घृणित अपराध हो, पिडा बोध भयो -डीआईजी
काभ्रे । पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् ।
काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् । गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए । उनीहरु भाग्दै पनौती बसपार्क पुगे ।
सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए ।
बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए एक प्रहरी अधिकारीले भने तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् । भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।
काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।
सुत्केरी हुने समयमा गर्भवती महिलालाई धेरै पीडा हुन्छ । त्यो पीडा संसारका कुनै पनि मानिसमा हुँदैन् । त्यो पीडा कम गराउन महिलाहरु अस्पताल जाने गर्छन् । तर, बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलाले डाक्टरसँगै यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको अस्पताललले जनाएको छ । अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ ।
उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन । चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् । करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ । एजेन्सी ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको अस्पताललले जनाएको छ । अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ ।
उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन । चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् । करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ । एजेन्सी ।
काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। ‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे।
एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौन जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई। हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन।
सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘सेक्सरसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,’ एकजना बोले।
अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए।
त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई। ‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्।
यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो।
अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, ‘उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्।
त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि,’ मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्यो कि ‘बाआमाले मार्छन्’ भन्दै तर्किन्छन्।
त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। ‘उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,’ उनले भने, ‘गजबको उपाय फुर्यो त्यसपछि।’ अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो।
महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्। सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ। सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्।
अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन’ पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,’ डिएसपी सिंह भन्छन्।
हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि।’ उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। ‘रिझाउन र भिजाउन’ सके प्रहरी ‘लाइनमा आउने’ व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।’
‘आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?’ डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्।
भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए। -दैनिक नेपाल
मुम्बइ । मुम्बइको एक रेष्टुरेन्टमा आमिरको साथमा उनकी पहिली श्रीमती रिना दत्त संगै देखिएकाछन् । सन् १९८६ मा बैबाहिक जीबनमा बाधिएका आमिर र रिनाले १५ बर्ष लामो बैबाहिक सम्बन्ध तोडेका थिए ।
रिनाले छोडेपछि एक्लीएका अमीरलाई साथ दिइन् किरण रावले ।
रिनाले छोडेपछि एक्लीएका अमीरलाई साथ दिइन् किरण रावले ।
अक्सर सेलेब्रेटीहरु आफ्नो प्रेम सम्बन्धलाई लुकाउने प्रयास गर्छन । आफ्नो प्रोफेसनल लाइफलाई निजी प्रसंगले नकरात्मक असर पुग्ने सोच सेलेब्रेटीको हुने गर्छ । कतिपयले त आफ्नो फ्यान घट्ने कारण पनि कसैसँगको सम्बन्ध गोप्य राख्छन । तर काँचको पर्दामा स्थापित हुने धुनमा रहेको नायिका तथा मोडल सपना लामिछानेले भने कुरा लुकाइनन् ।
एक बर्षअघि सम्म सिंगल छु भन्दै हिड्ने गरेकी सपनालाई नमस्तेफिल्मीले फेरी प्रश्न गर्यो ‘कति भयो लभ परेको’?‘त्यहि एक बर्ष हुन लाग्यो’उनले भनिन ।
‘को हो नि ब्वाइफ्रेन्ड’ ? प्रश्न सुन्नेबित्तिकै उनी बोल्न थालिन बिनोद ढुङगेल । कोटेश्वर बस्नुहुन्छ । बिजनेस गर्नुहुन्छ ।
सपनाले केहि नमानी सरर बताएपछि , ‘बिहे चाँहि कहिले गर्ने त । अब छिट्टै, धेरै कुर्न सक्दैनौ ।
उनको जवाफ आयो । आफुहरुमा एकदमै बिश्वास र केयरिङ भएको पनि उनले बताइन । @नमस्तेफिल्मी
काठमाडौं । आफ्नो आगामी होम प्रोडक्सन फिल्म ‘रामप्यारी’मा अभिनेत्री रेखा थापाले आफ्नी दिदीका छोरालाई डेब्यू गराउने भएकी छन्। उनले आफ्नी जेठी दिदी पारू अधिकारीका छोरा आभाष अधिकारीलाई ‘हिरो’का रुपमा डेब्यू गराउन लागेकी हुन्।
‘रामप्यारी’मा डेब्यू गर्नका लागि २१ वर्षीय आभाषले वरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग अभिनय प्रशीक्षण लिएका छन् भने नृत्य प्रशीक्षण पनि लिइरहेका छन्। नयाँ नयाँ हिरोहरुलाई ‘चान्स’ दिइरहेको बताउँदै आइरहेकी रेखाले यसपाली भने घर भित्रैको सदस्यलाई ‘चान्स’ दिएकी हुन्।
फिल्ममा आभाषले यसै वर्ष ‘आभाष’ फिल्मबाट डेब्यू गरेकी आश्मा डिसीसँग डेब्यू गर्ने बताइएको छ।
फिल्ममा ‘आभाष’ एक विदेश जान उद्धत वेरोजगार युवाको भूमिकामा हुनेछन। उनी फिल्मका एक्ला पुरुष लिड कलाकार हुन्।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने ‘रामप्यारी’को वैशाख १ गतेदेखि फ्लोरमा जानेछ। ‘रामप्यारी’मा रेखा महिला टेम्पो ड्राईभरको भुमिकामा अभिनय गर्दैछिन्। रेखाको अपोजिट कुनै अभिनेता हुने छैनन्।
काठमाडौं । एक सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठले कलिलै उमेरमा धर्ती छाड्नुपर्यो । आफैँले चलचित्र क्षेत्रमा ल्याएकी अभिनेत्री स्वेता खड्कासँग विवाह गरेको महिना दिन पनि नबित्दै श्रीकृष्णले स्वेतालाई सधैँका लागि छाडेर गए । झन्डै पाँच वर्षको प्रेम सम्बन्धपछि श्री–स्वेताको विवाह भएको थियो । हो, श्रीकृष्ण बिरामी थिए । तर, एकअकार्को साथ र मायाले रोग निको हुने दुवैलाई विशेष गरी स्वेतालाई विश्वास थियो । भनिन्छ, सोचेँजस्तो हुन्न जीवन । विवाहको पाँच हप्ता पनि नबित्दै वियोग दर्दनाक व्यथा स्वेताको छातीमा पर्यो । श्रीलाई गुमाएपछि स्वेता झन्डै पाँच महिनाजति बेहोसजस्तै ओछ्यानमा सीमित हुन पुगिन् । उनै स्वेतासँग गरिएको कुराकानी ।
० अहिले कस्तो छ ?
