काठमाण्डौ । मानव अधिकार तथा शान्ति प्रतिष्ठान (माशाप्र) नेपालको ऐतिहासिक पाँचौं राष्ट्रिय सम्मेलन संस्थाका अध्यक्ष मान बहादुर थापाको सभापतित्व तथा सम्माननीय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आत्थिय साथै संस्थाका महासचिव उमेश खकुरेलको संचालनमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा मानव अधिकार कर्मि चरण प्रसाद, चेतेन्द्र जंग हिमाली, डा.रणबहादुर थापा, प्रा.डा. राजाराम सुवेदी, डा. प्रेमबहादुर थापा, विष्णु भूसाल, भिमबहादुर थापा लगायतहरुको विशेष उपस्थिती रहेको थियो । राष्ट्रिय सम्मेलनले ३६ सदस्यिय केन्द्रिय कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ ।
उक्त अबसरमा संस्थामा उलेख्य योगदान दिएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा मानव अधिकार कर्मि चरण प्रसाद, चेतेन्द्र जंग हिमाली, डा.रणबहादुर थापा, प्रा.डा. राजाराम सुवेदी, डा. प्रेमबहादुर थापा, विष्णु भूसाल, भिमबहादुर थापा लगायतहरुको विशेष उपस्थिती रहेको थियो । राष्ट्रिय सम्मेलनले ३६ सदस्यिय केन्द्रिय कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ ।
उक्त अबसरमा संस्थामा उलेख्य योगदान दिएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।


नव निर्वाचित कार्य समितिमा निम्न पदाधिकारीहरु सर्व सम्मत निर्वाचित भएकाछन् ।
१. अध्यक्ष श्री मान बहादुर थापा
२. वरिष्ठ उपाध्यक्ष श्री श्यामभक्त कायस्थ
३. उपाध्यक्ष श्री डी.बी. कार्की
४. उपाध्यक्ष श्री नेत्र बहादुर रावल
५. उपाध्यक्ष श्री तारा बहादुर बस्नेत
६. उपाध्यक्ष श्री श्रीराम थापा
७. उपाध्यक्ष श्री सिताराम घले
८. उपाध्यक्ष श्री राम बहादुर पाण्डे
९. उपाध्यक्ष श्री कमला कोइराला
१०. उपाध्यक्ष (महिला) श्री कमला कोइराला
११. महासचिव श्री उमेश खकुरेल
१२. उप–महासचिव डा.श्री वेदबहादुर क्षेत्री
१३. उप–महासचिव ओम गुरुङ
१४. सचिव श्री शोभा वि.सी.
१५. सचिव श्री सागर श्रेष्ठ
१६. कोषाध्यक्ष श्री भैरव सापकोटा
१७. सह–कोषाध्यक्ष श्री प्रशान्त अधिकारी
१८. के.सदस्य श्री सीता थापा
१९. के.सदस्य श्री खड्ग बहादुर गुरुङ
२०. के.सदस्य श्री नेत्र बहादुर थापा
२१. के.सदस्य श्री जगत बहादुर थापा
२२. के.सदस्य श्री राधाकृष्ण शर्मा पौडेल
२३. के.सदस्य श्री किरण भण्डारी
२४. के.सदस्य श्री बिना दाहाल
२५. के.सदस्य श्री चक्र बहादुर वि.एम.
२६. के.सदस्य श्री रामहरि सुबेदी
२७. के.सदस्य श्री पूर्ण बहादुर बस्नेत
२८. के.सदस्य श्री सावित्री गिरी
२९. के.सदस्य श्री राजु श्रेष्ठ
३०. के.सदस्य श्री लाल बहादुर थापा
३१. के.सदस्य श्री कल बहादुर हमाल
३२. के.सदस्य श्री नरेश कटुवाल
३३. के.सदस्य श्री गीता अधिकारी
३४. के.सदस्य श्री राजन पन्थ
३५. के.सदस्य श्री गणेश बहादुर थापा
३६. के.सदस्य श्री अमर वि.सी.
२. वरिष्ठ उपाध्यक्ष श्री श्यामभक्त कायस्थ
३. उपाध्यक्ष श्री डी.बी. कार्की
४. उपाध्यक्ष श्री नेत्र बहादुर रावल
५. उपाध्यक्ष श्री तारा बहादुर बस्नेत
६. उपाध्यक्ष श्री श्रीराम थापा
७. उपाध्यक्ष श्री सिताराम घले
८. उपाध्यक्ष श्री राम बहादुर पाण्डे
९. उपाध्यक्ष श्री कमला कोइराला
१०. उपाध्यक्ष (महिला) श्री कमला कोइराला
११. महासचिव श्री उमेश खकुरेल
१२. उप–महासचिव डा.श्री वेदबहादुर क्षेत्री
१३. उप–महासचिव ओम गुरुङ
१४. सचिव श्री शोभा वि.सी.
