगमा नेपाली युथ लिडर ईन अमेरिका नामक संस्थाबाट संकलन भएको २० हजार रुपयाँ बेदनाथ दाहाल जो विश्व नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ (नेपाल आएको अबसर पारेर नयाँ वर्षको पावन अबसरमा एक समारोहको विच हस्तानतरण गरियो ।
उहाँले न्यूज अभियान अक्षय कोष मार्फत सहयोग गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गर्नु भयो ।
उहाँले न्यूज अभियान अक्षय कोष मार्फत सहयोग गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गर्नु भयो ।
घृणित अपराध हो, पिडा बोध भयो -डीआईजी
काभ्रे । पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् ।
काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् । गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए । उनीहरु भाग्दै पनौती बसपार्क पुगे ।
सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए ।
बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए एक प्रहरी अधिकारीले भने तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् । भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।
काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।
काठमाडौं : भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन्।
प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेका थिए।
दिनभरको मौसम सुर्खेत उडानका लागि योग्य भए पनि प्रधानमन्त्रीले उड्ने समय मिलाउन सकेका थिएनन्। उनको उडान बिहान ९ बजेका लागि तय गरिएको थियो तर नभ्याएको भन्दै समय सार्दै साँझ पारिएको थियो।
विमानस्थल कार्यालयले भने साँझ ५ बजे पनि उडानयोग्य मौसम भएको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएको थियो।
तर सैनिक पाइलट महासेनानी भुवन श्रेष्ठले सुर्खेतको निर्धारित ठाउँमा पुग्दै अँध्यारो भइसक्ने र फर्केर आउन नसकिने कारण देखाउँदै उडान गर्न मानेनन्।
सैनिक स्रोतका अनुसार मिलेसम्म
उडान गर्न सैनिक पाइलटलाई भनिएको थियो। तर अतिविशिष्ट व्यक्तिको उडानमा दबाब र 'रिस्क' लिन समस्या पर्ने तथा जाँदा र फर्कंदा कम्तीमा पाँच घन्टा समय आवश्यक पर्ने भन्दै उडान गर्न अस्वीकार गरिएको थियो।
नेपाली सेनाको हवाई महानिर्देशनालयले मंगलबार साँझको उडान हुन नसक्ने कारणसहितको रिपोर्ट प्रधानमन्त्रीको सचिवालयलाई मौखिक रूपमा दिए पनि त्यसको बेवास्ता गर्दै कोइराला विमानस्थल पुगेका थिए। पाइलटले बबई जाँदा अवतरण गर्नुपर्ने हेलिप्याड दुई डाँडाको बीच खोंचमा रहेकाले अँध्यारोको उडान उपयुक्त नहुने तर्क गरेको स्रोतले बतायो।
पुगेर शिलान्यासमात्र गरी नेपालगन्जसम्म फर्कन सकिने वा साँझ नेपालगन्ज बसेर बुधबार बिहानै शिलान्यास गर्न पुग्नेगरी कार्यक्रम बनाउन सेनालाई भनिए पनि दुवै अनुपयुक्त भएको जबाफ दिइएको थियो।
बुधबार बिहान मौसमले साथ नदिए राष्ट्रपति चीनबाट फर्कंदा स्वागत गर्न विमानस्थलसम्म पुग्न कठिनाइ हुने अर्को कारण पनि थपिएपछि प्रधानमन्त्री विमानस्थलबाट बालुवाटार फर्किएका थिए।
उपप्रधान एवं गृहमन्त्री गौतम भने बिहानदेखि नै प्रधानमन्त्रीलाई कुर्दै विमानस्थलमा बसेका थिए।