– अहिले त मलाई त्यति राम्रो छैन । अहिले मलाई ब्याक पेनले पीडा दिइरहेको छ । रेस्टमा छु ।
० कति महिना भयो, यो पीडा सहनुपरेको ?
– म चार–पाँच महिना त बेडमै भएछुँ । होसमा थिइनँ । लामो समय बेडमा रेस्ट गर्दा पछाडि नसामा समस्या देखियो । अलि धेरै दुखेर पिडा सहनु परेको दुई महिना भयो ।
० नवविवाहितको सपना हुन्छ नै । विवाह गर्दा तिम्रो सपना के थियो ?
– मैले त बेस्ट फ्रेन्ड र जीवनमा सँगै काम गरेको सहयात्रीसँग विवाह गर्दै थिएँ । सबै कुरा अगाडि नै थियो । सपना देखेर, मिहिनेत गरे बनाउनुपर्ने अवस्था थिएन । हरेक केटीमान्छेको विवाहपछिको सपना हुन्छ नै । मेरोभन्दा बढी मेरो परिवारको सपना थियो होला । पारिवारिक माहोल, श्रीमानको माया, बच्चा यी सबै सपना थिए होला ।
हामी दुवै चलचित्र क्षेत्रमा थियौँ । चलचित्र क्षेत्रमा राम्रो गर्ने, राम्रा चलचित्र बनाउने— सपना धेरै थिए ।
० त्यो सपना चकनाचुर भयो ?
– सोचेकै थिइनँ । सबै कुरा कोइन्सिडेन्ट भयो । चकनाचुर भयो । के भयो, मलाई जवाफै थाह छैन ।
० बिहे भएको सुरुदेखि नै त्यो पीडा खप्नुपर्यो कि पछि आइलाग्यो ?
– विवाह हुनु एक हप्ताअघि नै उहाँलाई सन्चो थिएन । एक महिनादेखि नै उहाँलाई ड्राइ कफले सताइरहेको थियो । चेकअप गर्न पनि गइरहेकै थियौँ । बिहे भएपछि त एकले अर्कालाई टेककियर गर्छौैं, राम्रो हुन्छ भन्ने हिसाबले पनि हामी विवाह गर्ने निर्णयमा पुगेका थियौँ, हामी दुवैको परिवार पनि । बिहे गर्नु एक हप्ता अघिदेखि उहाँलाई अलि गाह्रो भइरहेको थियो । बिहे गरेपछि मैले उहाँलाई हेल्थी रुपमा पाइनँ । विवाह गर्नुभन्दा अघिदेखि नै उहाँलाई समस्या थियो । बिहे गरेपछि हामी दुई दिन मात्र घरमा सँगै बस्यौँ होला । त्यसपछि हामीले सबै दिन हस्पिटलमा बितायौँ ।
० यत्तिका महिना बितिसक्यो, पीडा मान्छेको जीवनमा धेरै हुन्छन्, यस्तो पीडा बिरलै पर्छ । अब यो जीवनलाई कसरी अगाडि बढाउँछु भन्ने सोच छ ?
– चलचित्र क्षेत्रमा आउनुअघि साधारण थिए । यस क्षेत्रमा आएपछि राम्रो साथी र बिजिनेस पार्टनरको रुपमा मैले उहाँलाई पाएकी थिएँ । एउटा साथीले पनि जीवनमा धेरै फरक पर्छ भन्ने हामी एक्ज्याम्पल थियौँ । अहिले त्यो सबै नहुँदा मैले सोच्नै सकिरहेकी छैन कि जीवनले अब कुन मोड लिन्छ । परिवारको लागि के गर्छु, केही सोचेकी छैन ।
० मानिसका जीवनमा धेरै ठूला पीडा आएको हामीले देखेका छौँ, भोगेका छौँ । पीडालाई साहस वा पुण्यमा परिणत गरेर जीवनसँग लड्दै अगाडि बढेको पनि देखेका छौँ । तिमीलाई त्यस्तो केही गर्यौँ भन्ने सोच आउँदैन ? कसरी अगाडि बढौँ भन्ने लाग्छ अब ?
– प्रत्येकपटक कोसिस गरिरहेकै हो । हरेक ठाउँमा म उठ्छु केही गर्छु, अझै पनि धेरै गर्न बाँकी छ, धेरै हिम्मत गरेकी थिएँ । तर, म आफैँले पनि औषधिको सहारा लिनुपर्यो । रोगले राम्रोसँग हिँड्न सक्ने भएकी छैन । तर पनि पीडा मलाई परेको छ । एउटै कुरा भगवान् त मैले आजसम्म देखेकी छैन । यदि भगवान् छ भने, यतिसम्म सहनै नसक्ने पीडा कसैलाई नदेओस् । मैले अब बाँकी काम गरेँ भने पनि दुःखीहरुलाई… अफकोर्स मेरो मन दुःखमा परेको छ । मेरो मन दुःखमै जान्छ जस्तो लाग्छ । धेरै कुराहरु आफूले दुःख पाको भएर पनि होला, मन अलि कमजोर दुःखीहरुप्रति, सेवाप्रति नै जाँदो रैछ ।
० जीवनलाई दीनहीन र दुःखीहरुको सेवामा समर्पित गर्यौँ र आफ्नो घाउमा मलम लाग्छ भन्ने सोच हो ?