१५. सचिव श्री सागर श्रेष्ठ
१६. कोषाध्यक्ष श्री भैरव सापकोटा
१७. सह–कोषाध्यक्ष श्री प्रशान्त अधिकारी
१८. के.सदस्य श्री सीता थापा
१९. के.सदस्य श्री खड्ग बहादुर गुरुङ
२०. के.सदस्य श्री नेत्र बहादुर थापा
२१. के.सदस्य श्री जगत बहादुर थापा
२२. के.सदस्य श्री राधाकृष्ण शर्मा पौडेल
२३. के.सदस्य श्री किरण भण्डारी
२४. के.सदस्य श्री बिना दाहाल
२५. के.सदस्य श्री चक्र बहादुर वि.एम.
२६. के.सदस्य श्री रामहरि सुबेदी
२७. के.सदस्य श्री पूर्ण बहादुर बस्नेत
२८. के.सदस्य श्री सावित्री गिरी
२९. के.सदस्य श्री राजु श्रेष्ठ
३०. के.सदस्य श्री लाल बहादुर थापा
३१. के.सदस्य श्री कल बहादुर हमाल
३२. के.सदस्य श्री नरेश कटुवाल
३३. के.सदस्य श्री गीता अधिकारी
३४. के.सदस्य श्री राजन पन्थ
३५. के.सदस्य श्री गणेश बहादुर थापा
३६. के.सदस्य श्री अमर वि.सी.

संरक्षकहरु:
१. संरक्षक डा.श्री रण बहादुर थापा
२. संरक्षक श्री चेतेन्द्रजंग हिमाली
३. संरक्षक श्री रविनारायण खनाल
४. संरक्षक श्री चरण प्रसाई
५. संरक्षक श्री विष्णु भुषाल
६. संरक्षक प्रा.डा. राजाराम सुवेदी
७. संरक्षक डा. प्रेम बहादुर थापा
८. संरक्षक श्री निर्मल गुरुङ
९. संरक्षक श्री माधव बहादुर पन्त
१०. संरक्षक श्री यशोदा शिवाकोटी
११. संरक्षक श्री दिलप्रसाद पोखरेल

सल्लाहकारहरु :
१. श्री विन्दा बस्नेत
२. श्री भिमबहादुर थापा
३. श्री शिवप्रसाद पाण्डे
४. श्री अर्जुन बहादुर अधिकारी
५. श्री मधुकर थापा

For More Photoes Click Here
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ ।
जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो ।
आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट थातथलो छोड्नुपर्ने स्थानीयवासीलाई राख्न दुवै जिल्लामा प्रभावित क्षेत्रभन्दा ३०० मिटर माथि चक्रपथ निर्माण गरी स्थानीयवासीलाई राख्ने योजना रहेको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले चक्रपथ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले केही दिनभित्रै सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गरिने बताउनुभयो ।
परियोजनाबाट गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुने छन् । धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी र बुढाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पानीमुनि पर्नेछ ।
भीमसेन थापाको बगैँचा, पुथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास, भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग, धादिङ र गोरखाको प्रमुख व्यापारिक क्षेत्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछ ।
आयोजनाले प्रभावितलाई सेयर र घरजग्गाको उचित मुआब्जा दिने बताएको छ । स्थानीय राजनीतिक दलले भने ५० प्रतिशत मुआब्जा र ५० प्रतिशत सेयर दिन माग गरेका छन् ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालका अनुसार आफ्नो थातथलो छाड्नु परे पनि उचित क्षतिपूर्ति पाए सबैले सहयोग गर्नेछन् । आयोजनाको ताल हालको फेवाताल भन्दा चौध गुणा ठूलो हुने र करिब ४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलने हुनाले पर्यटन क्षेत्रका रुपमा समेत विकास हुनेछ ।
भारतको उत्तराञ्चलमा रहेको टिहरी बाँधभन्दा दुई मिटर अग्लो बाँध बन्ने भएकाले आयोजनाले केही प्रभावितलाई अध्ययन भ्रमण गराउने तयारीसमेत गरेको छ ।
बूढीगण्डकी आयोजनाका कारण निर्माण हुने तालमा माछापालन, जलविहार गर्न मिल्ने भएकाले आवश्यक योजना बनाइने समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक तथा हाडजोर्नी विशेषज्ञ गोविन्द केसी पुन आमरण अनसनमा बसेका छन् । १० सुत्रिय माग सहित अनसनमा बसेका केसीले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै अनसनमा बसेको बताएका छन् । उनको यो अनसन पाँचौँ पटक हो ।
