काठमाण्डौ । विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आज एक भव्य समारोहको विच ३५ जना साहित्य प्रेमी गजलकारहरुलाई सम्मान गर्दै छ । शाखा इजरायलले प्रकाशन गरेको संयुक्त गजल संग्रह सगरमाथादेखी मृतसागरसम्मा कृततिको विमोचन समारोहमा उक्त कृतिमा गजल प्रकाशन गर्नेहरुलाई सम्मान गर्न लागिएको हो ।
अघिल्लो वर्ष उयत्कृष्ट शाखाको उपाधि पाएको यस शाखाको नयाँ कार्यसमिति पनि चयन हुदै छ । पुरानो टिमलाई हार्दिक बधाई दिदै नयाँ वन्ने टिमलाई अग्रिम शुभकामना ।
काठमाडौं । कतार र नेपालबीच वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाइफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।
वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले मंगलबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वार्ताका क्रममा नेपालले कतारमा कार्यरत एक लाखभन्दा बढी नेपालीको सुरक्षाको प्रत्याभूति, दक्ष एवं व्यावसायिक श्रमिक लिन तथा उनीहरूलाई कार्यस्थलमा जानुअघि पूर्वअभिमुखीकरण तालिम उपलब्ध गराउन र वैधानिक कागजपत्र नभएकाहरूलाई प्रायोजक परिवर्तनलगायत समस्यामा परेकाहरूलाई सहयोग गर्न अनुरोध गरेको थियो । कान्तिपुरमा समाचर छ ।
नेपालको अनुरोधप्रति कतारी प्रतिनिधिमण्डलले सकारात्मक जवाफ दिएको तथा कामदारहरूको तलबभत्ता उनीहरूको बैंक खातामा जम्मा गर्ने प्रावधान रहेको जानकारी दिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
कतारलाई आवश्यक भएका कामदार र तिनको मागपत्रका साथै रोजगारीको करारपत्रको प्रमाणीकरण गर्न कतारी रोजगार विभागलाई नेपाल सरकारका तर्फबाट गरिएको अनुरोधलाई पनि कतारले सकारात्मक लिएको छ । नेपाली कामदारको व्यवस्थापन र अभिलेखीकरणमा कतारले गर्दै आएका कामबारे जानकारी लिन दुईजना नेपाली सञ्चार प्राविधिज्ञलाई कतार पठाउन गरेको आग्रहलाई नेपालले स्वीकार गर्दै यथासक्य छिटो सञ्चार प्राविधिज्ञ पठाउने जवाफ दिएको उक्त मन्त्रालयले जनाएको छ ।
वार्तामा दुवै मुलुकले वैदेशिक रोजगारीसम्बन्धी सूचना आदानप्रदान गर्ने तथा गैरकानुनी काम गर्नेहरूलाई कानुनको दायरामा ल्याउने सहमति जनाएका थिए । साथै श्रम सम्बन्धलाई अझ घनिभूत तुल्याउन दुवै मन्त्रीबीच सहमति भएको छ ।
मन्त्री खुलाइफीले राज्यमन्त्री गुरुङलाई कतार भ्रमणका लागि गरेको आमन्त्रणको सहर्ष स्वीकार गर्दै उनले उपयुक्त समयमा कतार आउने जानकारी गराएका थिए ।
आसफोर्ड, युके, । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ ।
निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल बुटवलका डा. काफ्ले विगत ११ बर्षदेखि ताइवानमा रहदै आउनु भएको छ भने वहाले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्याबारिधि गर्नुभएको हो । वहा यसअघि केन्द्रीय सदस्यको रुपमा क्रियाशिल हुनहुन्थ्यो । अनलाइन साहित्यिक पत्रिका ‘मुलवाटो’ को सम्पादन गर्दै आउनु भएको थियो ।