– म पहिल्यैदेखि अरुको दुःख हेर्न सक्दिनँथेँ । परिवार छरछिमेकमा कसैलाई दुःख परेको आफैँलाई परेको फिल हुन्थ्यो । आज मलाई जुन दुःख परिरहेको छ, यसलाई मैले कसरी सही रहेकी छु, कसरी कन्ट्रोल भइराछ मलाई थाह छैन ।
० मानिसको जन्म एकचोटि हुन्छ र मृत्यु पनि एकचोटि हुन्छ । यो जीवन फेरि पाउँ भनेर पाइँदैन । कुनै हिम्मत र साहसले पीडालाई छोपेर बाँकी जीवनलाई अगाडि बढाउने सोच राख्न सक्छ्यौ त अब ?
– पहिला त मैले मेरो जिन्दगीलाई माया मारिसकेकी थिएँ । आफ्नो हरेक कुरा अरुले गरिदिनुपथ्र्यो । अरुको सहारामा बसेँ । दुई महिना भयो आफूलाई अलि सम्हालेकी छु । टाइममा औषधि खान सकेकी छु । केही त गर्छु, अझै पनि मसँग हिम्मत छ । अझै पनि केही गर्छु भन्ने भित्र मनदेखि आइराछ । अझै मलाई टाइम लाग्छ । कुनै न कुनै रुपमा पूर्ण रुपमा ठीक हुन्छु । ठीक भएपछि पक्कै पनि मैले केही राम्रो गर्छु । म स्वेता खड्का भनेर चिनिएकै चलचित्र क्षेत्र, यो चलचित्र क्षेत्रमा जति उहाँहरुले नाम दिनुभाथ्यो, मैले पनि मिहिनेत गरेँ हुँला, त्यो मिहिनेतलाई तपाईंहरुले माया गर्नुभाथ्यो, मेरो श्रीमानको मेरो क्रियसनलाई सप्पैले रुचाइदिनुभाथ्यो । अफकोर्स, मैले गरेँ भने यस्तै सोसियल मुभी जुन घटनामा, जुन दुःखमा पहिले पनि गरेकी थिएँ । अझै पनि भयो भने गर्न सक्छु ।
० पहिले र अहिले समाजले तिमीलाई हेर्ने दृष्टिकोणमा केही अन्तर छ ?
– धेरैजनाको घटना देखेकी छु मेरो भेनाजु पनि । मेरो दिदी पनि मेरै उमेरमा यस्तो भएको थियो । गाउँतिर यस्ता प्रोब्लेमहरु हामीले फिल्महरुमा पनि हेरेको हो । तर, मलाईचाहिँ कुनै पनि कुरामा कसैले पनि त्यो कम्प्रोमाइज, त्यो पीडाहरु सहनुपरेको छैन, सबैले त्यत्तिकै माया गर्नुहुन्छ । अहिलेसम्म माया पाइरहेकी छु । भोलि के हुन्छ मलाई थाह छैन । विवाहित भएपछि, श्रीमान्ले छोडेपछि जुन हेपिने चलनहरु हुन्छ भन्छन् तर मैले त्यो फेस गर्नुपरेको छैन ।
० यसमा कसको दोष जस्तो लाग्छ ?
– सायद मलाई अलि ढिला परेको भए, मैले धेरै कुरा अनुभव गर्न पाएको भए थाह हुन्थ्यो । अझै पनि मैले कसलाई दोष दिने ? उपचार भयो, डाक्टरलाई दोष दिन पनि सक्दिनँ । उपचार गलत गरिदियो कि जस्तो लाग्थ्यो पहिला चाहिँ । अहिलेचाहिँ फेरि भाग्यको दोष, मैले भाग्य नै त्यस्तै ल्याको रैछु । र, भगवानले धोका दियो, त्यति नै भन्न चाहन्छु ।
० भाग्यबाहेक नि भगवान्प्रति विश्वास लाग्छ ?
– विश्वास त धेरै लाग्थ्यो । अहिले पनि लाग्छ । तर जुन घटना मलाई पर्यो नि, त्यसपछि मलाई भगवान् छ जस्तो लाग्दैन, भगवान् त हामीले मानेको मात्रै हो । भगवान् छैन जस्तो लाग्छ, किनभने, उहाँको ट्रिटमेन्ट चल्दा म दिनरात फास्टिङ बस्थेँ । ब्रत बस्थेँ । धेरै भगवान् पुकार्थे । बच्चादेखि ब्रत बस्थेँ । सायद घरमा सबैभन्दा बढी भगवान मान्ने म नै थिएँ होला । भगवान्ले हेर्छन्, भगवान्ले माया गर्छन् भन्ने सुनेकी थिएँ । भगवान्ले ब्लेस अहिलेसम्म दिइराख्नु भइराथ्यो र राम्रो भइराथ्यो जिन्दगी । तर, यो सहनै नसक्ने पीडा पर्यो नि, अहिलेचाहिँ मलाई भगवान् छैन जस्तो फिलिङ हुन थालेको छ ।
० तिम्रो भोगाइमा जीवन भनेको के रहेछ त ?