आमरण अनसन बस्नुअघि आज दिउँसो शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्ना माग पूरा गर्नेतर्फ सरकारले कुनै कदम नचालेका कारण आमरण अनसन बस्नुको विकल्प नभएको बताए ।
१० सूत्रीय माग पूरा गर्न १० दिनको अल्टिमेटम दिएका केसीले १० दिनको बीचमा सरकार तर्फबाट केही पनि कदम नभएकोले अनसन बस्नुको विकल्प नभएको बताएका छन् ।
डा. केसीले प्रधानमन्त्री सुशील कोइरालासमेत मेडिकल माफियाको चंगुलमा परिसकेको भन्दै अब आफ्ना माग सरकारले नभई जनताले पूरा गर्ने बताए ।
आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, विगतका सहमति तथा सरकारको निर्णयविपरीत काठमाडौं विश्वविदालयले हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीलाई कारवाही गर्नुपर्नेलगायतका १० सूत्रीय माग डा. केसीले अघि सारेका छन् ।
काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार चैत ९ गते कोण सभा र चोक सभा चैत १० गते माइकिंग र चोक सभा ११,१२,१३ र १४ गते प्रचार प्रसार १५ गते जीएमआर कार्यालय घेराउ १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ १७ गते मशाल जुलुस र १८ गते नेपाल बन्दको आयोजना गरेको छ।
शुक्रबार शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षेप गरी सरकारले आफ्ना दुई पोलिटब्यूरो सदस्य सहित १७ जना कार्यकर्ता गिरफ्तार गरेपछि आक्रोशित बनेको माओवादीले आइतबार काठमाडौँ अनामनगर स्थित सम्बाद डबलीमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलन मार्फत पार्टीका स्थायी समिति सदस्य धर्बेन्द्र बास्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा माओवादी नेता तिलक परियारको पनि सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा संक्षिप्त भनाइ राख्दै बास्तोलाले अबका दिनका संघर्षमा राधेस पन्तको घरमा मात्र हैन प्रधानमन्त्रीको घरमा समेत कालो झण्डा गाढ्ने चेतावनी दिए। अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालोझण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो ।
सोही कार्यक्रमबाट प्रहरीले पूर्व मन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका)लाई गिरफ्तार गरेको थियो । उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ । माओवादीले सुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाइ ससम्मान रिहाइ गर्न माग गर्दै देश ब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
नयाँ दिल्लीस्थित भारतीय संसद भवन परिसरमा आज दिउँसो भीषण आगलागी भएको छ । आगो फैलिएपछि संसद भवन रहेको क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएको छ ।आगो लागेपछि संसद भवन क्षेत्रको पूरै इलाकालार्इ खाली गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संसद भवन क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएकाले आगो भीषण रहेको अनुमान गरिएको छ । आगो फैलिएपछि घटनास्थलमा ५ वटा अग्निनियन्त्रक गाडी समेत पुगिसकेका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार आगो एसी प्लान्ट राखिएको स्थनाबाट फैलिएको हो । आइतबार भएकाले संसद भवन भित्र थोरैमात्र मानिस रहेको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।
घनश्याम पराजुली, दोहा - प्रवासी नेपाली सांगितीक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त आयोजनामा कतारमा आयोजित प्रवासी नेपाली सिङगिङ आईडलको चौथो राउण्डबाट गायन क्षेत्रका २० जना प्रतिस्पर्धी मध्ये टपटेन छनोट भएको छ ।