त्यस्तै गरि डा. गोविन्दराज भट्टराईलाई पनि दोस्रो पटक सल्लाहकारमा चयन गरेको छ र आसमका साहित्यकार रेवतीरमण तिमिल्सिनालाई केन्द्रीय पार्षदमा मनोनयन गरेको छ ।
बैठकले निर्वतमान महासचिव काँईला कार्यालयको जिम्मेवारीमा बढुवा हुनुभएकोमा बधाई प्रस्ताव पारित गरयो । काँइलाले कार्यालयको जिम्मेवार बढेको कारण समयदिन नसकेकोले राजीनामा दिनुभएको थियो । अत्यन्तै सक्रिय रहनुपर्ने पद छोडेर आजीवन सदस्य रही महासङ्घको हितमा निरन्तर काम गर्ने निवर्तमान महासचिव काँइलाले प्रतिबद्धता जनाउनु भयो ।
बैठकमा तत्कालै ३ वटा मुलुकमा नयाँ शाखा विस्तार हुनेकुरा पनि जानकारी गराइएको थियो । औपचारिक बैठकको विषर्जन लगतै गजल र कतिाहरु वाचन गरिएको थियो । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् । सबै शाखाहरुलाई नयाँ बर्षमा विभिन्न साहित्यिक कार्यक्रम गर्न बैठकले निर्देशन जारी गरेको छ ।
रोशन मेवाहाङ्ग, लन्डन । अवैधानिक ढंगले एनआरएन यूकेको अध्यक्ष बनेका महेन्द्र कंडेल केहि गरी पनि
आफ्नो पद सुरक्षित नहुने देखेपछि षड्यन्त्र गर्न लागेका छन् । तर बेलायतमा सबभन्दा शक्तिशाली देखिएको ‘बृटिश गोर्खा’हरुलाई पाखा पारेर आफ्नो पद सुरक्षित राख्ने उनको षड्यन्त्र सफल नहुने संकेत देखिएको छ । केहि गरि पनि आफ्नो नेतृत्वले एनआरएन यूके चलाउन नसक्ने भएपछि अहिले उनी चक्रिए प्रणालीमा नेतृत्व चलाउँ भन्दै षड्यन्त्र गर्न खोजिरहेका छन् । तर अवैधानिक ढंगले अध्यक्ष बनेका कँडेलको कुनै पनि प्रकारको नेतृत्व यूकेबासी नेपालीले स्वीकार नगर्ने बताईसकेका छन् ।
चक्रिय प्रणालीको व्यवस्था एनआरएनको कुनै पनि विधानमा व्यवस्था गरिएको छैन । विधान विपरित आएको यस्तो प्रस्तावप्रति यूकेबासी नेपालीहरु सहमत छैनन् ।
२१ फेब्रुअरीमा भएको साधारणसभा विवाद भएपछि प्रहरीले हस्तक्षेप गर्दै रातको ११ बजे सभा विथोलिएको थियो । सभा विथोलिएपपिछ अधिकांश सदस्य स्थगित भएको भन्दै आ–आफ्नो घरतिर लागे यता कंडेलले भने सभास्थल नजिकैको रेष्टुरेन्टमा गएर आफैँलाई अध्यक्ष घोषित गरे । विडम्बना केन्द्रबाट आएका प्रतिनिधि कुमार पन्तले पनि उनैलाई माला लगाई दिए । यस्तो स्वेच्छाचारी निर्णयप्रति यूकेबासी नेपालीहरु आन्दोलिन छन् । कंडेलले पैसाको आडमा आफूलाई अध्यक्ष पदको लागि स्वीकार गराएको चर्चा चलिरहेको छ । कंडेलले आफू अध्यक्ष बन्न त्यसबेलादेखि नै षड्यन्त्र गरेका थिए । सभामा बृटिश गोर्खाहरूलाई जान नदिन उनले निकायको प्रमुखलाई फोन गरेको फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती भएको छ ।
दुई सय बर्षको ईतिहास बोकेको आफ्नो पूर्खाको इमान्दार इतिहास विर्सँदै केहि अग्रजहरु कँडेलको षड्यन्त्रमा फसेकोले यस्तो परिस्थिति आएको भन्दै अहिले गोर्खाहरु कुनै पनि हालतमा कँडेलको नेतृत्व स्वीकार नगर्ने पक्षमा देखिएका छन् । ‘षड्यन्त्रपूर्ण ढंगले अध्यक्ष हुन खोज्ने यस्तो ब्यक्तिलाई हामि एनआरएन बेलायतको अध्यक्ष हैन जोरी खोजे कानुनी कठघरामा उभियाउछौ,’ ।