दुई घन्टा बस्दा पनि प्रधानमन्त्री आउने छाँट नभएपछि समय बिताउन उनले अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रका अध्यागमन र प्रहरी कार्यालय निरीक्षण गरेका थिए।
प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सोमबार नै शिलान्यास गर्न सुर्खेत जाने भन्दै आयोजकले खसी नै ढालेर तयारी गरे पनि मौसम प्रतिकूलताले उडान हुन सकेको थिएन। प्रधानमन्त्रीले शिलान्यास कार्यक्रम बिहीबार सार्न आयोजकलाई निर्देशन पठाएर विमानस्थलबाट फर्केको स्रोतले बतायो।
सेनाको एमआई-१७ हेलिकोप्टरमा भीभीआईपी उडान गराउँदाको खर्च सेनालाई प्रधानमन्त्री कार्यालयले तिर्ने भन्दै उडानको व्यवस्था मिलाउन सेनालाई पत्र लेखिएको थियो।
काठमाण्डौ । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो। यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो। यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ ।
ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिर परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो ।
भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ। यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ।
ईपीएस कोरिया शाखाका अनुसार उपत्यका बाहिर डडेलधुरा, बुटवल पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिने छ। खबर आजको अन्नपूर्णमा छापिएको
काठमाडौँ - ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझ करीब ७ बजे तीर भीषण आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् भने ५० भन्दा बढी पसल तथा कार्यालयमा क्षति पुगेको छ।
तोक्मेडाँडास्थित पूर्वेली होटेलबाट सल्किएको आगो हावाका कारण बजारतिर फैलिँदै गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। प्रहरीका अनुसार तोक्मे बजारका रेखा श्रेष्ठ, खेम श्रेष्ठ, डम्बर कार्की, हर्क श्रेष्ठ, मुक्ति पौडेल, दावा शेर्पा, भरत श्रेष्ठ, युवराज बराल, सुशीला सिटौला, नरेन्द्र सावाँ, खगेन्द्र तिमिल्सिना, गोपाल बराललगायतका घर जलेर नष्ट भएका छन् भने जिविस भवनमा पनि क्षति पुगेको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलाले दमकल नहुँदा आगो निभाउन गाह्रो भएको जानकारी दिदै दमकल नहुँदा आगोबाट ठूलो क्षति भएको निरौलाले बताए।
अन्तः स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो। फुङलिङमा २०६० सालमा भीषण आगलागी हुँदा पैंतालीस घर जलेका थिए।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ ।
जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो ।
आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट थातथलो छोड्नुपर्ने स्थानीयवासीलाई राख्न दुवै जिल्लामा प्रभावित क्षेत्रभन्दा ३०० मिटर माथि चक्रपथ निर्माण गरी स्थानीयवासीलाई राख्ने योजना रहेको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले चक्रपथ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले केही दिनभित्रै सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गरिने बताउनुभयो ।
परियोजनाबाट गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुने छन् । धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी र बुढाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पानीमुनि पर्नेछ ।