– मैले जीवनलाई राम्रो फूलको रुपमा लिएकी थिएँ । फूलजस्तै थियो मेरो जिन्दगी । मैले संघर्ष धेरै गरेको थिएँ पहिला पनि । संघर्ष हो भन्दा पनि बाँच्नु नै जिन्दगी रैछ । बाँच्नुपर्ने समय रैछ जिन्दगी । सप्पै कुरा समयले नै गरेको हो । हामीले समयलाई चिन्न सकेनौँ । समयमै बिहे गरेको भए हुन्थ्यो होला भन्ने पछुतो पनि लाग्छ ।
-
टेलिभिजनबाट प्रसारण हुँदै आएका दुई चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘‘भद्रगोल’ बन्द भएका छन्। यी श्रृखंलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यी कार्यक्रमको प्रसारण बन्द भएको हो। यसै प्रकरणका कारण वल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन्।
यसै काण्ड संलग्न भएको देखिएकाले नेपाल टेलिभिजन व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट पन्ध्र दिनका लागि निलम्बन परेका छन्।
महाशाखा प्रवन्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वल्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै फर्स्यौट हुन सकेको छैन।
गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हाँस्य व्यङ्ग्य कार्यक्रमको ठेक्का आफ्नो भागमा पारेको वल्ड भिजनले पछि कम रकम पर्ने जिरे खुर्सानी र भद्रगोल आफूसँग राखेर ‘तितो सत्य’ र ‘मेरी बास्सै’ मिडिया हबलाई बेचेको थियो।
त्यसै गरी वल्ड भिजनले नै चलाइरहेको फिल्म सम्बन्धी कार्यक्रममा पनि रोकिएको छ। ‘जिरे खुर्सानी’ नेपाल टेलिभिजनमा लामो समयदेखि प्रशारण हुँदै आएको छ भने ‘भद्रगोल’ पछिल्लो समय चर्चामा रहेको छ। यी कार्यक्रम नियमित प्रसारण कहिलेदेखि हुन्छ भन्नेमा केही टुगों लागेको छैन। ‘जिरे खुर्सानी’ टोली हाल नेपाल बाहिर रहेको छ।
-
काठमाडौँ : कलेजी रङ्गको कोटसँगै म्याचिङ टोपीमा सजिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ‘क्याप्टेन कूल’ पारस खड्का बुधबार होटल साङ्ग्रिलामा बेग्लै इनिङ्ग्समा व्यस्त थिए । लामो समयदेखिको प्रेम प्रसङ्गलाई टुङ्गोमा पुर्याउँदै बिहीबार उनले आफ्नो बुद्धनगरस्थित निवासमा प्राप्ति राज्यलक्ष्मी राणालाई भित्र्याउँदैछन्। बुधबार स्वयंवर थियो ।दुबो अनि रातो गुलाबको मालामा सजिएर स्वयंवरका लागि साङ्ग्रिला पुगेका पारस रोयल लुक्समा देखिन्थे । घ्यु रङ्गको लबेदा सुरुवालमा ठाँट्टिएर हिँडेका पारस कालो चश्मा र लेसवाला लेदर ब्ल्याक सुजमा निकै ह्यान्डसम देखिएका थिए । दाहिने हातको साहिँली औँलामा इन्गेजमेन्ट रिङ र कानमा हीराको टप लगाएका पारस रेखीमात्रै देखिने हल्का जुङ्गामा थिए।
काठमाण्डौ ।नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका दुई चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘‘भद्रगोल’ बन्द भएका छन्। यी श्रृखंलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यी कार्यक्रमको प्रसारण बन्द भएको हो। यसै प्रकरणका कारण वल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनामा छन्।
यसै काण्ड संलग्न भएको देखिएकाले नेपाल टेलिभिजन व्यापार महाशाखा प्रवन्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ नेपाल टेलिभिजनबाट पन्ध्र दिनका लागि निलम्बन परेका छन्। महाशाखा प्रवन्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वल्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै फर्स्यौट हुन सकेको छैन।
गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हाँस्य व्यङ्ग्य कार्यक्रमको ठेक्का आफ्नो भागमा पारेको वल्ड भिजनले पछि कम रकम पर्ने जिरे खुर्सानी र भद्रगोल आफूसँग राखेर ‘तितो सत्य’ र ‘मेरी बास्सै’ मिडिया हबलाई बेचेको थियो।
त्यसै गरी वल्ड भिजनले नै चलाइरहेको फिल्म सम्बन्धी कार्यक्रममा पनि रोकिएको छ। ‘
जिरे खुर्सानी’ नेपाल टेलिभिजनमा लामो समयदेखि प्रशारण हुँदै आएको छ भने ‘भद्रगोल’ पछिल्लो समय चर्चामा रहेको छ। यी कार्यक्रम नियमित प्रसारण कहिलेदेखि हुन्छ भन्नेमा केही टुगों लागेको छैन। ‘जिरे खुर्सानी’ टोली हाल नेपाल बाहिर रहेको छ।
