तेस्रो फूल’को लोकार्पण
कवि दिनेशविक्रम थापाको तेस्रो कृति ‘तेस्रो फूल’को एक भव्य समारोहबीच लोकार्पण भएको छ ।
‘तेस्रो फूल’ खण्ड काव्यको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभु घिमिरे र वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
३२ पृष्ठ भित्र एघार वटा भागामा सजिएको ‘तेस्रो फूल’ कवि दिनेशविक्रम थापाको पारिवारीक घटना त्यसमा पनि आफ्नै सहोदर साइला दाजुको मृत्यु पीडामा केन्द्रित रहेको छ । शाश्वत, सत्य र यथार्थका उकाली ओरालीलाई कविले ज्यादै मिहेनतसाथ कृतिमा उतारेको समिक्षकहरुले बताएका छन् ।
अहिलेसम्म धेरै किसिमका शोककाव्य नेपाली साहित्य फाँटमा आए पनि दाजुभाइको प्रगाढ आत्मीयताको बारेमा यो कृति पहिलो भएको साहित्यकारहरुको भनाई थियो ।
ज्योती साहित्य प्रतिष्ठान र मनोभाव साहित्य प्रकाशनले आयोजना गरेको लोकार्पण समारोहमा गजलकार ज्ञानुआकार पौडेल, साहित्यकार युवराज नयाँघरे, मित्रलाल पंगेनी, भाग्यशाली अधिकारी, कुमार कोइराला, कमला पराजुली लगायतको उपस्थिती रहेको थियो ।
0 comments
Write Down Your Responses