समय र परिस्थितीले यस्तो बनायो

अभिनेत्री श्वेता खड्काले सार्वजनिक जीवनमा फर्किने उद्घोष गरेकी छिन् । लामो समयदेखि स्व अभिनेता तथा पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा विताएकी श्वेताले आगामी दिनमा पनि स्व श्रेष्ठको स्मृतिमा विभिन्न काम गर्ने जनाएकी छिन् । बिहिबार श्वताले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफू अमेरिका र मलेसिया जान लागेको जानकारी गराउँदै केही तस्विर समेत प्रकाशित गरेकी छिन् ।

 स्टाटसमा अभिनेत्री खड्काले माफी माग्दै भनेकी छिन् लामो समय म आफ्नै शारिरीक अवस्थाका कारण माया गर्नेहरुको कार्यक्रमहरुमा मेरो उपस्थित जनाउन नभ्याएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने जनाएकी छिन् ।

0 comments

Write Down Your Responses