सनी लियोनका प्रशंसकहरु अहिले निकै खुसी छन् । किनभने उनी आगामी कयौ चलचित्रमा देखा पर्दैछिन् । उनका प्रशंसकहरु ‘एक पहेली लीला’ को प्रतिक्षामा छन् । किनभने चलचित्रको ट्रेलरले नै उत्सुकता बढाएको छ। सनी लियोनको यो चलचित्रमा कयौ अवतार छ ।
उनको कुन अवतार बढी सेक्सी हुनेछ त्यो निर्णय गर्न सहज हुने छैन । पिंक कलर सनी लियोनको मन पर्ने कलर हो । यो चलचित्रमा उनी पिंक कलरकै बिकिनीमा देखिने छिन् । चलचित्रमा निर्देशक बबी खानले जब बिकिनी अवतार सुट गर्ने विषयमा छलफल गरे तब सनी लियोनले एउटा सर्त राखेकी थिइन् । धेरैजसो अभिनेत्री बिकिनीको नाम सन्दै तर्सने गर्दछन् ।
तर सनी लियोनले बिकिनी लगाउन कुनै हिच्किचाहट मानिन् । बरु उनले भनिन्–म आफ्नो पर्सनल बिकिनी लगाउँछु किनकी म त्यसमा आरामदायक महशुस गर्छु । निर्देशकलाई पनि यसमा कुनै आपत्ति हुने कुरै भएन । त्यसैले उनी चलचित्रमा आफ्नै मनपर्ने बिकिनीमा प्रस्तुत हुने छिन् ।
उनको कुन अवतार बढी सेक्सी हुनेछ त्यो निर्णय गर्न सहज हुने छैन । पिंक कलर सनी लियोनको मन पर्ने कलर हो । यो चलचित्रमा उनी पिंक कलरकै बिकिनीमा देखिने छिन् । चलचित्रमा निर्देशक बबी खानले जब बिकिनी अवतार सुट गर्ने विषयमा छलफल गरे तब सनी लियोनले एउटा सर्त राखेकी थिइन् । धेरैजसो अभिनेत्री बिकिनीको नाम सन्दै तर्सने गर्दछन् ।
तर सनी लियोनले बिकिनी लगाउन कुनै हिच्किचाहट मानिन् । बरु उनले भनिन्–म आफ्नो पर्सनल बिकिनी लगाउँछु किनकी म त्यसमा आरामदायक महशुस गर्छु । निर्देशकलाई पनि यसमा कुनै आपत्ति हुने कुरै भएन । त्यसैले उनी चलचित्रमा आफ्नै मनपर्ने बिकिनीमा प्रस्तुत हुने छिन् ।
अभिनेत्री श्वेता खड्काले सार्वजनिक जीवनमा फर्किने उद्घोष गरेकी छिन् । लामो समयदेखि स्व अभिनेता तथा पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा विताएकी श्वेताले आगामी दिनमा पनि स्व श्रेष्ठको स्मृतिमा विभिन्न काम गर्ने जनाएकी छिन् ।
बिहिबार श्वताले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफू अमेरिका र मलेसिया जान लागेको जानकारी गराउँदै केही तस्विर समेत प्रकाशित गरेकी छिन् ।
स्टाटसमा अभिनेत्री खड्काले माफी माग्दै भनेकी छिन् लामो समय म आफ्नै शारिरीक अवस्थाका कारण माया गर्नेहरुको कार्यक्रमहरुमा मेरो उपस्थित जनाउन नभ्याएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने जनाएकी छिन् ।
एजेन्सी । बलिउडकी कन्ट्रोभर्सी क्वीन शर्लिन चोपडाको जन्म ११ फेब्रअरी १९८४ मा हैदरावादमा भएको हो ।
शर्लिनले सन् २००२ मा तेलुगु चलचित्र ‘वेंदी मबुलू’का साथ आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् ।
उनी बलिउड फिल्म ‘टाइम पास’, ‘रेड स्वस्तिक’, ‘दिल बोले हडिप्पा’, ‘दोस्ती’, ‘रकीब’, ‘इटस माई लाइफ’ र ‘गेम’ जस्ता चलचित्रमा देखा परिसकेकी छन्।
उनले १५ वर्षकै उमेरमा आफ्नो मेकओभर गराइन् । उनी निकै बोल्ड र सेक्सी अन्दाजमा फोटोसूट गराउने नायिकाका रुपमा परिचित छिन् । शर्लिन पहिलो भारतीय महिला हुन् जसले चर्चित प्लेब्वाय म्यागजिनका लागि न्युड फोटोसूट गराएकी थिइन् ।
सन् २०१३ मा उनको म्युजिक एल्बम ‘ब्याड गर्ल’ पनि रिलिज भएको थियो । उनी अन्य राम्रा कामबाट नभए पनि बोल्ड फोटोसूट गराएर ट्वीटरमा पोस्ट गरेकी कारण सधैं चर्चामा रहने गर्दछिन् ।
उनले १५ वर्षकै उमेरमा आफ्नो मेकओभर गराइन् । उनी निकै बोल्ड र सेक्सी अन्दाजमा फोटोसूट गराउने नायिकाका रुपमा परिचित छिन् । शर्लिन पहिलो भारतीय महिला हुन् जसले चर्चित प्लेब्वाय म्यागजिनका लागि न्युड फोटोसूट गराएकी थिइन् ।
सन् २०१३ मा उनको म्युजिक एल्बम ‘ब्याड गर्ल’ पनि रिलिज भएको थियो । उनी अन्य राम्रा कामबाट नभए पनि बोल्ड फोटोसूट गराएर ट्वीटरमा पोस्ट गरेकी कारण सधैं चर्चामा रहने गर्दछिन् ।
घनश्याम पराजुली, दोहा - प्रवासी नेपाली सांगितीक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त आयोजनामा कतारमा आयोजित प्रवासी नेपाली सिङगिङ आईडलको चौथो राउण्डबाट गायन क्षेत्रका २० जना प्रतिस्पर्धी मध्ये टपटेन छनोट भएको छ ।
