काठमाडौं । कतार र नेपालबीच वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाइफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।
वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले मंगलबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वार्ताका क्रममा नेपालले कतारमा कार्यरत एक लाखभन्दा बढी नेपालीको सुरक्षाको प्रत्याभूति, दक्ष एवं व्यावसायिक श्रमिक लिन तथा उनीहरूलाई कार्यस्थलमा जानुअघि पूर्वअभिमुखीकरण तालिम उपलब्ध गराउन र वैधानिक कागजपत्र नभएकाहरूलाई प्रायोजक परिवर्तनलगायत समस्यामा परेकाहरूलाई सहयोग गर्न अनुरोध गरेको थियो । कान्तिपुरमा समाचर छ ।
नेपालको अनुरोधप्रति कतारी प्रतिनिधिमण्डलले सकारात्मक जवाफ दिएको तथा कामदारहरूको तलबभत्ता उनीहरूको बैंक खातामा जम्मा गर्ने प्रावधान रहेको जानकारी दिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
कतारलाई आवश्यक भएका कामदार र तिनको मागपत्रका साथै रोजगारीको करारपत्रको प्रमाणीकरण गर्न कतारी रोजगार विभागलाई नेपाल सरकारका तर्फबाट गरिएको अनुरोधलाई पनि कतारले सकारात्मक लिएको छ । नेपाली कामदारको व्यवस्थापन र अभिलेखीकरणमा कतारले गर्दै आएका कामबारे जानकारी लिन दुईजना नेपाली सञ्चार प्राविधिज्ञलाई कतार पठाउन गरेको आग्रहलाई नेपालले स्वीकार गर्दै यथासक्य छिटो सञ्चार प्राविधिज्ञ पठाउने जवाफ दिएको उक्त मन्त्रालयले जनाएको छ ।
वार्तामा दुवै मुलुकले वैदेशिक रोजगारीसम्बन्धी सूचना आदानप्रदान गर्ने तथा गैरकानुनी काम गर्नेहरूलाई कानुनको दायरामा ल्याउने सहमति जनाएका थिए । साथै श्रम सम्बन्धलाई अझ घनिभूत तुल्याउन दुवै मन्त्रीबीच सहमति भएको छ ।
मन्त्री खुलाइफीले राज्यमन्त्री गुरुङलाई कतार भ्रमणका लागि गरेको आमन्त्रणको सहर्ष स्वीकार गर्दै उनले उपयुक्त समयमा कतार आउने जानकारी गराएका थिए ।
काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। ‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे।
एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौन जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई। हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन।
सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘सेक्सरसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,’ एकजना बोले।
अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए।
त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई। ‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्।
यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो।
अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, ‘उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्।
त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि,’ मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्यो कि ‘बाआमाले मार्छन्’ भन्दै तर्किन्छन्।
त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। ‘उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,’ उनले भने, ‘गजबको उपाय फुर्यो त्यसपछि।’ अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो।
महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्। सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ। सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्।
अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन’ पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,’ डिएसपी सिंह भन्छन्।
हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि।’ उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। ‘रिझाउन र भिजाउन’ सके प्रहरी ‘लाइनमा आउने’ व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।’
‘आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?’ डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्।
भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए। -दैनिक नेपाल
रासी । भारतसँग सीमा जोडिएको नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी फेला परेको छ । जिल्लाको दिव्यपुरीका एक बिरामीमा स्वाइन फ्लु ए, एचवान एनवानको सङ्क्रमण फेला परेको हो । चितवनको भरतपुर अस्पतालबाट नमुनाका लागि पठाएकामध्ये नवलपरासीका एक जनामा स्वाइन फ्लु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
अस्पतालबाट नवलपरासी र चितवनका गरी ४३ जनाको
अन्य तीन जना भने चितवनका रहेका छन् । जिल्लामा स्वाइन फ्लु भित्रिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीले नेपाल–भारत सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरेकोसमेत जनाएको छ ।
समितिको बसेको बैठकबाट जिल्लाको त्रिवेणी र महेशपुर नाकामा स्वास्थ्यकर्मी संलग्न हेल्प डेक्स स्थापना गरिएको पृथ्वीचन्द्र अस्पतालका सुपरीटेन्डेट डा नुरुल होदाले जानकारी दिनुभयो । जिल्लामा भारतीय सीमा नाकाबाट दिनहँु हजारौँको सङ्ख्यामा सर्वसाधारणको आवतजावत हुने गर्दछ । हेल्प डेक्समार्फत रुघाखोकी लागेकालाई उपचारमा सल्लाह दिने, माक्सको प्रयोग गर्ने, हात मिलाउने काममा कम गर्न सचेतना गराइने होदाले जानकारी दिनुभयो ।
भारतीय सीमाका क्षेत्रमा निगरानी गर्दा सङ्क्रमणबाट बच्न सकिने भएकाले जिल्लाका संयन्त्र परिचालन गरिएको हो । जिल्लाभित्रै स्वाइन फ्लुका बिरामी भेटिएपछि त्यसको सङ्क्रमणबाट बच्न जिल्लावासीलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
-
काठमाडौं, तनहुँकी एक युवती अहिले राजधानी बसेर चीन जाने तयारी गरिरहेकी छन्। रोजगारका लागि छिमेकी देश चीन लैजाने सपना देखाएर एजेन्टले नै उनलाई राजधानी बोलायो र झटपट चिनियाँ नागरिकसँग बिहे पनि गराइदियो। तर, ती युवतीलाई चिनियाँ भाषा आउँदैन। न बुझिछन् न बोल्नै सक्छिन्। तिनलाई यत्ति थाहा छ, अबको केही दिनमै चिनियाँ दुलाहाले विदेश पुर्याैउनेछ। र, चिनियाँ सहरमै तिनको नयाँ करिअर सुरु हुनेछ।
ती युवती मात्र होइन, अन्य ९ जना नेपाली युवती पनि चिनियाँ पुरुषसँग विवाह गरेर चीन उड्ने दिन कुरिरहेका छन्,उनीहरु सबै एकसाथ चीन जानेछन् तर सबै एकै सहर होइन, कोही राजधानी बेइजिङ त कोही कुन्मिङ, कोही सांघाई त कोही हुयान।
चीन प्रवेश गरेपछि कहाँ बस्ने, के काम गर्ने? उनीहरु कसैलाई पनि पत्तो छैन।
जिन्दगीभर सँगै जिउनुपर्ने दुलाहा–दुलहीबीच विवाहअघि के के कुरा मिल्नुपर्छ? परम्पराअनुसार केकस्तो तयारी गर्नुपर्छ?
‘एक–अर्काको भावना, रहनसहन, भाषा, संस्कृति, खानपान। उनीहरुलाई त्यो पनि मतलब छैन।
‘अब हाम्रो ग्रुपमा एक जना चिनियाँ केटो बाँकी छ उसको पनि विवाह भएपछि सबैजना सँगै चीन जाने हो,’ तनहुँकी २१ वर्षीया अर्चना तामाङ (परिवर्तित)ले भनिन्, ‘भाषा उतै गएर सिक्ने हो।’