चौथो राउण्डबाट टपटेनका लागी सुभराज राई, रेशम गुरुङ्ग, ललित कुमार लिम्बु, अर्जुन खरेल, मधु लामा, अमृत कुरुवाङ्ग, राम कुमार राई, शेर बहादुर लिम्बु, कविन गुरुङ्ग र ज्योती गुरुङ्ग छनोटमा परेका छन । चौथो राउण्डबाट १० जनाले भने बिदा लिईसके । टपटेनमा पर्न सफल १० जनालाई फाईनलमा भिड्ने चुनौती थपियो भने कार्यक्रमबाट बाहिरिएका १० जना पनी आगामी दिनमा मेहनत गर्ने भन्दै र्फकिए । प्रतियोगिताको निर्णायक मण्डलमा देबिका केसी, सन्तोष परियार र दिनेश लिम्बु रहेका छन भने परिवेक्षकको रुपमा राकेश चाम्लिङ्ग, देवराज न्यौपाने र शिव गौतम रहेका थिए ।
समाज सेवा अभियान रुपन्देहीका कार्यवाहक अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिप प्रज्वलन, राष्ट्रिय गान र शहिदहरुलाई सम्झदै मौन धारण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । पश्चिम कोही पुर्व घर आगन तर एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो बोलको गितमा किरण लामा , सोम तामाङ्ग, कान्छा तामाङ्ग, ईशा घतानी र दिपा थापाले स्वागत नृत्य प्रस्तुत गरे । सल्लवा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा सम्पन्न सेमिफाईन राउण्डमा सुवराज राईले झस्केर दुख्छ यो मुटु मेरो उसैको याद बोलको गित गाए ।
कार्यक्रममा प्रतिस्पर्धीहरु रेशम गुरुङ्गले सालैजो मार्फत जता हेरे पनी गाउँरघर, ललीत कुमार लिम्बुले उ जितेर गई या हारेर गई जित आफै तिर पारेर गई बोलको गित गाए । अर्जुन खरेलले धेरैलाई वाड्दा नपुग्ला माया मलाई घटाए हुन्छ गाए । रविन शिवाको आधुनिक गित ए तुलसी आगनमा रोपौला, केशव तामाङ्गको म तिमीलाई माया गर्छु लाखौ जन्म जन्म, विजय भण्डारीको मैले त्यही भएर मन पराएको, छवी राजकोटीले आफै माया जोड्यौ बैरी आफै तड्पायौ गाए ।
त्यस्तै अर्का प्रतिस्पर्धी सुमन मगरले पुर्णिमाको चन्द्रमालाई बादल लाग्न थाल्यो, ज्योती गुरुङ्गको काचो सुरती, मधु लामाले जाहाँ छन बुद्धका आखाँ, अमृत गुरुवाङ्गले पुर्णिमाको चन्द्रलाई बादलु लाग्न थाल्यो, सरुक सुन्दासको पानीको थोपा जस्तै छुट्यो हाम्रो माया, रामकुमार राईले तिमी आउने बाटोमा फुल रोपी दिएँ गाएर आफ्नो प्रस्तुती देखाए ।
त्यस्तै दामोदर न्यौपानेले बाच्ने आशामा तिम्ले माया देखायौ, शेर बहादुर लिम्बुले मेरो बारे उन्ले सोधे मोर्यो भन्दिनु, प्रविन गुरुङ्गले घरको याद आयो, दिलकुमार बिकले भकारीमा धान छ, सुपेन्द्र राईले काटीरहो कुरा धसीरहो छुरा हाम्रो माया सुपरहिट दर्शन नमस्ते र पिन्की थापाले डाली डालीमा फुली रहु लाग्छ अनी दिलको बारीमा गाएर प्रतिस्पर्धामा सामेल भए ।
कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलामले कतारमा नेपाली पहिचान बनिसकेको बताए । हामी कतारमा जातले हैन नेपाली भनेर चिनिएका छौ भन्दै नेताहरुलाई गाली गर्नु भन्दा प्रवासबाट समाज सुधारक काम गर्नु पर्ने बताए । विशष अतिथी गैर आवासिय नेपाली संघका पुर्व उपाध्यक्ष सागर नेपालले कतार सानो नेपाल जस्तो मात्र हो, यहाँ नेपाली सँस्कृतीले प्रगती गरिरहेको छ ।
कार्यक्रमले ४ लाख कतारमा कार्यरत नेपालीहरुका प्रतिनिधीको रुपमा नयाँ प्रतिभाको खोजी गरिरहेको बताउदै यस यात्रालाई निरन्तर दिनुपर्ने बताए । उनले भने समाजमा तपाईले सम्मान गर्ने व्यक्तिहरुले समाज प्रती कत्तिको दायित्व निभाएका छन बुझेर अघाडी बढ्नु पर्ने बेला आएको छ ।
त्यस्तै प्रवासी नेपाली सांगितीक परिवार कतारका संरक्षक शिवराज गौतमले कतारमा नेपाली समाजसेवीहरु समाजको नाममा राजनिती गरिरहेका छन तिनीहरुको छिट्टै खुलासा गर्ने बताउदै आशन ग्रहण र भाषणमुखी समाज बन्दै गएकोमा आक्रोश पोखे । नेपाली सँस्कृतीको जर्गेना गर्न आयोजना गरिएको कार्यक्रममा निमन्त्रण दिईएता पनी समाजसेवीहरुको न्यून उपस्थिती भएकोमा उनले दुःख प्रकट गरे ।
