बाबु बुहारी त अर्कैसित गई
यौटा नराम्रो खबर आयो परदेशमा
संकट आइपर्यो रे गाउँको घरमा
मोबाइलबाट रुँदै भन्नु भो आमाले
बुहारी त अर्कैसित बस्न गै शाहरमा
हामिले नजा भन्दा भन्दै गैहालिस बाबु
रुपैयाले स्वास्नी सिङार्छु भन्थिस बाबु
बाफिलो तातो मुलुकमा भोकै काम गर्दा गर्दै
यही मर्छुकी क्याहो आमा भन्थिस बाबु
उताबाट आउन थाले देखिन धनको पोको
तेरी स्वास्नीले मेटाउन थाली तनको भोको
सानी छोरीलाई घरमा एक्लै छोडेर
होटल लजतिर बास हुन थाल्यो
गाउँ छिमेकमा नराम्रो कुरो सुनिन थाल्यो
रगत पसिनाको कमाइ नाठोसित उड्न थाल्यो
तेरा बाबा र मैले सम्झाउन खोज्दाखेरी
हामी माथिनै लखौरीका हात उठ्न थाल्यो
तेरी स्वास्नीले के के मात्रै गरिन
घरमा झीटी झ्याम्टो केहि छोडिन
छुट्टीमा तँ आउने कुरो थाहा पाएपछि
घरबार लोग्ने छोरी केहि नि भनिन्
यौटा नराम्रो खबर आयो परदेशमा
संकट आइपर्यो रे गाउँको घरमा
मोबाइलबाट रुँदै रुँदै भन्नु भो आमाले
बुहारी त अर्कैसित बस्न गै शहरमा
0 comments
Write Down Your Responses