काठमाडौंमा अहिले यस्ता नेपाली युवती र चिनियाँ युवकबीच विवाह भइरहेको छ जसले न एकअर्कालाई विवाह हुनु साताअघिसम्म देखेकासम्म थिएनन्। कुराकानी त एकअर्काका भाषा बुझे पो! भावना साटासाट गर्न उनीहरु तेस्रो साझा भाषा पनि जान्दैनन्।
नेपाली युवतीले बोलेको नेपाली भाषा चिनियाँ युवकले बुझ्दैनन् चिनियाँ युवकले बोलेको चिनियाँ भाषा नेपाली युवतीले। तै पनि नेपाली कलिला युवती धमाधम चिनियाँ युवकसँग अदालती विवाह (कोर्ट म्यारिज) गरिरहेका छन्।
यसरी विवाह गर्ने नेपाली युवती आफ्नो विवाहबारे आफन्तलाई समेत बताउँदैनन्। कसैले थाहा पाएर सोधिहाले ‘लभ म्यारिज’ (प्रेम विवाह) भन्छन्। कसरी भेट भयो केटासित भनेर सोधे जिमेल, फेसबुक र भाइबारमार्फत कुराकानी गर्दा प्रेम बसेको बताउँछन्। तर उनीहरुलाई कुन भाषामा कुरा गरेको भनी सोधियो भने अक्क न बक्क पर्छन्।
चीनमा फेसबुक र भाइबरले काम गर्दैन भन्ने पनि पत्तो छैन यी अबलालाई। पछिल्ला दिन राजधानीमा नेपाली युवतीलाई चिनियाँ युवकसँग कानुनी विवाह गराएर चीन पुर्यानउने एजेन्टको गिरोह नै सक्रिय देखिएको छ।
आपसमा अपरिचित, एकअर्काको भाषा नबुझ्ने यस्ता नेपाली कलिला युवती र चिनियाँ पुरुषबीच विवाह गराउन नेपाल र चीन दुवै देशमा एजेन्टको गिरोह नै सक्रिय देखिन्छ। एजेन्टले विभिन्न प्रलोभन देखाई नेपाली युवतीको विवाह चिनियाँ पुरुषसँग गराउने गरेका छन्। यसबापत एजेन्टले चिनियाँ पुरुषसँग १९ लाख र नेपाली युवतीसँग १ लाख रुपैयाँ गरी २० लाख रुपैयाँसम्म असुल्छन्। त्यसपछि प्रक्रियामा लाग्ने नागरिकतादेखि राहदानी बनाउनेसम्मको खर्च एजेन्टले नै बेहोछन्। विवाह पनि एजेन्टले नै गराइदिन्छन्। विवाहमा साक्षी बस्ने पनि एजेन्ट, आफन्त बन्ने पनि एजेन्ट।
तामाङले आफू महाराजगन्जस्थित एक एजेन्ट (कोरियन अफिस) को कार्यालयमार्फत विवाह गरी चीन जान लागेको बताइन्। तर उक्त कार्यालय महाराजगन्जमा कहाँनेर छ र त्यसको सञ्चालकबारे भने केही बताउन चाहिनन्। ‘हामीभन्दा अघि तीन ग्रुप गइसके।
एउटा ग्रुपमा १५ जनासम्म हुन्छन्,’ उनले भनिन्।
चिनियाँ पुरुषसँग विवाह गर्न भनेर उनी १५ दिनअघि मात्र काठमाडौं आएकी थिइन्। आएको तीन दिनमै उनले चिनियाँ पुरुषसँग कोर्ट म्यारिज गरिन्। आफूसँग कोर्ट म्यारिज गर्ने केटोले १९ लाख र आफूले १ लाख रुपैयाँ एजेन्टलाई दिएको उनले बताइन्।
आफूले एजेन्टलाई दिएको १ लाख रुपैयाँ पनि चिनियाँ पुरुषले नै उपलब्ध गराएको उनले सुनाइन्। ‘विवाह गराइदिएबापत एजेन्टलाई २० लाख रुपैयाँ बुझाउनुपर्छ। यो उनीहरुको रेट नै हो,’ तामाङले भनिन्।
उनका अनुसार केटाकेटी दुवै काठमाडौं आइपुगेपछि उनीहरुलाई ठमेलस्थित विभिन्न होटलमा राखिन्छ। बिहे गर्न आएका चिनियाँ पुरुष सबै धनाढ्य र उद्योगपति भनेर चिनाइन्छ।
त्यति मात्र होइन, युवतीले बस्ने, खाने, घुम्ने र पकेट खर्च पनि एकदेखि ३ लाखसम्म चिनियाँ दुलाहाबाटै पाउँछन्।
‘कोर्ट म्यारिज गरे पनि नेपालमा बस्दासम्म सँगै सुत्नुपर्दैन। चीन पुगेपछि आफ्नो इच्छा,’ अर्चनाले सुनाइन्।
चिनियाँ पुरुषसँगै विवाह गर्नुको कारण र चीन गएपछि के गर्ने भन्नेचाहिँ उनले खुलाउन चाहिनन्। उनले भनिन्, ‘महिनाको ४० हजार रुपैयाँ नेपाल पठाइदिन्छु भनेको छ।’
चिनियाँसँग विवाह गरेपछि चिनियाँ भिसा सहजै लाग्छ। भिसाका लागि जिल्ला प्रशासन कार्यालयले जारी गर्ने विवाहको प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि बिनाझन्झट चिनियाँ भिसा लाग्ने उनले जनाइन्।
अध्यक्षले मन्त्री थापा र केसीका फिर्ता बोलाउने तयारी
काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै आफ्नो झोली भर्ने काम कर्मचारी र सुरक्षा निकायका केही भ्रष्टहरुले गर्ने गरेका प्रमाणहरु सार्वजनिक भए पनि पछिल्लो समयमा अकुत सम्पत्ति भएका मन्त्री समेत व्यवसायीबाट ठूलै रकम लिएर कर्मचारी हटाउने गरेको समेत खुलासा भएको छ । नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी रमेशकुमार तमाङलाई रंगेहात घुष लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले कठालो समाएर सार्वजनिक गरेको केही दिन नवित्दै मन्त्री र मन्त्रालयका सचिबको समेत संलग्नतामा नेपाल आयाल निगमका कार्यकारी निर्देशकलाई पदबाट हटाएपछि आपुर्तिमन्त्री सुनिलबहादुर थापा, राज्यमन्त्री गीरिबहादुर केसी बाणिज्य मन्त्रालयका सचिब नारायणगोपाल मलेगु, सहसचिब दीपक सुबेदी र बोर्डका सवै सदस्यहरुको नियत प्रष्ट हुन पुगेको छ ।
आयल निगमबाट प्राप्त विवरण अनुसार कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई पदबाट हटाउन र तेल चोर्ने ट्याङकरका सञ्चालकमाथी लागेको मुद्दा खारेजी गरेको खण्डमा दुइ किस्तागरि रकम बुझाउने सहमती भएपछि पहिलो चरणमा भट्टलाई हटाएको बताइएको छ । भट्टलाई सो पदबाट हटाए वापद राष्ट्रिय प्रजातन्त्र पार्टीलाई केही प्रतिशत, मन्त्रीद्वय थापा र केसी अनी बाँकी सचिब, सहसचिबका साथै बोर्डका सदस्यलाई दामासायी रुपमा भागबण्डा गर्ने गरि रकम लिएको निगम स्थित एक उच्च स्रोतले जनाएको छ । सो स्रोतका अनुसार पहिलो चरणमा व्यापारीले ५ करोड ३३ लाख ५० हजार १ सय रुपैयाँ बुझाएपछि भट्टलाई हटाई आफुले भनेको मान्ने ‘मन्त्रीद्वाय भक्त’ सडक विभागका इन्जिनियर गोपालबहादुर खड्कालाई निगमको कार्यकारी निर्देशकमा लगेको बताईएको छ ।
गिरफ्तारी छल्न पारसले यसो आफूलाई प्रहरी गिरफ्तार गर्न आएपछि पूर्वयुवराज पारस शाहले अनेक छलछाम गरेका थिए । उनले फूलबारी पुगेको प्रहरीलाई सुरुमा स्वास्थ्य कमजोर भएको भन्दै चिकित्सिक ल्याएपछि मात्रै जाने भनेर आनाकानी गरेका थिए । प्रहरीले गण्डकी अञ्चल अस्पतालका क्षेत्रीय प्रमुखलाई नै सँगै लिएर जाने र स्वास्थ्य रेखदेख गर्ने बताएपनि पारसले वकिल झिकाइदिन प्रहरीलाई आग्रह गर्यो । प्रहरीले उतिबेला पारसलाई पोखरामा वकिलको काम छैन,चितवनमै बोलाउनुस् भन्दै उनलाई कन्भिन्स गरेको थियो । तीनघन्टा पछि पारसले फेरि अर्को माग गरे – स्वास्थ्य ठीक नभएकाले गाडीमा जान्नँ,हेलिकोप्टरमा लैजानुपर्छ ।
प्रहरीले फौजदारी अभियोग लागेकालाई सरकारी खर्च गरेर लान नमिल्ने स्पष्ट पारेपछि उनले आफैंले हेलिकोप्टरको खर्च तिर्ने भन्दै हेलिकोप्टर मगाइदिन आग्रह गरेका थिए ।
काठमाडौंबाट उडेको हेलिकोप्टर रिसोर्ट परिसरमै ओर्लियो,तर पारसले अझै आनाकानी गर्न छाडेनन् । उनले प्रहरीलाई भने,‘भोकाएको छु,स्यान्डविच खान्छु ।’ प्रहरीले उनको आग्रह स्वीकार गर्यो पनि । स्यान्डविच खाइसकेपछि पारसले फेरि भने,‘थोरै भुजा पनि खान्छु ।’
भुजा आएको केही बेरपछि पारसले फेरि सावर लिन समय मागे । प्रहरीले ‘ठीक’ छ भन्यो । सावर लिएपछि चुरोट तान्दै बसिरहे । त्यसपछि पनि पारसले प्रहरीलाई घरि पख्नोस्,तपाईंलाई प्रधानमन्त्रीको फोन आउँछ भन्थे त घरि प्रधानमन्त्रीले नगरे गृहमन्त्रीले फोन गर्छन् भन्थे ।
पारसको आलटालले हैरान भएको प्रहरीले १० मिनेटभित्र कोठाबाट ननिस्किए काठाबाटै पक्राउ गर्ने चेतावनी दिएपछि पनि पारसले दुईवटा सर्त अघि सारे । पहिलो होटलको लबिमा भएका सबै प्रहरी हटाइदिन र दोस्रो,हत्कडी नलगाउन । भाग्ने सम्भावना नरहेकाले पारसको शर्त प्रहरी मान्यो र उनी हेलिकोप्टर चढेर चितवन गए
राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले न्यायाधीश रणबहादुर बमको हत्या आफ्नो पक्षमा मुद्दा फैसला नगराउनाले भएको खुलेको, हत्याका मुख्य योजनाकार पक्राउ परेको, सुशील कोइरालाले लेनदेनको प्रस्ताव नखोलेको, मलेसियामा नेपाली बेचिने गरेको, शीर्ष तहमा भूमिका बढाउने होड बढेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
भारतीय प्रहरीले जापानी युवती बलात्कार अारोपमा तीन भारतीय युवालाइ पक्राउ गरेको छ ।
२२ वर्षीया जापानी युवती उत्तरी भारतको एक बाैद्ध सेन्टर नजिकै सामुहिक बलात्कारमा परेकी थिइन् ।
भारतीय प्रहरीले थप दुइलाइ खोजिरहेको जनाएको छ ।
बोधगया नजिकै तीन हप्तासम्म बन्धक बनाएर राख्न ती दुइको संलग्नता रहेको बिहारका प्रहरी प्रमुख अखिलेश सिहंले बताए ।
ती युवती उक्त समुहको पञ्जाबाट भागेर डिसेम्बर २८ मा कलकत्ता पुगेर प्रहरीमा जाहेरी दिएकी थिइन् । अध्ययनका लागि केही समयदेखि ती युवती भारतको ग्रामीण भेगमा थिइन् ।
सुभाष न्यौपाने
काठमाडौं । गत आर्थिक वर्षमा ठगी गर्ने म्यानपावर कम्पनी कारबाहीबाट सुरक्षित रहे । सरकारको अनुगमन प्रभावकारी हुन नसकेपछि म्यानपावर कम्पनी कारवाहीबाट सुरक्षित भएका हुन् । नियमनकारी निकाय बैदेशिक रोजगार विभागले नै वार्षिक १ अर्ब रुपैयाँको ठगी हुने अनुमान गर्दा पनि म्यानपावर कम्पनी कारवाहीबाट सुरक्षित हुनु अनौठो घटना हो
विभागका प्रवक्ता बद्री कार्कीले ठगी गर्नेलाई कारवाही भएको बताए । म्यानपावरले गल्ती गर्दा उनीहरुबाट क्षतिपुर्ति तिराउँदै आएका छौं, उनले भने, सामान्य गल्तीलाई ठगीको नजरबाट हेरिदिनु भएन तर कामदार भने विदेशमा अलपत्र पार्ने र उचित रोजगार नपाएर फर्किएर आउने क्रम बढेको गुनासो गर्छन् ।
मलेसियाको रोजगारमा जाने कामदार त्यहाँको स्वास्थ्य परीक्षणमा असफल भएर स्वदेश फर्किदाँ पनि नियमनकारी निकायले क्षतिपुर्ति तिराउन सकिरहेको छैन ।
श्रमसचिव भोलाप्रसाद शिवाकोटीले मलेसिया पठाउनेले सरकारी शुल्कभन्दा बढी रकम लिएर पठाउने भएकाले क्षतिपुर्तिमा समस्या भएको बताए ।
अब मलेसिया पठाउने म्यानपावर कम्पनीलाई उच्च निगरानीमा राखिनेछ, उनले भने । अब ठगी गर्ने म्यानपावर कम्पनी सुरक्षित रहन सक्दैनन् ।
गत आर्थिक वर्षमा फ्री भिसामा पनि म्यानपावर कम्पनीले प्रतिकामदार १ लाख रुपैयाँ सम्म लिएका थिए । विभागमा यसबारे प्रशस्त गुनासा र उजुरी परेका थिए । राज, लक्की र एभरेष्ट म्यानपावर कम्पनी लगायतले फ्री भिसामा मनपरी गरेको गुनासोलाई विभागको काठमाडौं र मलेसिया शाखाले थन्काएर राखेको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले सरकारले निर्धारण गरेको सेवाशुल्क अव्यवहारिक भएकाले म्यानपावर कम्पनी अप्ठेरोमा पर्न थालेको बताए। केहि म्यानपावरले फ्री भिसामा कारदारसँग अत्यधिक रकम लिएको सुन्नमा आए पनि सम्र्पुण खराब भनेर चित्रित गर्न भएन, उनले भने, सरकारले उचित निगरानीगर्न नसक्दा म्यानपावरमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।
नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका निवर्तमान अध्यक्ष विमल ढकालले विभाग कर्मचारीबाट म्यानपावर कम्पनीको सानो गल्ती भेटिँदा बारम्बार विभाग धाउन बाध्य पार्ने गरेको बताए । गल्ती गर्दा कारबाही गर्नुभन्दा पनि विभाग कर्मचारीले पैसा झार्ने काम गर्दा समग्र व्यवसायमा सुधार आउन सकेको छैन, निवर्तमान अध्यक्ष ढकाले भने । नयाँ पत्रिकाबाट



