विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा अफगानिस्तानले स्कटल्यान्डलार्इ हराउँदै इतिहास बनाएको छ । न्यूजील्याकोन्ड डूनेडिनमा वर्ल्ड कपको पूल बीको भिडन्तमा स्कटल्यान्डलार्इ १ विकेटले पराजित गर्दै अफगानिस्तानले विश्वकपमा जितको इतिहास बनाएको हो । साना देशबीचको भीडन्त भएपनि यो खेल रोमाञ्चक थियो । अफगानिस्तान एक समय १३२ रनमा ८ विकेट गुमाइसकेको थियो । त्यो अवस्थामा समिउल्लाह सेनवारीले जबरजस्त पारी खेलेपछि उ जितको हकदार भयो । उनले ७ चौका र ५ छक्काको मद्दतमा ९६ रन बनाए । नवौं विकेटका लागि १५ रनमा नटआउट रहेका हामिद हसनसँग ६० रनको साझेदारी गरे । तर उनी सतक बनाउनबाट चार रनले चुके ।
अफगानिस्तानलार्इ जितको लागि १९ बलमा १९ रनको जरुरी थियो । त्यो अवस्थामा अन्तिम जोडीले ३ बल बाँकी रहँदै जित निकाले । अफगानी टिमले २११ रनको लक्ष्य पच्छ्याउने क्रममा शुरुआतको ७ ओभरमा बिना नोक्सान ४० रन बनाएको थियो ।
तर त्यपछिको ओभरमा उसले २ विकेट गुमायो । ८५ रन बनाएको अवस्थामा उसले तीन विकेट गुमाएको थियो । तर त्यसपछि ९७ रनमा पुगेको अवस्थामा ७ जना ब्याट्सम्यान पेभेलियन फर्कै । सेनवारीसँगै ओपनर जावेद अहमदीले ५१ रनको पारी खेले ।
उता स्कटल्यान्डका रिची ब्यारिंगटनले सर्वाधिक चार विकेट झारे । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १० विकेट गुमार्इ पूरै ५० ओभर खेलेर २१० रन बनायो । शुरुआतमै स्कटिस टिमले ३ विकेट गुमाएको अवस्थामा ४० रन बनाएको थियो । स्कटल्यान्डको तर्फबाट आठौं विकेटका लागि २८ रन जोडेकामाजिद हक र ३१ रन जोडेका एलाडर इवन्स साझेदारीले टिमलार्इ २ सय रनमाथि पुर्यायो । उसका लागि म्याट म्याघनले पनि ३१ रन जोडे । अफगानिस्तानका लागि सपुर जरदानले ४ विकेट लिए । त्यसैगरी दलवत जरदानले पनि ३ विकेट लिए ।
स्कटल्यान्डले यो विश्वकपमा अहिलेसम्म गतिलो खेलेको यही खेल हो । उसले यो विश्वकप अघि सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्द र्वाधिक १८६ रन बनाएको थियो । यो हारले दोस्रो विश्वकप खेल खेलिरहेको स्कटल्यान्डले विश्वकपमा पहिलो जित निकाल्ने सपना पनि पुरा भएन । उता अफगानिस्तानले भने तेस्रो खेलमा पहिलो जित निकाल्यो ।
काठमाडौं । विश्वकप क्रिकेटका समूह चरणको पहिलो खेलमा अघिल्लो संस्करणको उपविजेता श्रीलंका आयोजक न्युजिल्याण्डसँग ९८ रनले पराजित भएको छ । शनिबार बिहान क्राइष्ट चर्चमा भएको खेलमा न्युजिल्याण्डले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.१ ओभरमा २३३ रनमा अलआउट भयो ।
श्रीलंकाका लाहिरु थिरमानेले सर्वाधिक ६५ रन बनाए भने एन्जेलो म्याथयुजले ४६, कुमार सांगाकाराले ३९, तिलक रत्ने दिल्सानले् २४ रनको योगदान गरेका थिए ।
यस्तै रंगना हेराथले १३, दिमुथ करुणारत्नेने १४ र नुवान कुलसेकराले १० रन बनाउँदा माहेला जयबद्र्धने शून्य रनमा आउट भएका थिए ।
काठमाडौं । ल्यान्डमार्क एजुकेसनल फाउन्डेसन स्कुलले चौथो विद्यालयस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन ल्यान्डमार्कले ५ स्वर्ण जित्यो । काठमाडौं जिल्ला खेलकुद विकास समिति, नेपाल क्योकुसिन कराते डो संघ, सिनामंगल उप डोजो तथा ल्यान्डमार्कद्वारा संयुक्त आयोजित प्रतियोगितामा ३ स्वर्ण जितेको ब्रिजवाटर इन्टरनेसनल स्कुल दोश्रो भयो ।
पुरुषमा रामभक्त मेमोरियल स्कुलका रुकेश मकै तथा महिलामा ल्यान्डमार्ककी मनीषा भारती उत्कृष्ट खेलाडी घोषित भए । दुवैले २ हजार ५ सयका दरले नगद पुरस्कार पाए । सिनामंगलस्थित ल्यान्डमार्ककै प्राङ्गणमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा गुह्ेश्वरीका समिर धिमाल, ३० केजीमा एम्बिएन्स स्कुलका निरज भुजेल, ३५ केजीमा ब्रिजवाटरका उमेश चौधरी, ४० केजीमा ल्यान्डमार्कका विवेक तामाङ, ४५ केजीमा ल्यान्डमार्कका निमा तामाङ तथा ५० केजीमा ल्यान्डमार्कका निरोज श्रेष्ठले स्वर्ण जिते ।