चौथो राउण्डबाट टपटेनका लागी सुभराज राई, रेशम गुरुङ्ग, ललित कुमार लिम्बु, अर्जुन खरेल, मधु लामा, अमृत कुरुवाङ्ग, राम कुमार राई, शेर बहादुर लिम्बु, कविन गुरुङ्ग र ज्योती गुरुङ्ग छनोटमा परेका छन । चौथो राउण्डबाट १० जनाले भने बिदा लिईसके । टपटेनमा पर्न सफल १० जनालाई फाईनलमा भिड्ने चुनौती थपियो भने कार्यक्रमबाट बाहिरिएका १० जना पनी आगामी दिनमा मेहनत गर्ने भन्दै र्फकिए । प्रतियोगिताको निर्णायक मण्डलमा देबिका केसी, सन्तोष परियार र दिनेश लिम्बु रहेका छन भने परिवेक्षकको रुपमा राकेश चाम्लिङ्ग, देवराज न्यौपाने र शिव गौतम रहेका थिए ।
समाज सेवा अभियान रुपन्देहीका कार्यवाहक अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिप प्रज्वलन, राष्ट्रिय गान र शहिदहरुलाई सम्झदै मौन धारण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । पश्चिम कोही पुर्व घर आगन तर एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो बोलको गितमा किरण लामा , सोम तामाङ्ग, कान्छा तामाङ्ग, ईशा घतानी र दिपा थापाले स्वागत नृत्य प्रस्तुत गरे । सल्लवा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा सम्पन्न सेमिफाईन राउण्डमा सुवराज राईले झस्केर दुख्छ यो मुटु मेरो उसैको याद बोलको गित गाए ।
कार्यक्रममा प्रतिस्पर्धीहरु रेशम गुरुङ्गले सालैजो मार्फत जता हेरे पनी गाउँरघर, ललीत कुमार लिम्बुले उ जितेर गई या हारेर गई जित आफै तिर पारेर गई बोलको गित गाए । अर्जुन खरेलले धेरैलाई वाड्दा नपुग्ला माया मलाई घटाए हुन्छ गाए । रविन शिवाको आधुनिक गित ए तुलसी आगनमा रोपौला, केशव तामाङ्गको म तिमीलाई माया गर्छु लाखौ जन्म जन्म, विजय भण्डारीको मैले त्यही भएर मन पराएको, छवी राजकोटीले आफै माया जोड्यौ बैरी आफै तड्पायौ गाए ।
त्यस्तै अर्का प्रतिस्पर्धी सुमन मगरले पुर्णिमाको चन्द्रमालाई बादल लाग्न थाल्यो, ज्योती गुरुङ्गको काचो सुरती, मधु लामाले जाहाँ छन बुद्धका आखाँ, अमृत गुरुवाङ्गले पुर्णिमाको चन्द्रलाई बादलु लाग्न थाल्यो, सरुक सुन्दासको पानीको थोपा जस्तै छुट्यो हाम्रो माया, रामकुमार राईले तिमी आउने बाटोमा फुल रोपी दिएँ गाएर आफ्नो प्रस्तुती देखाए ।
त्यस्तै दामोदर न्यौपानेले बाच्ने आशामा तिम्ले माया देखायौ, शेर बहादुर लिम्बुले मेरो बारे उन्ले सोधे मोर्यो भन्दिनु, प्रविन गुरुङ्गले घरको याद आयो, दिलकुमार बिकले भकारीमा धान छ, सुपेन्द्र राईले काटीरहो कुरा धसीरहो छुरा हाम्रो माया सुपरहिट दर्शन नमस्ते र पिन्की थापाले डाली डालीमा फुली रहु लाग्छ अनी दिलको बारीमा गाएर प्रतिस्पर्धामा सामेल भए ।
कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलामले कतारमा नेपाली पहिचान बनिसकेको बताए । हामी कतारमा जातले हैन नेपाली भनेर चिनिएका छौ भन्दै नेताहरुलाई गाली गर्नु भन्दा प्रवासबाट समाज सुधारक काम गर्नु पर्ने बताए । विशष अतिथी गैर आवासिय नेपाली संघका पुर्व उपाध्यक्ष सागर नेपालले कतार सानो नेपाल जस्तो मात्र हो, यहाँ नेपाली सँस्कृतीले प्रगती गरिरहेको छ ।
कार्यक्रमले ४ लाख कतारमा कार्यरत नेपालीहरुका प्रतिनिधीको रुपमा नयाँ प्रतिभाको खोजी गरिरहेको बताउदै यस यात्रालाई निरन्तर दिनुपर्ने बताए । उनले भने समाजमा तपाईले सम्मान गर्ने व्यक्तिहरुले समाज प्रती कत्तिको दायित्व निभाएका छन बुझेर अघाडी बढ्नु पर्ने बेला आएको छ ।
त्यस्तै प्रवासी नेपाली सांगितीक परिवार कतारका संरक्षक शिवराज गौतमले कतारमा नेपाली समाजसेवीहरु समाजको नाममा राजनिती गरिरहेका छन तिनीहरुको छिट्टै खुलासा गर्ने बताउदै आशन ग्रहण र भाषणमुखी समाज बन्दै गएकोमा आक्रोश पोखे । नेपाली सँस्कृतीको जर्गेना गर्न आयोजना गरिएको कार्यक्रममा निमन्त्रण दिईएता पनी समाजसेवीहरुको न्यून उपस्थिती भएकोमा उनले दुःख प्रकट गरे ।
कार्यक्रममा अतिथीहरु कार्यक्रमका संयोजक शक्ति क्षेत्री, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, जनप्रगतीशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, प्रवासी नेपाली मञ्च कतारका निर्वतमान अध्यक्ष दिलकिरण खजुम र उपाध्यक्ष चानक पोख्रेल, समाजसेवी ईश्वर काफ्ले, प्रकाश गुरुङ्ग, पुनम दाहाल, क्रान्ति सिं, आईएमी कतारका प्रमुख जितेन्द्र पाण्डे, चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्की लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतका उल्लेख्य मात्रामा नेपाली दर्शकहरुको उपस्थिती रहेको थियो ।