भीमसेन थापाको बगैँचा, पुथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास, भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग, धादिङ र गोरखाको प्रमुख व्यापारिक क्षेत्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछ ।
आयोजनाले प्रभावितलाई सेयर र घरजग्गाको उचित मुआब्जा दिने बताएको छ । स्थानीय राजनीतिक दलले भने ५० प्रतिशत मुआब्जा र ५० प्रतिशत सेयर दिन माग गरेका छन् ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालका अनुसार आफ्नो थातथलो छाड्नु परे पनि उचित क्षतिपूर्ति पाए सबैले सहयोग गर्नेछन् । आयोजनाको ताल हालको फेवाताल भन्दा चौध गुणा ठूलो हुने र करिब ४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलने हुनाले पर्यटन क्षेत्रका रुपमा समेत विकास हुनेछ ।
भारतको उत्तराञ्चलमा रहेको टिहरी बाँधभन्दा दुई मिटर अग्लो बाँध बन्ने भएकाले आयोजनाले केही प्रभावितलाई अध्ययन भ्रमण गराउने तयारीसमेत गरेको छ ।
बूढीगण्डकी आयोजनाका कारण निर्माण हुने तालमा माछापालन, जलविहार गर्न मिल्ने भएकाले आवश्यक योजना बनाइने समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक तथा हाडजोर्नी विशेषज्ञ गोविन्द केसी पुन आमरण अनसनमा बसेका छन् । १० सुत्रिय माग सहित अनसनमा बसेका केसीले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै अनसनमा बसेको बताएका छन् । उनको यो अनसन पाँचौँ पटक हो ।
आमरण अनसन बस्नुअघि आज दिउँसो शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्ना माग पूरा गर्नेतर्फ सरकारले कुनै कदम नचालेका कारण आमरण अनसन बस्नुको विकल्प नभएको बताए ।
१० सूत्रीय माग पूरा गर्न १० दिनको अल्टिमेटम दिएका केसीले १० दिनको बीचमा सरकार तर्फबाट केही पनि कदम नभएकोले अनसन बस्नुको विकल्प नभएको बताएका छन् ।
डा. केसीले प्रधानमन्त्री सुशील कोइरालासमेत मेडिकल माफियाको चंगुलमा परिसकेको भन्दै अब आफ्ना माग सरकारले नभई जनताले पूरा गर्ने बताए ।
आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, विगतका सहमति तथा सरकारको निर्णयविपरीत काठमाडौं विश्वविदालयले हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीलाई कारवाही गर्नुपर्नेलगायतका १० सूत्रीय माग डा. केसीले अघि सारेका छन् ।
काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार चैत ९ गते कोण सभा र चोक सभा चैत १० गते माइकिंग र चोक सभा ११,१२,१३ र १४ गते प्रचार प्रसार १५ गते जीएमआर कार्यालय घेराउ १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ १७ गते मशाल जुलुस र १८ गते नेपाल बन्दको आयोजना गरेको छ।
शुक्रबार शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेप गरी सरकारले आफ्ना दुई पोलिटब्यूरो सदस्य सहित १७ जना कार्यकर्ता गिरफ्तार गरेपछि आक्रोशित बनेको माओवादीले आइतबार काठमाडौँ अनामनगर स्थित सम्बाद डबलीमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलन मार्फत पार्टीका स्थायी समिति सदस्य धर्बेन्द्र बास्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा माओवादी नेता तिलक परियारको पनि सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा संक्षिप्त भनाइ राख्दै बास्तोलाले अबका दिनका संघर्षमा राधेस पन्तको घरमा मात्र हैन प्रधानमन्त्रीको घरमा समेत कालो झण्डा गाढ्ने चेतावनी दिए। अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालोझण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो ।