महिलाको ३० केजीमा ल्यान्डमार्ककी जानकी रोकाया, ३५ केजीमा पारिजातकी ममता योञ्जन, ४० केजीमा ब्रिजवाटरकी रोजिना कार्की, ४५ केजीमा ल्यान्डमार्ककी बोरिस राज जनक श्रेष्ठ तथा ५० केजीमा ब्रिजवाटरकी रोनिशा सिंह पहिलो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, काठमाडौं महानगरपालिकाका उप निर्देशक सनतकुमार थापा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थपलिया र कार्यालय प्रमुख लीलाराम बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आयोजक उप डोजोकी प्रमुख सन्जु महर्जनलाई खेल सामाग्री प्रदान गरी उद्घाटन गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता क्योकुसिनका वीरमान लामा, प्रयोजक कोलिन पुरी र शिवशरण शाहीलगायतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा १ सय ३० खेलाडीले ११ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
काठमाण्डौ । उमा कुङफु संघ नेपालको आयोजनामा बुढानीलकण्ठ शाखाको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । गे्रडिङमा भ्याली पब्लिक उमावि, बाल विकास बोर्डिङ स्कुल र भद्रकाली इङलिस मिडियम स्कुलका ९६ पुरुष तथा ८५ महिला गरी जम्मा १ सय ८१ खेलाडी सहभागी थिए ।
एकदिने ग्रेडिङ उमा कुङफु संघका अध्यक्ष एवं ग्रेडिङ संयोजक उद्धव थापा मगरसहित अनिमेशलाल श्रेष्ठ, सन्जितकुमार राई, रमेश महर्जन, सुकमान लामा, विजय तामाङ र रमेश महर्जनले सञ्चालन गरेका थिए ।
समापनका अवसरमा भ्याली पब्लिकका व्यवस्थापक महेश अधिकारी, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठ र भद्रकालीका प्रतिनिधिलाई उमा कुङफुमा आबद्धताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सिनामंगल उप डोजो तथा ल्यान्डमार्क फाउन्डेसन स्कुलको संयुक्त आयोजनामा चौथो विद्यालयस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुँदैछ ।
जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक उपडोजोकी प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् ।
७० पुरुष खेलाडीले ७ तथा ६० महिला खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एकदिने प्रतियोगिताका खेलहरु गैरीगाउँस्थित ल्यान्डमार्क स्कुलमा हुनेछ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।
श्रीभक्त व्याडमिन्टन क्लबका चार टोली तेश्रो शिवभक्त स्मृती कप भक्तपुरव्यापी व्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकाछन् । व्यासी व्याडमिन्टन क्लबद्धारा क्लवको स्थापनादिवसको अवसरमा आयोजित प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न भेट्रान्स जोडीको खेलमा श्रीभक्त व्याडमिन्टन क्लवका शुभाष कमाचार्य र दत्तात्रय दाहालको जोडी युवा उथान समाजका जगदीश्वर कार्की र प्रेम बहादुर थापाको जोर्डीलाई २१–१६, २१–१३ को सेटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरका छन् ।
नेपाली महिला भलिबल टिमले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल
च्याम्पियनसिप लगातार दोश्रो जित हात पादै ६ अंक सहित शिर्ष स्थानमा उक्लियो
। राखेप कभर्डहलमा शनिवार भएकोे दोस्रो खेलमा नेपालले बंगादेशलाई ३–०
को सोझो सेटमा सहज पराजित ग¥यो ।
कान्छी खेलाडी प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा नेपालले बंगलादेशमाथी
२५¬¬¬–११, २५–९ र २५–१० को सहज जित निकाल्यो । खेललाई पुर्ण रुपमा