गौरव पोखरेल, झापा । नेपालका चर्चित हास्यकलाकार मनोज गजुरेललाई गृह जिल्ला झापामा नागरिक सम्मान गरिएको छ । सुरुङ्गा जेसिजको ६ औं पदस्थापन समारोहका अवसरमा नेपाली हास्यसाहित्य तथा रङ्गमञ्चका क्षेत्रमा विशिष्ट योगदान
पुर्याएको भन्दै झापा धरमपुर निवासी ४१ वर्षिय उनलाई सुरुङ्गा जेसिजद्वारा उत्कृष्ट नागरिक सम्मान गरिएको हो ।
कार्यक्रमको अवसरमा यस क्षेत्रका विभिन्न डेढ दर्जन बढी संघसंस्थाहरुले सम्मान पत्रसहित अभिनन्दन गरेका छन् । यसरी अभिनन्दन गर्ने संघसंस्थाहरुमा क्रमशः ज्ञान ज्योति युवा क्लब, सुरुङ्गा सहकार्य युवा क्लब, कनकाई सामुदायिक वन उपभोक्ता
समुह, सतासीधाम जेसिज, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुह, पृथ्वी बचत तथा ऋण सहकारी संस्था, सिंहदेवी निमावी, झापा मेरिगोल्ड अंग्रेजी स्कुल, प्यारागन एकाडेमी, पशुपति अमावि, सगरमाथा साउण्ड सर्भिस लगायत रहेका छन् ।
गजुरेललाई नेपालका पूर्व गभरनर भेखबहादुर थापा, झापा क्षेत्र नं. ४ का सभासद प्रेम गिरीलगायतले सम्मान गरेका थिए । सोही अवसरमा सुरुङ्गा जेसिजका वर्ष २०१४ का अध्यक्ष शिव कडेँलले २०१५ का अध्यक्ष त्रिलोचन चिमरियालाई पदहस्तान्तरण गरेका थिए ।
नेपालका चर्चित हास्यकलाकार मनोज गजुरेललाई गृह जिल्ला झापामा नागरिक सम्मान गरिएको छ । सुरुङ्गा जेसिजको ६ औं पदस्थापन समारोहका अवसरमा नेपाली हास्यसाहित्य तथा रङ्गमञ्चका क्षेत्रमा विशिष्ट योगदान
पुर्याएको भन्दै झापा धरमपुर निवासी ४१ वर्षिय उनलाई सुरुङ्गा जेसिजद्वारा उत्कृष्ट नागरिक सम्मान गरिएको हो ।
कार्यक्रमको अवसरमा यस क्षेत्रका विभिन्न डेढ दर्जन बढी संघसंस्थाहरुले सम्मान पत्रसहित अभिनन्दन गरेका छन् । यसरी अभिनन्दन गर्ने संघसंस्थाहरुमा क्रमशः ज्ञान ज्योति युवा क्लब, सुरुङ्गा सहकार्य युवा क्लब, कनकाई सामुदायिक वन उपभोक्ता
समुह, सतासीधाम जेसिज, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुह, पृथ्वी बचत तथा ऋण सहकारी संस्था, सिंहदेवी निमावी, झापा मेरिगोल्ड अंग्रेजी स्कुल, प्यारागन एकाडेमी, पशुपति अमावि, सगरमाथा साउण्ड सर्भिस लगायत रहेका छन् ।
गजुरेललाई नेपालका पूर्व गभरनर भेखबहादुर थापा, झापा क्षेत्र नं. ४ का सभासद प्रेम गिरीलगायतले सम्मान गरेका थिए । सोही अवसरमा सुरुङ्गा जेसिजका वर्ष २०१४ का अध्यक्ष शिव कडेँलले २०१५ का अध्यक्ष त्रिलोचन चिमरियालाई पदहस्तान्तरण गरेका थिए ।
-
खिमलाल, दुबई - आफ्नो जन्म भुमि छोडेर प्रदेशमा पलायन भएका लोक पारखीहरु अहिले आफ्नो मन भित्र गुन्जियाका पिडा बेदना गीत संगीत मार्फत बाहिर ल्याउने गरेका छन् | यस्तै यस्तै बेदनाले भरिपुर्ण एकल लोक गीति संग्रह हो ’’भाचिएको मन’’ हालसालै तपाइँ हाम्रो बजारमा सर्बत्र उपलब्ध छ |
जसमा स्याङ्जा जिल्लामा जन्मनु भएका नया प्रतिभाशाली कलाकार ख्याम दासको शब्द संकलन रहेको छ भने बिभिन्न लोक तथा दोहोरी गीतमा लय शब्द गर्दै आउनु भएका तपाइँ हाम्रै चिर परिचित लाखौ श्रोताका मुटुको धड्कन बनि सक्नु भएका बाग्लुंगे ठिटो भनेर चिनिने बाबुराम मुस्कान सुवेदीको उत्कृष्ट लय रहेको छ |
जसको एरेन्जर रमेश सेन्चुरीले गर्नु भएको छ भने प्रिज्म डिजिटल रेकर्डिङ् स्टुडियो मार्फत जे आर सी मिडिया प्रालिले बजारमा ल्याएको छ | जसमा चर्चित गायक पुस्कल शर्माले स्वर दिनु भएको छ | खोजि खोजि सुन्न नभुल्नुहोला र सो आर बि टि राख्न नभुल्नुहोला |
प्रदेशमा रहेता पनि आफ्नो जागिरे जिबनको बाबजुत पनि लोक संगीतलाई माया गर्ने लोक पारखिहरुको कमि भने भएको छैन |
नया नया लोक संगीत प्रेमीहरुले आफ्ना सृजनालाई गीत र संगीत मार्फत आफ्ना बेदना, रचना ,तपाइँ हामि सामु ल्याउने गरेको पाइन्छ | बिदेशी भूमिमा रहेता पनि आफ्नो संस्कृतिलाई जोगाउनु पनि यो हामि नेपालिहरु लागी खुशीको कुरा हो |