सोही कार्यक्रमबाट प्रहरीले पूर्व मन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका)लाई गिरफ्तार गरेको थियो । उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ । माओवादीले सुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाइ ससम्मान रिहाइ गर्न माग गर्दै देश ब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सोलुखुम्बु । आज करिब बिहान ११.०० बजे बाट पर्न सुरु गरेको बाक्लो हिमपात बाट खुम्बु क्षेत्रमा निकै प्रभाव पारेकाछन। अहिले सम्म पनि हिमपात हुन रोकिएको छैन, यस बाक्लो हिमपातका कारण यहाँ घुम्न आउने पर्यटकहरु पनि आवतजावत गर्न कठिनाई भएको सगरमाथा राष्ट्रिय निकुन्जको कार्यालय नाम्चे बजारले जनाएको छ भने तेन्जिङ हिल्लारी बिमानिस्थल लुक्लामा हवाई उडान समेत ठप्प हुदा हवाई यात्रुहरु अलमलमा परेका छन्।
यस क्षेत्रको तापक्रम हाल -५ डिग्री रहेको र दुई/तीन दिन सम्म पनि हिमपात यथावत रहने मौसम पूर्व अनुमान महासाखाले जनाएका छन। महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको र भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले काठमाडौँ उपत्यका लगायतका देशका अन्य स्थानहरुमा वर्षा भै रहेको र हिमाली जिल्लाहरुमा बाक्लो हिमपात भै रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
नेपालको पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरी डडेल्धुरा क्षेत्रबाट आज बिहानैबाट देशको मध्य भाग तथा भोलि पूर्वी भेगमा पुग्नेछ । काठमाडौँमा आजबाट सुरु भएको वर्षा साँझ केही समय रोकिएर पुनः रातभर हुनेछ । शुक्रबार भने मौसममा केही सुधार आए पनि पूर्ण सुधार हुन अरु दुई/तीन दिनसम्म लाग्नेछ ।
विराटनगर तथा झापाको क्षेत्रबाहेक मुलुकका अधिकांश स्थानमा पश्चिमी वायुको असर देखिएको मौसमविद् पौडेलले बताए ।
सामान्यतय डिसेम्बर, जनावरी र फेव्रुअरीसम्म जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको बर्सातलाई सामान्य मानेको छ । फेव्रुअरी महिनामा करिब १८ मिलिलिटर बर्सात हुनुपर्नेमा जम्मा १२ मिलिलिटर बर्सात भएको महाशाखाले जनाएको छ ।
काठमाण्डौ । १० वर्षे जनयुद्ध र २०६२/०६३ सालको १९ दिने जन आन्दोलन पछि नेपालबाट राजतन्त्रलाई पाखा लगाई नेपालमा संघिय गणतन्त्रको स्थापना गरियो । जनता साह्ै खुशी भए तर त्यो खुशी केवल क्षण भरमका लागि मात्र भयो । नेपालमा संविधान सभाको नाममा राज्यको ढुकुटीबाट अरबौं रुपयाँ सिध्याइयो । ४–४ वर्ष सम्ममा संविधान दिन नसकेका नेताहले पून दोस्रो संविधान सभाको चुनाव गराएर एक वर्ष भित्रमा संविधान दिने कसम खाए तर फेरि त्यहि चाला संविधान त ६०१ जना सभासदहरुले जागिर खाने थलो मात्र भयो ।
नेताहरुको यो चर्तिकला नजिकबाट हेरिरहेको बौद्धिक व्यक्तिहरुले अब नेताहरुको भरमा बसेर देशको विकास असम्भव छ अब हामी आफै जुट्नु पर्छ भनि बौद्धिक स्रोत परिचालन केन्द्र नेपालले एक विषेश भेलाको आयोजना गरेको छ ।