कार्यक्रममा अतिथीहरु कार्यक्रमका संयोजक शक्ति क्षेत्री, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, जनप्रगतीशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, प्रवासी नेपाली मञ्च कतारका निर्वतमान अध्यक्ष दिलकिरण खजुम र उपाध्यक्ष चानक पोख्रेल, समाजसेवी ईश्वर काफ्ले, प्रकाश गुरुङ्ग, पुनम दाहाल, क्रान्ति सिं, आईएमी कतारका प्रमुख जितेन्द्र पाण्डे, चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्की लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतका उल्लेख्य मात्रामा नेपाली दर्शकहरुको उपस्थिती रहेको थियो ।
भक्तपुर । अनन्तलिंगेश्वर नगरपालिका वडा नं १ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा हिजो साँझ आगलागी भएको छ। आग लागि बाट करिब ३५ लाख बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
हिजामेराति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको थियो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले प्रयास गर्दापनि आगो नियन्त्रणमा आउन सकेको थिएन।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए । राति अबेर मात्र आगो नियन्त्रणमा आएको थियो ।
हिजामेराति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको थियो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले प्रयास गर्दापनि आगो नियन्त्रणमा आउन सकेको थिएन।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए । राति अबेर मात्र आगो नियन्त्रणमा आएको थियो ।
काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज प्राप्त गर्ने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०-२०० सिरिजको जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ।
जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने भएको छ । आइतबार बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ । जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिनुभयो। यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, यहाँस्थित फ्रान्सेली राजदुतलगायतले पञ्चेबाजा बजाएर जहाजको स्वागत गर्ने तयारी गरिएको छ । निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद–बिक्री सम्झौता गत वर्ष सम्पन्न भएको थियो।
निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरुप पाँच लाख अमेरिकी डलर (त्यसबेलाको रु ४ करोड ३५ लाख ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच रु १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।
जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने भएको छ । आइतबार बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ । जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिनुभयो। यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, यहाँस्थित फ्रान्सेली राजदुतलगायतले पञ्चेबाजा बजाएर जहाजको स्वागत गर्ने तयारी गरिएको छ । निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद–बिक्री सम्झौता गत वर्ष सम्पन्न भएको थियो।
निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरुप पाँच लाख अमेरिकी डलर (त्यसबेलाको रु ४ करोड ३५ लाख ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच रु १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।
विराटनगर– राप्रपा नेपालका अध्यक्ष कमल थापा गणतन्त्रवादी कित्तामा हाम फालेको आरोप लगाउँदै असन्तुष्ट पक्षधरले पार्टीको सिद्धान्त रक्षा गर्न समानान्तर संगठन संचालन गर्नुपरेको बताएको छ ।
