बन्द भइसकेको मुटु फेरि प्रत्यरोपण
पहिलो पटक अष्ट्रेलियन चिकित्सकहरुले धड्किन बन्द भइसकेको मुटुलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने सफलता पाएका छन् । सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत नेपाली डा. कुमुद धिताल सहितका चिकित्सकहरुले सफलता प्राप्त गरेको जनाइएको छ । यो सफलतालाई चिकित्सा विज्ञानको क्षेत्रमै नयाँ फड्को भन्ने दाबी उनीहरुले गरेका छन् । यस नयाँ प्रविधिले थप २० देखि ३० प्रतिशत मानिसहरुको जिन्दगी बचाउन सक्नेछ जसको मुटुमा खराबी छ । सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएको छ । जहाँ २० मिनेटभन्दा बढी धड्कन बन्द भएको मुटुलाई सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो र यो पुनः चल्न सुरु गरेको छ । यही अस्पतालमा अनुसन्धानकर्ताहरुले विकसित गरेको एउटा विशेष यन्त्रमा मुटुलाई झिक्ने बित्तिकै राखिएको थियो भने मुटुमा विशेष प्रकारको घोलयुक्त औषधि पठाइएको थियो । अहिलेसम्म विश्वमा अंग दान गरेका व्यक्तिहरुको मुटु त्यतिबेला निकालिन्छ जतिबेला मस्तिष्क चल्न छोडेको हुन्छ तर मुटुभने धड्किरहेकै हुन्छ ।
तर, यो नयाँ प्रविधिले गर्दा धेरैभन्दा धेरै मुटुको प्रत्यारोपण गर्न सकिनेछ । धेरै देशहरुमा अहिले पनि मुटु चल्न छोडेपछि मात्रै मृत्यु भएको मानिन्छ । यी देशमा मुटुको प्रत्यारोपण असम्भव कार्य हुने गरेको थियो । यस प्रविधि अन्तर्गत विकास गरिएको यन्त्रले शरीरबाट निकालिएको मुटुलाई अक्सिजन र रगत दिनेछ । जसका कारण यसको भित्री भागमा क्षति पुग्ने छैन । चिकित्सकहरुले दुई जना व्यक्तिमा सफलतापूर्वक यस प्रविधिबाट मुटु प्रत्यारोपण गर्ने सफलता पाएका छन् जुन सफल पनि भएको छ । यी प्रत्यारोपित मुटुमा गरिएको परीक्षणबाट मुटुको भित्री भागमा कुनै क्षति नपुगेको पाइएको छ । यसरी प्रत्यारोपण गरिएकामध्ये एक महिला हुन् भने अर्को एक पुरुष हुन प्रत्यारोपण गरिएको थियो । तस्वीरमा- झिकिएको मुटु राख्ने नयाँ यन्त्र
-
0 comments
Write Down Your Responses