बौंद्धिक व्यक्ति जलस्रोतका अग्रज बौंद्धिक स्रोत परिचालन केन्दका संस्थापक अध्यक्ष श्री पी.पी. अधिकारी को अध्यक्षतामा सम्पन्न भएको भेलामा निम्न उल्लेखित व्यक्तिहरुको उपस्थिती रहेको थियो । डा. शंकर प्रसाद शर्मा, दिनवन्दु अर्याल, राम ठकुरी, शम्भु गौतम, गोपाल भण्डारी, लक्ष्मी प्रसाद खरेल, प्रसाद अधिकारी, रञ्जन कुमार पन्त, शरण रत्न स्थापित, टंक उप्रेती, उज्जवल राज आचार्य, कृष्ण भक्त श्रेष्ठ, सागर श्रेष्ठ, जय बहादुर खामी, डा. विजय सिंह सिजापति, गणेश प्रसाद पोखरेल आदिको उपस्थित रहेको थियो ।
उक्त अवसरमा सबैले आ–आफनो परिचयको साथमा यस बौद्धिक स्रोत परिचालन केन्द्रलाई एउटा राजनीतिक विकल्पको संस्थाको रुपमा स्थापित गर्ने उक्त परिचालन केन्द्रलाई केन्द्र देखि गाउँसम्म पु¥याउने, विकासको अनुभूति दिने, विभिन्न ९ वटा विभागहरु खडा गर्ने जस अनुसार आर्थिक एवं प्रशासनिक विभाग, जन सम्पर्क, सामाजीक समन्वय संचार विभाग, सीप विकास ग्रामिण, अनुसन्धान तथा मूल्याङ्कन विभाग, राष्ट्रिय वैदेशिक संघ संस्था विभाग, संस्थागत विकास एवं संगठन विस्तार विभाग, महिला सशक्तिकरण विभाग र अन्तर धार्मिक र सांस्कृतिक विभाग रहने छ ।
क्षेत्रिय स्तरमा ५ वटा जिल्ला गाउँ र जनसमुदाय सम्म पुगेर जन सवालका विषयहरुमा काम गर्ने उक्त संस्थाको उद्देश्य रहेको छ ।
उक्त अवसरमा स्थापना काल देखि हाल सम्मको अवस्था र संस्थाको उद्देश्यको बारेमा प्रवक्ता टंक उप्रेतीले स्पष्ट पार्नु भएको थियो भने संस्थाको भिजन अनुसार अगाडि बढ्न संस्थापक अध्यक्ष पी.पी. अधिकारीले निर्देशन दिनु भएको थियो । यस स्रोत केन्द्रको छिट्टै नै पूर्ण केन्द्र्रीय समिती गठन गरि अगाडि बढ्ने लक्ष्य रहेको छ ।
नेपालमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या १० पुगेको। स्वाइन फ्लु सङ्क्रमित बढदै गएपछि भाइरसको स्ट्रेन जाति खोज्ने प्रक्रिया सुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलमा परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।
स्ट्रेन जाति हाल भारत वा गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ भन्ने कुरा पत्ता लगाउन भाइरोलोजिस्टलाई भनिसकेका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने । यस पटक पोहोरकै जस्तो भाइरसले संक्रमण देखिएको भए राजधानीवासीमा यसविरुद्घ प्रतिरोधक क्षमता विकसित भैसक्ने बताउदै यो पटक उपत्यकाबाहिर देखिने सम्भावना बढेको मरासिनीले जानकारी दिए।
उनका उनुसार राजधानीमा गतवर्ष स्वाइन फ्लुबाट १८ जनाको मृत्यु भएको थियो भने तीन सय जनामा प्रयोगशाला प्रमाणित संक्रमण देखिएको थियो।
हालसम्मको अवस्थाअनुसार स्वाइन फ्लु संक्रमित सयमध्ये करिब एक जनामा संक्रमण कडा रूपमा देखिने सम्भावना हुन्छ। उच्च जोखिम समूहमा रहेकाहरूलाई स्वाइनबाट बचाउन विशेष सावधानी अपनाउनुपर्ने डा. मरासिनीको भनाइ छ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कअनुसार दम, श्वास रोगको समस्या भएकाहरूलाई स्वाइन फ्लुको संक्रमण हुने बढी खतरा हुन्छ।
मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएकाहरूसमेत संक्रमणको उच्च जोखिममा रहन्छन् । गर्भवती महिला, बूढापाका र पाँच वर्षमुनिका बालबालिकामा संक्रमणको खतरा अन्यको दाँजोमा बढि हुने भएकाले सचेत हुन डाक्टरहरुको सुझाव छ।
काठमाडौं । ‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’ आफूलाई पढाउने शिक्षकविरुद्व बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षिया एक छात्राले भनिन् ‘सर भएकोले केही पनि बोलिन ।
तर हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको बेला यौन सम्पर्क गर्नुभयो ।’
कास्कीको अर्मला एक जुलेटीस्थित एक उच्च माविको कक्षा कक्षा आठमा पढ्ने छात्राले आफुलाई प्रलोभनमा पारेर शिक्षकले जर्बजस्ती करणी गरेको आरोप लगाउँदै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्। किशोरीको उजुरीपछि प्रहरीले पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ बर्षिय लक्ष्मण खवासलाई पक्राउ गरेर कारबाही प्रकृया अघि वढाएको छ।
‘अभियुक्त खवास विरुद्व जर्वजस्ती करणी गरेको अभियोगमा कार्वाही प्रकृया थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले भने ‘प्रमाण आफै वोलिरहेको छ ।
’ससुराली नजिकै घर भएकी छात्रालाई हिसाव सिकाईदिन्छु भन्दै पाँच कक्षामा पढ्दैदेखि यौन दुब्यृवहार गर्दै आएका पीडित किशोरीले बताइन् । ‘नचाहिने काम गरिसकेपछि एक दुई सय दिनुहुन्थ्यो,’अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।
काठमाडौं । तेल र ग्यास व्यवसायमा ‘डन’का रुपमा चिनिने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेलगायतले ग्यास माफियाहरुका कारण नेपालमा ग्यासको कृत्रिम अभाव देखिन पुगेको छ । नेपाल आयल निगममा कोटा अनुरुप ग्यास उपलब्ध हुँदै आए पनि घिमिरे लगायत ग्यास व्यवसायमा चलखेल गर्नेहरुका कारणले अहिले अभाव सिर्जना हुन पुगेको बताइन्छ ।
पछिल्लो समय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको विश्वासपात्रका रुपमा उभिएर घिमिरेले मन्त्रीकौ आड भरोसामा ग्यासमा कृत्रिम अभाव सिर्जना गरिरहेको बताइन्छ । नेपालमा ग्यास अभाव सिर्जना हुनुको पछाडि घिमिरेको पहलमा भारतमा ग्यास ओसार्ने बुलेट लुकाएका कारण भएको बताइन्छ ।
उनले २०/२२ दिनअघि ग्यास ओसार्ने ५०/६० थान बुलेट भारतमा लुकाएर राखेका कारण ग्यास आपूर्ति सहज हुन नसकेको हो ।
‘हामी कहाँ ग्यास ओसार्ने बुलेट सीमित मात्रामा छन् ।
त्यस्ता बुलेट नै इन्डियामा लुकाएर राखेपछि कसरी ग्यास आपूर्ति सहज हुन्छ ?’, निगमका एक पदाधिकारीले भने । बुधबार साप्ताहिकले खबर छापेको छ ।
काठमाडौँ । आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे | फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिएको छ।
यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे।
उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।
निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।
प्रेम दिवसको अवसरमा आजभोली युवायुवती हरु विभिन्न कार्यक्रम गरी रमाइलो गरि मनाउने पनि गरिन्छ भने नयाँ
-<