‘संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र अखण्ड नेपालसम्वद्ध पार्टीका धरोहर अक्षुण्ण राख्न अब छिट्टै देशब्यापी रुपमा समानान्तर संगठन निर्माण गरिनेछ । केन्द्र, जिल्ला, क्षेत्र र गाउँ तहसम्म गठन हुने समानान्तर सांगठानिक संरचनाले राप्रपा नेपालको मूलधार नीति र सिद्धान्त बोकेर अघि बढ्नेछ,’ राप्रपा नेपाल सुदृढीकरण अभियानका सचिव श्याम तिमिल्सिनाले पूर्वाञ्चलस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै बताए ।
ं
unnamed (1)संस्थापक नेता पद्मसुन्दर लावतीको नेतृत्वमा रहेको सुदृढीकरण अभियानले राप्रपा नेपाल नेतृत्व बिचलन र पलायनको गलत बाटोमा हिँडेर पार्टीलाई धराशयी बनाउने प्रयासमा रहेको आरोप लगाउँदै आएको छ । यसै अभियानलाई निरन्तरता दिने क्रममा शनिबार विराठनगरमा गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय सदस्य बालकृष्ण नेउपानेले संविधान नबनाउने खेलले सिक्कीमको झल्को दिएको भन्दै, ‘सिक्कीममा पनि यसैगरी राजतन्त्र फालेर, लोकतन्त्रको नारामा संविधान बनाउने भन्दै संविधान नबनाउने खेल चल्दै गर्दा सिक्कीम अन्ततः भारतमा बिलय भएको थियो । त्यसैले नेपालमा राष्ट्रियता रक्षा गर्न कमल थापाले अवसरवाद धरातलमा गिरेर लत्याएको पार्टीका सैद्धान्तिक धरोहर सच्चा राष्ट्रवादीहरुले काँधमा उठाएर हिड्ने अवस्था आइलागेको छ’ भने ।
प्रश्नावली समितिमा हाम फालेर कमल थापाले आफ्नो सक्कली चरित्र जनतासामु उदांगो पारेको नेता प्रल्हाद शाहले बताए । गणतन्त्रको पक्षसँग मोर्चाबन्दी गर्ने नाममा थापाले संवैधानिक राजतन्त्र सदाका लागि नामेट गर्ने षड्यन्त्रमा लागेको दाबी गरे ।
युवा नेता सगुनसुन्दर लावतीले राप्रपा नेपालभित्र दुईवटा सैद्धान्तिक धार विद्यमान रहेको बताए ।
‘पद्मसुन्दर लावतीले नेतृत्व गरेको संवैधानिक राजतन्त्र र कमल थापाले नेतृत्व गरेको गणतन्त्रको धार पार्टीभित्र कायम छ । यो अवस्था प्रश्नावली समितिको प्रकरणले प्रमाणित गरेको छ । त्यसबाहेक प्रश्नावली समितिमा नाम पठाई सकेको अवस्थामा सो सम्बन्धी मतदान हुँदा तटस्थ बसेर राप्रपा नेपाल नेतृत्वले राजनैतिक बेइमानी ग–यो । यो नैतिक पतनको पराकाष्टा हो । गणतन्त्रमा गइसकेर पूराफर्क गर्नमा भने दुईवटा कारण छन् । एउटा सरकारी गठबन्धनले मन्त्रालय नदिनु, अर्को सुदृढीकरण अभियानबाट दिइएको राजनैतिक दवाब,’ लावतीले भने ।
कार्यक्रममा दिलबिकास राजभण्डारी, शोभा तिमिल्सिना, बमबहादुर बिश्वकर्मा, डम्बरबहादुर कार्की, लिलाबहादुर तुम्बाहाम्फे, जाकिर हुसैन, नेत्रप्रसाद लावती, धर्मराज नेम्बाङ र प्रजापति कोइरालाले मन्तव्य राखेका थिए ।
काठमाडौं । राज्यको कर छली वल्र्डलिंक सञ्चालन गरि रातारात अर्वपति बनेका दिलिप अग्रवाल र सो समुहमाथि राज्यले तत्कालै छानविन सुरु गर्नुपर्ने बेला भएको छ । राज्यको ढुकुटीमा जाने २ अर्ब भन्दा बढी राजश्व छलि गरी छानविनको घेरामा रहेको वल्र्डलिंक प्रा.लि.माथि आन्तरिक राजश्व कार्यालय र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै कारबाही सुरु गर्नुपर्ने चर्को आवज उठेको छ ।
भारतबाट लोटा र धाती लगाएर नेपाल भित्रिएका अग्रवाल परिवारहरूले राज्य र जनता ठगी गरिरह“दा
राज्यले कानमा तेल हालेर बस्नु कति जायज हो । भारतीय मुलका नक्कली नेपाली नागरिकता लिएर
नेपालमा व्यापारी गरिरहेका वल्र्डलिंकका सिइओ दिलिप अग्रवालको सम्पत्ति र नेपाली नागरिकतामाथि
छानविन हुनु जरुरी देखिन्छ । नेपाली जनतालाई अफर र छुटको नाममा ठगी गर्ने र राज्यलाई
तिर्नुपर्ने कर नतिर्ने यस्ता आर्थिक अपराधी वल्र्डलिंकको नेतृत्व र दिलिप अग्रवालमाथि छानविन हुनु
जरुरी छ ।