नियन्त्रणमा राख्दै नेपालले निकै आक्रमक प्रर्दशन गरेको थियो । खेल पछि
प्रतिक्रिया दिदै नेपाली महिला टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले
टोलीको प्रर्दशनबाट आफु सन्तुष्ट रहेको बताए । खेलमा क्रमिक रुपमा सुधार
भईरहेको बताउदै भोली भारत बिरुद्धको खेलमा सुधारिएको प्रर्दशन गर्ने दाबी
गरे ।
यता, बंगलादेशका प्रशिक्षक जाकिर हुसेनले छोटो समयको तयारीका बाबजुत
आफनो टोलीले राम्रो प्रर्दशन गरेको जानकारी दिए । “टोलीको प्रर्दशनबाट
म सन्तुष्ट छु, माल्दिभ्स बिरुद्धको खेल जित्नका लागी खेल्नेछौ ” । उनले भने ।
प्रतियोगिता अन्तरर्गतको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको
थियो भने बंगलादेश श्रीलंकासंग पराजित भएको थियो ।
प्रतियोगिता अन्तरर्गत आज नै भएको पहिलो खेलमा भारतले माल्दिभ्स बिरुद्ध सहज
जित हात पारेको थियो । माल्दिभ्सलाई २५–१८,२५–६ र २५–१५ को सोझो
सेटमा पराजित गर्दै भारतले प्रतियोगितामा बलियो चुनौती पेश ग¥यो ।
भारतका लागी कप्तान जिजी रोजुले उत्कृष्ट प्रर्दशन गरिन् । प्रतियोगिता
अन्तरर्गत भोली पनि दुई खेल हुनेछन् ।
पहिलो खेलमा उपाधिको दाबेदार
टोली श्रृलंकाले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा आयोजक राष्ट्र
नेपालले भारत बिरुद्ध खेल्नेछ । उपाधि भिडन्तका लागी दोस्रो खेल निकै
रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपाल भलिबल संघको आयोजनमा सञ्चालित
प्रतियोगितामा ५ देशको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा
आउदो मंगलबार सम्म चल्ने प्रतियोगितमा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स
र बंगलादेश सहभागी छन्
यस बीच भारतिय भलिबल अध्यक्ष नेपाल आएका छन् । नेपाल भलिबल संघका अध्यक्ष
दानवहादुर तामाङ,उपाध्यक्ष मनोरन्जन शर्मा तथा कोषाध्यक्ष निरोज मास्केले
भारतिय भलिबल संघका अध्यक्ष अवदेशकुमार चौधरी र महासचिव रामअवतर झाखरलाई
अन्तर्राष्ट्रिय एर्यरपोर्टमा स्वागत गरे ।
त्यस्तै माल्दिभ्स भलिबल संघका अध्यक्ष
युनिस पोपोलाजी पनि बेलुका नेपाल आइपुग्ने अध्यक्ष तामाङले बताए । साउथ
एशियन महिला भलिबलको निरन्तरताका बैठक हुने अध्यक्ष तामाङल जनाए । उनीहरु
नेपाल भलिबल संघको लागि निमन्त्रणामा नेपाल आएका हुन् ।
फोटो १ र २ – साग महिला भलिबलमा माल्दिभ्स बिरुद्ध सट प्रहार गदै नेपालकी
प्रतिभा माली ।
फोटो ३ – साग महिला भलिबलमा माल्दिभ्स बिरुद्ध सट प्रहार गदै नेपालकी रमिला तण्डुकार ।
फोटो ४ – नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङ,उपाध्यक्ष मनोरन्जन
शर्मा तथा कोषाध्यक्ष निरोज मास्केले भारतिय भलिबल संघका अध्यक्ष अवदेशकुमार
चौधरी र महासचिव रामअवतर झाखरलाई अन्तर्राष्ट्रिय एर्यरपोर्टमा स्वागत गदै ।
फोटो ५ लोयल्टी स्पोट्र्स मिटमा दिपक बिष्टलाई मायाको चिनोले सम्मान
गदै संस्थाका प्रिन्सिपल ।
काठमाण्डौ । नेपाली लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवं कृतिमानी पर्वतारोही संजय पण्डितलाई आज सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । उनले गत महिना अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को उल्टो हिडेर विश्व कृतिमानको दावेदारी दिएका थिए ।
उनलाई माननीय खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, खेलकुद सचिव दिपेन्द्र नाथ शर्मा तथा सहसचिव चुडामणी पौडेलद्धारा खाँदा सम्मान पत्र तथा रु.३ लाखको चेक हस्तान्तरण गरिएको थियो ।
धावक पण्डितले अल्ट्रा साहसीक दौडको माध्यमबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउण्टेन भनेर चिनिने मनासुलु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको
सर्वोच्च शिखर एलब्रुश, तथा अष्ट्रिेलियाको उच्च शिखर कोजियस्कोको सफल आरोहण सम्पन्न गरिसकेका छन् ।
उनले किलिमान्जारोमा दक्षिण एशियाली तीव्र गतीका धावक आरोहीका रुपमा, युरोपको सर्वोच्च शिखर एलब्रुशमा अर्धनाग्गिएर ६ मिनेट ३ सेकेण्ड अन्तराष्ट्रिय कृतिमान तथा अस्टे«लियाको कोजियस्को शिखरमा उल्टो हिडेर कृतिमान रचिसेका छन् । उनी सातै महादेशका साथै उच्च शिखर आरोहण गर्ने शिलशिलामा रहेका छन् ।
काठमाडौं – भारतको कोलकातामा भएको २३ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १३ स्वर्ण जितेको छ । नेपालले थप ९ रजत र ११ कांस्य पनि हात पा¥यो । निखिल केसी र रमिला नगरकोटीले काता र कुमुतेमा गरी दोहोरो स्वर्ण जिते । कातातर्फ विजय बस्नेत, विशाल गोले, सुस्मिता लामा र प्रदीप थुलुङले स्वर्ण हात पारे । कुमुतेमा सरोज दाहाल, विनोद रोका, सुशान्त मोडक, सिया भण्डारी र निरजकुमार श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाएको नेपाल सोतोकान कराते डो संघकी कोषाध्यक्ष ममिता श्रेष्ठले जनाएकी छन् । कातातर्फ सिया भण्डारी, निरजकुमार श्रेष्ठ, कुसुम तामाङ र लक्ष्मी दुलालले रज
त प्राप्त गरे । निरजकुमार श्रेष्ठ, आसिया भण्डारी र रमिला नगरकोटीले मिक्स टिम कातामा रजत हात पारे । कुमुतेतर्फ विकास तामाङ र रुपा नापितले रजत जिते । कातातर्फ कांस्य जित्नेमा शिव केसी र विकास तामाङ रहे । कुमुतेमा शिव केसी, सुजना तामाङ, विजय क्षेत्री, कुसुम तामाङ, सुशीला मोक्तान, मनोज थापा मगर, विवश निरौला, सुमन डंगाल र विजय घलेले कांस्य प्राप्त गरे । विमललाई रजत भारतको मुम्बईमा जारी छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा नेपालका विमललाल श्रेष्ठले रजत जितेका छन् । उनले पुरुषतर्फ १ सय ७० सेन्टी मिटर उचाइसम्मको स्पर्धामा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।
विमलले प्रतिस्पर्धा गरेको स्पर्धामा ७ खेलाडीले सहभागिता जनाएको बताइएको छ । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।
त प्राप्त गरे । निरजकुमार श्रेष्ठ, आसिया भण्डारी र रमिला नगरकोटीले मिक्स टिम कातामा रजत हात पारे । कुमुतेतर्फ विकास तामाङ र रुपा नापितले रजत जिते । कातातर्फ कांस्य जित्नेमा शिव केसी र विकास तामाङ रहे । कुमुतेमा शिव केसी, सुजना तामाङ, विजय क्षेत्री, कुसुम तामाङ, सुशीला मोक्तान, मनोज थापा मगर, विवश निरौला, सुमन डंगाल र विजय घलेले कांस्य प्राप्त गरे । विमललाई रजत भारतको मुम्बईमा जारी छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा नेपालका विमललाल श्रेष्ठले रजत जितेका छन् । उनले पुरुषतर्फ १ सय ७० सेन्टी मिटर उचाइसम्मको स्पर्धामा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।
विमलले प्रतिस्पर्धा गरेको स्पर्धामा ७ खेलाडीले सहभागिता जनाएको बताइएको छ । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।
काठमाडौ । यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारको काम भनेकै क्रिकेट फोकस एक दिवसीय मान्यता दिलाउनु भएकोले अब सबै गतिविधि त्यसैमा केन्द्रीत गर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले नेपाली क्रिकेटलाई अझै बलियो बनाउन पाकिस्तान, श्रीलंका र माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलाउने र नेपालमै अन्तर्राष्ट्रियस्तरको टि–२० प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको बताए । मन्त्री पौडेलले बंगलादेशको राष्ट्रिय टोली र नेपाली राष्ट्रिय टोलीवीच मैत्रिपूर्ण खेल आयोजना गर्ने अन्तिम तयारी भईरहेको जानकारी समेत दिए ।