काठमाडौं । प्रहरीमा कारवाही हुन्छ तर जिम्मेवारी स्थानमै कायम राखिने प्रचलनले सेवा प्रभावहिन हुने गरेको पाइएको छ । जिम्मेवारी बहान गर्न नसकेको आरोपमा सेवामा कार्यरत प्रहरीलाई कारबाही हुन्छ तर उनीहरुको राम्रै स्थानमा सरुवा हुन्छ । यस्तै भएको छ रौतहटका २ घटनालाई लिएर तत्कालिन प्रहरी प्रमुख एसपी उमेश रन्जितकारलाई विभागीय कारवाही भएको छ । तर अन्य प्रहरी उपरीक्षकको दाँजोमा उनको रौतहटबाट मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा सरुवा भएको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
कर्तब्य ज्यान र जबर्जस्ती करणीको घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतटहका प्रहरी निरिक्षक रामप्रकाश चौधरीलाई, प्रहरी प्रधान कार्यालयले मुद्धा फाटका प्रहरी नायव निरिक्षक चुडामणी दाहाललाई निलम्बन गरेको छ भने रन्जितकारलार्ए विभागिय कारबाही गरेको हो ।
भक्तपुर । अनन्तलिंगेश्वर नगरपालिका वडा नं १ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा हिजो साँझ आगलागी भएको छ। आग लागि बाट करिब ३५ लाख बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
हिजामेराति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको थियो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले प्रयास गर्दापनि आगो नियन्त्रणमा आउन सकेको थिएन।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए । राति अबेर मात्र आगो नियन्त्रणमा आएको थियो ।
हिजामेराति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको थियो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले प्रयास गर्दापनि आगो नियन्त्रणमा आउन सकेको थिएन।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए । राति अबेर मात्र आगो नियन्त्रणमा आएको थियो ।
प्रदिप गौतम, बारा । गढिमाई नगरपालिकास्थित डुमरवानामा रहेको साना किसान कृषि सहकारि संस्था लिमिटडले अत्ति आधुनिक खाद्य उद्योगको निमार्ण कार्यलाई तिब्रता दिएको छ ।
साना किसान कृषि सहकारि संस्था लिमिटेड डुमरवानाको लगानिमा खाद्य उद्योगको निमार्ण कार्य तिब्र रmपमा भईरहेको डुमरवानाबाट डुमरवानाबाट हाम्रा सहकर्मि बिदुर खड्काले जानकारि दिनुभएको छ । उद्योगको पिलर ढलानकार्यलाई तिब्रता दिएको संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रिले बताउनुभयो ।
करिव ३० हजार टन क्षमता भएको खाद्य उद्योगले १ घण्टामा ३० क्विनटल चामल ओसार्ने संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रिले बताउनुभयो । साथै खाद्य उद्योगमा मेसिन जडान गरि चामन बिक्रि बितरण गरिने समेत क्षेत्रिले जानकारि दिनुभयो ।
खाद्य उद्योगको लागि बरा, पर्सा रौतहट सहित ७५ जिल्लाको धान खरिद गरि उद्योगबाट चामल उत्पान गराउने समेत सहकर्मि खड्काले जानकारि दिनुभयो । करिब ४ करोडको लागतमा निमार्ण भईरहेकोे उद्योगको यसअघि कृषि मन्त्रि हरिप्रसाद पराजुलिले शिलन्यास गर्नुभएको थियो ।
-
संजय तिवारी, कलैया(बारा)। बाराको मनहर्वामा रहेको रिलायन्स केमिकल ईन्डष्ट्रज प्रा.लि. मा केहि दिन यताबाट दैनिकजसो तनाव भैरहेको छ । स्थानिय बासिहरुले अघिल्लो बर्ष मिलले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रेपछि मिल परिसषर केहि दिन यताबाट तनावग्रस्त बन्दै आएको हो ।