२ वर्ष अगाडि आन्तरिक राजश्व विभागले छापा मारी कारबाहीको लागि तयार गरेको फाइल राज्यले
अध्ययन गरि कारबाही सुरु गरिनुपर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले
अख्तियारले तत्कालै छानविन अगाडि बढाउनुपर्दछ । विदेशबाट समेत सामान आयत गर्दा भन्सार नतिरेको राजनीतिक पहु“चको आधारमा राज्य र नेपाली जनता ठगी गर्ने दिलिप अग्रवाल र सो वल्र्ड लिंकको गु्रपमाथि राज्यले कारबाही सुरु गर्नै पर्दछ । राज्यको सम्पत्ति दुरुपयोग गर्ने र जनता ठग्ने
अधिकार कसैलाई छैन ।
काठमाण्डौ । राम्रो कामको थालनी आजै बाट गरौं किनकी साना–साना कामहरुबाट समाजमा ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने मान्यताको साथ अघि बढेको न्यूज अभियान अक्षय कोषले असहाय, टुहुरा, गरिब बालबालीकाहरुको शिक्षा र स्वास्थ्यमा काम गरि रहेको छ । यस कोषको फेसबुक पेज तथा यस कोषले गरेका राम्रा कामहरुको प्रसंसा गर्दै समाजसेवी, जलस्रोतका अग्रज तथा बौद्धिक स्रोत परिचालन केन्द्र नेपालका संस्थापक अध्यक्ष पि.पि अधिकारी जीबाट रु २० हजार प्राप्त भएको छ । त्यसैगरी युवा समाजसेवी शन्तोष साप्कोटाबाट रु ५५५ र समाजसेवी, लेखक टंक उप्रेतीबाट रु २२२२ यस कोषलाई हस्तानतरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बुटवल । एमाओवादी नेता डा.बाबुराम भट्टराईले दोस्रो संविधानसभा पनि विघटनको गम्भीर खतरामा रहेको बताएका छन् । कांगे्रस र एमाले संविधानसभाविरोधी भएको आरोप लगाउँदै उनले यी दुई दलले संविधानसभा अपहरण गरेको बताए ।
भट्टराई प्रधानमन्त्री भएको बेला पहिलो संविधानसभा नयाँ संविधान नबनाई विघटन भएको थियो । बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले संघीयताको आकार र ढाँचामा कुरो नमिल्दा नयाँ संविधान बन्न नसकेको बताए । ‘संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता एमाओवादीको एजेन्डा हो,’ उनले भने, ‘जसका कारण संविधानसभा बन्यो त्यही शक्तिलाई पाखा लगाएर कुनै पनि हालतमा संविधान बन्दैन ।
उनले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रहरी–प्रशासन प्रयोग गरेर एमाओवादीसहितको परिवर्तनकारी शक्तिलाई संविधानसभाबाट पाखा लगाएको उल्लेख गरे ।
‘अग्रगामी संविधान निर्माणको पक्षमा रहेको एमाओवादीलाई’ कांगे्रस, एमालेले प्रहरी प्रशासनको बलमा पाखा लगाएर संविधानसभा खोसेको उल्लेख गर्दै उनले एमाओवादीसहितको ३० दलीय मोर्चा त्यसविरुद्ध सडकमा उत्रेको बताए ।
कांगे्रस र एमालेले प्रश्नावली निर्माण समिति बनाएर संविधान निर्माणलाई मतदान प्रक्रियामा लगेर गम्भीर गल्ती गरेको उनको भनाइ थियो ।
एउटा बच्चाका नाममा मासिक सय डलर भित्रिने
जेवी विष्ट – काठमाडौं । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएपछि क्रिश्चियन धर्मालम्बीहरुको हाली मुहाली निकै बढेको छ । गरिब, बालबच्चा, अपाङ्ग, अशक्त र बृद्धवृद्धाका नाममा विदेशबाट डलर भित्राएर धर्मकै आडमा क्रिश्चियनका अगुवाहरुले लुट मच्चाउने क्रम रोकिएको छैन् । साना साना नानीहरुलाई पठनपाठन गराउने भन्दै ललितपुरको भैसेपाटीमा रहेको आइएन नेटवर्ककी प्रमुख लक्ष्मी थापा (एस्तर) ले करोडौ रुपियाँ हिनामिना गरेको बुझिएको छ ।
एउटा बच्चाका नाममा मासिक सय डलर भित्रिने सो संस्थामा एक विद्यार्थी बराबर रु १२ सय मात्र दिएर अन्य रकम आफैले खाने गरेको त्यही कार्यरत एक कर्मचारीले अभियान टाइम्स साप्ताहिकलाई बताए । सयौं विद्यार्थीलाई दिइने सहयोगबाट प्रतिमहिना थापाले लाखौं रुपियाँ अनियमिता गर्ने गरेको समाचार स्रोतले बताएको छ ।