लय शब्द संकलक सुबेदीका अनुसार आफु लोक पारखी भएको कारणले यो क्षेत्रलाइ निरन्तरता दिईरहने बताउनु भएको छ | आउदा दिनहरुमा पनि यस्तै यस्तै नया नया मार्मिक लय शब्द हरु श्रोता समू ल्याउने उहा बताउनुहुन्छ |
एउटा खुट्टाकै भरमा गरेको नृत्यले संसारभर चर्चित भएकी नेपाली कलाकार रोमा न्यौपानेले मुम्बई शहर नचाउने भएकी छिन । ८ बर्षको उमेरमा बस दुर्घटनामा परी एउटा खुट्टा गुमाउन पुगेकी रोमा मुम्बईमा रहेका नेपालिहरुको समूह देखचेम्स ग्रुपको आयोजनामा हुने कार्यकमका लागि शुक्रबार साँझ मुम्बई ऊढ्दैछिन ।
नृत्यमार्फत रोमाञ्चक पैदा गर्न सिपालु रोमा न्यौपाने , जब दर्शकलाई उनी एउटा मात्र खुट्टाले नृत्य गरिरहेकी छिन् भन्ने कुराको जानकारी हुन्छ, जो कोहि अचम्ममा पर्छ । मौलिक नेपाली गीतदेखि अत्याधुनिक गीतसम्म उत्तिकै छमछमी कम्मर मच्चाएर दर्शकलाई लट्ठ पार्न सक्ने क्षमता बोकेकी नृत्यांगना रोमा यतिबेला आफ्नो कला देखाएर संसारभरका बिभिन्न साँस्कृतिक कार्यक्रममा ब्यस्त भएकी छिन ।
अपाङ्ग बालबालिकाको शिक्षा र अपाङ्गता भएका युवाको रोजगारी तथा अशक्त अपांगता भएकाहरुलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने अभियानमा पनि लागेकी रोमा दैनीक ६,७ वटा गीतसम्ममा लगातार नाच्न सक्ने बताउछिन ।
“नाचेकै कारण त्यती धेरै थकानको महशुस गरेको छैन । पहिला पहिला डान्स नसिक्दै एकदमै थकानको महसुस हुन्थ्यो । अहिले मेरो गुरुहरु केशव सापकोटा र सुमन सगर जंग केसी सँग डान्स सिकेपछि थकानको महशुस हुदैन” रोमाले न्युज अभियानलाइ बताइन ।
उनको साथमा हास्य कलाकार निरु खड्का लगायत अन्य नेपाली कलाकार पनि मुम्बई जादैछन ।
ओठमा रातो लाली म त मान्छे काली कालीको छायांकन
ओठमा रातो लाली म त मान्छे काली काली
यहि कालीलाई कान्छा तिमी आँखा लाउछौ खाली।।
तिम्रो लोभी नजर छ मेरो उध्रेको चोली
मलाई मुटु मै हान्यौ कान्छा पिरतीको गोली
भनिन्छ कसैको गलामा भगवानले स्वर भरेका हुन्छन त्यो मधुरता अनि कर्णप्रियता त्यस्तै नमुनाहरु आज सँसारमा चर्चित छन ।
बिक्रम सँबत २०५४ ०३ २८ मा नबलपरासीको परासीमा जन्मेर बुटवलमा हुर्केकी एन्जिला रेग्मी हाल अध्यनको सिलसिलामा काठमाण्डौमा बस्दै आएकी छन ।
उन्को बिभिन्न भाबका तिन एल्बम बजारमा छन भने तेश्र्रो एल्बमकै केहि गितहरु बजारमा आईसकेको र केहि गितहरु छायाँकनको क्रममा रहेका छन ।
उन्को समिश्रण, र लुकीछिपी एल्बम बजारमा यस अघिनै आईसकेको छ ।
समिश्रणमा ७ बटा गितहरु रहेका छन भने अर्को एल्बम लुकीछिपी उन्को एकल एल्बम हो ।
जस्मा ६ बटा गितहरु रहेका छन ।
रमेशराज भट्टराईको शब्द सँगितमा रहेको एन्जीलाको पछिल्लो
एल्बममा रहेकोे प्रितीकोे गोली बोलको गित अहिले चर्चाको शिखरमा रहेको छ । जस्मा रमेशराजकै शब्द सँगित तथा समन अधिकारीको निर्देशन रहेको छ ।
बागेस्वरी सँगितालय तथा गान्धर्ब सँगित बिध्यालयमा सँगित सिक्दै आफ्नो साँगितीक यात्रा तथा अध्ययन समेतलाई निरन्तरता दिईरहेकी एन्जीला भबिश्यको एक उज्जवल तारा हुन भन्दा अतियुक्ती नहोला ।
बलिउड -नायिक प्रियङ्का चोपडाले महिलाहरूलाई यौन आनन्द प्राप्त गर्ने वस्तुका रुपमा हेरिने गरिएको भन्दै आक्रोश पोखेकी छन् । महिलालाई यौन र मनोरञ्जनको साधन मात्र ठान्ने पुरुषप्रधान आँखा समाज विकासको बाधक भएको उनले बताइन् । महिलाबिना संसारको सृष्टि नुहने भन्दै उनले समाजका हरेक क्षेत्रमा महिलालाई समान हक र हैसियत चाहिनेमा जोड दिइन् । ‘
Priyanka
पुरुषहरु महिलालाई खाली आफ्नो यौन आकांक्षा पूरा गर्न र मनोरञ्जन प्राप्तिका लागि जन्मिएको हो भन्ने ठान्छन्’, उनले अन्र्वार्तामा भनेकी छन्, ‘समाजको प्रगतिका लागि महिलालाई सबै क्षेत्रमा बराबरीको हैसियत र स्थान दिनुपर्छ । ’
उनले महिलालाई हेर्ने पुरुष मानसिकतामा आमुल परितर्वन आउनुपर्ने बताइन् । एक प्रसंगमा उनले महिला बलात्कृत हुनेमा छोटो कपडाको दोष नहुने जिकिर गरिन् । ‘
महिला बलात्कृत हुनुको कारण छोटा कपडाको भन्ने म स्वीकार गर्न सक्दिन’, पियंकाले भनेकी छन्, ‘कपडा होइन, बलात्कार हुनुमा पुरुषभित्रको अपराधिक मानसिकता दोषी छ। A agency