मिल संचालनका क्रममा हुने प्रदुषण नियन्त्रण गर्नु पर्ने, मिल परिसरमा वार्ड पिच्छे शौचालय निर्माण गरिनु पर्ने, मिलक्ष्ोत्र आशपासको उखु खरिदलाई प्रथमिकता दिनु पर्ने तथा बिगतमा भएको सहमति कार्यान्वयनमा मिल ब्यवस्थापनले चासो नदिँदा स्थानिहरु आक्रोशित बनेका स्थानिय श्रीलाल यादवले बताए ।
यसै विषयलाई लिएर मिल ब्यवस्थापन समक्ष कुरा गर्न गएका केहिलाई प्रहरीले निययन्त्रमा लिएपछि अवस्था झन जटिल बन्दै गएको हो । स्थानिहरुले अनावश्य झमेला गर्न खोजेको आरोप लगाउँदै मिलले र स्थानियसँग गरेको सहमति कार्यान्वयनमा मिल ब्यवस्थापनले बेवास्था गरेको आरोपमा स्थानियले स्थानिय प्रशासन गुहारेका छन् ।
स्थानिय प्रशासनको रोहवरमा शुक्रबार मिल परिसरमा वार्ता गर्ने सहमतिमा समातिएका ईनरदेव कुस्वाहा र मिश्रिलाल यादवलाई नियन्त्रण मुक्त गरिएको एमाले नेता ध्रुव यादवले जानकारी दिए । मिल संचालन भएको दुई महिना वितेपनि गतको तुलनामा उखु क्रसि. नगर्दा थप समस्या भैरहेको छ ।
रत्ननगर (चितवन), ३ माघ - चितवनको माडीमा–२ वर्षअघि कथित बोक्सी आरोपमा मारिएकी ढेगनीदेवी महतोको घटनामा आधारित चलचित्र रक्तभोगको आज चितवनमा च्यारिटी सो गरिएको छ ।
सत्य घटनामा आधारित चलचित्र भएकाले सन्देशमूलक भएको दर्शकले प्रतिक्रिया दिएका छन् । सामाजिक कुरीतिविरुद्ध एकताका लागि चलचित्रले सहयोग पुग्ने सहभागीले प्रतिक्रिया दिए ।
दर्शक चलचित्र हेर्दा भावविह्वल भएका थिए । उक्त चलचित्रको च्यारिटी सोमा सबैभन्दा बढी रु २५ हजारको टिकट लिने सप्तगण्डकी डिपार्टमेन्टल स्टोर्सकी सञ्चालक गङ्गा खड्कालगायतलाई सम्मानसमेत गरियो । खड्काबाट प्राप्त रकम आजै उक्त घटनामा मारिएकी ढेगनीदेवी महतोका छोराछोरी समिर र मीनालाई हस्तान्तरण गरिएको थियो । एक घन्टाको चलचित्र ‘रक्तभोग’ चितवनको माडीस्थित साविक बघौडा गाविस वडा नं २ को एक गाउँमा २०६८ साल फागुन ५ गते भएको घटनामा आधारित छ ।
उक्त घटनामा स्थानीय ढेगनीदेवी महतोलाई कथित बोक्सीको आरोपमा आफ्नै परिवारले सामूहिक रुपमा कुटपिट गरी मारेका थिए । झाँक्रीकै कारण उनलाई बोक्सीको आरोपमा मारिएको भन्दै त्यसको नियन्त्रणका लागि लाग्नुपर्ने सन्देश चलचित्रमा रहेको छ । करिब रु ३० लाखको लागतमा निर्माण भएको चलचित्रमा ढेगनीदेवीको भूमिकामा कलाकार सारिका घिमिरे हुनुहुन्छ ।
दर्शक चलचित्र हेर्दा भावविह्वल भएका थिए । उक्त चलचित्रको च्यारिटी सोमा सबैभन्दा बढी रु २५ हजारको टिकट लिने सप्तगण्डकी डिपार्टमेन्टल स्टोर्सकी सञ्चालक गङ्गा खड्कालगायतलाई सम्मानसमेत गरियो । खड्काबाट प्राप्त रकम आजै उक्त घटनामा मारिएकी ढेगनीदेवी महतोका छोराछोरी समिर र मीनालाई हस्तान्तरण गरिएको थियो । एक घन्टाको चलचित्र ‘रक्तभोग’ चितवनको माडीस्थित साविक बघौडा गाविस वडा नं २ को एक गाउँमा २०६८ साल फागुन ५ गते भएको घटनामा आधारित छ ।
उक्त घटनामा स्थानीय ढेगनीदेवी महतोलाई कथित बोक्सीको आरोपमा आफ्नै परिवारले सामूहिक रुपमा कुटपिट गरी मारेका थिए । झाँक्रीकै कारण उनलाई बोक्सीको आरोपमा मारिएको भन्दै त्यसको नियन्त्रणका लागि लाग्नुपर्ने सन्देश चलचित्रमा रहेको छ । करिब रु ३० लाखको लागतमा निर्माण भएको चलचित्रमा ढेगनीदेवीको भूमिकामा कलाकार सारिका घिमिरे हुनुहुन्छ ।