त्यसैगरि धर्मलाई नै ब्यापक दुरुपयोग गदै व्यक्ति मोटाउने काम गरेको सो धर्मका अनुयायीहरु नै बताउदै आएका छन । त्यसै गरि डलर भित्राएर लुट मच्चाउनेमा गोर्खा जिल्लाबासी रमेश सापकोटा पनि अग्रणी स्थानमा छन् । धापाखेलमा अस्भाविक तरिकाले महल ठड्याएका सापकोटाले यशुख्रीष्टको सु समाचार प्रचार गर्ने भन्दै विभिन्न स्थानमा कार्यक्रम गरेको भीडीयो बिक्री गर्दै व्यक्तिगत सम्पति जोड्ने गरेको बुझिएको छ । त्यसो त राम्रै महलको व्यवस्था गरेका टेकबहादुर दाहालको सम्पतिकै कारण श्रीमान र श्रीमतीमा खटपट भएको समाचार स्रोतले अभियान टाइम्सलाई बताएको छ ।
विभिन्न कार्यक्रममा महंगा गायकलाई झुक्याउदै फसाउदै गर्ने यी दाहालले डोनरहरुलाई नेपाल गरिब मुलुक भएकाले पैसाको ठुलो आवश्यकता भएको बताउदै भित्राइएको डलरमा एकछत्र गर्ने गरेको एक पास्टरले बताए ।
त्यसै गरि जिवन लामा, एलिया प्रधान , सोनाम टिकागो ,तारा सिहं कठायत ,ओमप्रकाश सुब्बा, प्रकाश सोदेम्बा, मिनिकुमार राई, फिलिप गजमेर, लोक भण्डारी, धन तामाङ, महेश्वर राई, माइकल रायमाझि (क्षेत्री), राजु सुन्दास, नारायण शर्मा, लोकमणी ढकाल लगायतले धर्मको नाममा अवैध तरिकाले सम्पति जोड्ने गरेको समाचार प्राप्त भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र हुनु भन्दा लामो समय अगाडि देखि क्रिश्चियन समुदायको सहभागिता देखिएपनि अहिले आएर धर्मका नाममा विदेशबाट ठुलो रकम भित्राएर क्रिश्चियनका केही पास्टरहरु मोटाउने काम भइरहेको अवस्थामा सरकारका सरोकारवाला निकायहरु चुप लागेर बसेका छन् ।
नेपालीहरु लाई सु समाचार प्रचार गर्ने भन्दै भित्राइएको अवैध रकम आफु र आफ्नो पारिवारिक मोजमस्तीमा दुरुपयोग गर्ने प्रवृति हावीको अवस्थामा किन सम्बन्धित निकाय मौन बसेको हो सर्वत्र चर्चा छ ।
मुलुकको गरिबीलाई फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्राउने र आफु करोडपति बन्ने चलनै मच्चाएका छन् । पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका नाममा लामा, प्रधान , टिकागो , कठायत, सुन्दास लगायत केही व्यक्तिहरुले आफु र आफ्ना नातेदारहरुलाई अवैध रकम कुम्ल्याउदै अगाडि बढे पनि सरकारी निकाय बेखबर जस्तै बनेको छ । उता आँफुलाई कहिले दार्जिलिङ निवासी त कहिले तिब्बटियन बताउदै आएका लामाले अन्तत चितवनबाट नागरिता लिएपनि उनी माथि खासै कार्वाही हुन सकेको छैन् । उनले केही समयअगाडि नागरिता विवादमा पर्ने डरले सम्पति समेत निकटकालाई पन्छाएको बुझिएको छ । नागरिता विवादलाई ललितपुर प्रहरीले अनुुसन्धान गर्ने क्रममै मुद्दा अल्मलाइदिएपछि लामाको बारे थप शंका बढेको हो ।
यसरी धर्मको आडमा रकम कुम्ल्याउनेहरुको संख्या ठूलो रहेको एक पास्टरले बताए । यसरी नै अवैध रकम जोड्नेको लर्कोमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्ट र जिसीडिसीका डाईरेक्टर तारासिहं कठायत पनि अग्रपंक्तिमै छन् । उनको नेपाल इन्भेष्टमेन्ट बैकं लगायतमा व्यक्तिगत सम्पति जम्मा गरेको बुझिएको छ । धर्मकै नाममा लिइने अनेक प्रकारका स्वरुप मार्फत विदेशबाट अवैधानिक सम्पति भित्राएको बुझिएको छ ।
कार्यलयका कर्मचारीमा समेत फरक व्यबहार गर्ने बानीले पुराना कर्मचारी बाहिरिएको र चाकरी गर्ने कर्मचारीलाई निकट राख्ने गरेको बुझिएको छ । कतिपय महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राख्न खोज्ने अनुकुल नभए जागिरबाट हटाउने धम्की दिने गरेकाले एक पिडित कर्मचारीले काम छोड्न बाध्य भएको जानकारीमा आएको छ । कठायत यो समुदायमा अबैधानिक रुपले रकम जोड्ने लिडरको रुपमा परिचित छन् ।
स्वदेशमा र विदेशमा दुबै थरि (नक्कली सक्कली) अडिट गरेर अवैधानिक तरिकाले रकम जोड्ने उनी जस्तैको संख्या भने कम छैन् । उनी जस्तै यो समुदायका सयौ व्यक्ति माथि समयमै सरकारको सम्बन्धित निकायले लेखाजोखा गर्नेु आवश्यक छ । अभियान टाइम्सबाट
-