उनको षड्यन्त्रको विरुद्ध लागेका एक गोर्खाले भने, ‘एनआरएन अध्यक्षको हैसियतमा बेलायतमा हुने कुनै पनि कार्यक्रममा सरिक हुन् खोजे त्यो प्रयत्न उन्को निम्ति ठुलो अभिसाप बन्नेछ ।’ कंडेल आफ्नो महत्वकांक्षा पुरा गर्न नेपाली दाजुभाइमाथि नै षड्न्त्रपूर्ण ढंगले कदम चालिरहेको दावी गर्दै एक युवा भन्छन्– यसरी अपराधिक क्रियाकलाप गर्ने ब्यक्ति समाजसेबी हुन सक्दैन । यस्तो ब्यक्तिलाई एनआरएन जस्तो अभिभावकीय संस्थाको अध्यक्ष पदमा स्विकार्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो । केहि महत्वकांक्षीहरुको कारण सम्पूर्ण सँस्थालाई दुर्गन्धित बन्न दिनुहुँदैन । नेतृत्व गर्छु भन्नेले बिधि र विधानको कुनै हेक्का राख्न सक्नुपर्छ ।
उनले एनआरएन यूकेमा सिमित व्यक्तिहरुको मनपरीतन्नत्र चलिहेको जानकारी दिँदै त्यस्ता ब्यक्तिहरुलाई किनारा लगाएर, विधान सम्मत र विवाद रहित ढंगले नयाँ समिति बनाउनुको विकल्प नभएको बताए । आफ्नो अभियान त्यसैतर्फ उन्मुख भएको जानकारी दिँदै उनले भने – हाम्रो बिरोधको अभियान जारी रहने छ । यसका बावजुद कंडेलले आफ्नो हठ नछाडे फेरी अर्को बिबादको सिकार बन्ने निश्चित भईसकेको छ ।
एनआरएन बेलायत भित्र आर्थिक अनियमिता गैर आवासीय नेपालीहरुको हकहितको लागि गठित सँस्थामा आर्थिक अनियमितताको चर्को उदाहरण पनि भेटिन्छ । आर्थिक अनियमितताकै कारण तत्कालिन अध्यक्ष योगेन्द्र छेत्रीको पालामा तमुधि युकेका निबर्तमान अध्यक्ष तथा एनआरएन बेलायतका बरिष्ठ सल्लाहकार कमल गुरुङको संयोजकतामा आर्थिक छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिले छानबिनको प्रक्रिया पूर्ण रुपमा अन्त्य नभए सम्मका लागि संस्थाको एकाउण्ट फ्रिज गरेको छ । कँडेल उक्त समितिको उपसभापति थिए । उनीसँगै समितिमा रहेका कतिपय सदस्यहरुले आर्थिक अनियमिततामा कँडेलको महत्वपूर्ण भूमिका रहेको बताउने गरेका छन् । उनले करिब ७० हजार पाउण्ड अनियमितता गरेको ती सदस्यको दावी छ । यद्यपी यसबारे छानविन समितिको अन्तिम निर्णय आउन बाँकी नै छ । यस्तो विवादका बीच कंडेलले आफ्नो झुण्डको कोठे बैठक बसी काठमाण्डौमा निर्माण हुनलागेको भनिएको एनआरएन भवनको निम्ति भनेर दुई करोड रकम उठाउने ध्वाँस दिएका छन् ।
जुन एकातिर बहुसंख्यक बेलायतबासी नेपालीहरुको समर्थन नभएको समितिले गर्नसक्ने कुनै आधार छैन । अर्कोतिर आर्थिक अनियमिता को कारण संस्थाको एकाउण्ट फ्रिज भएको र आफैँ पनि त्यसमा मुछिएको अबस्थामा सिमित व्याक्तिहरुको अध्यक्ष कडेलको त्यो पहल आफँैमा हाँस्यास्पद छ ।
नाम नखुलाउने सर्थमा कडेल समुहकै एक जिम्मेवार ब्यक्ति भन्छन्– बिगत दिनमा हाम्रो बेग्लै समूह हँुदा पनि हामीले कसैको जीवन बचाउनका निम्ति चन्दा उठाएकै हो । तर त्यो काहाँ, कसले कति पायो भन्ने अत्तोपतो आज सम्म भएको छैन । पाँचौ महाधिवेसनको बेलामा पनि केहि साथिहरुले सदस्य बनेका सयौ ब्यक्तिहरुको पैसा सहितको सदस्यता फारम बटुलेर दर्ता नगेरेको घटना अझै आलै छ । बिगतदेखि आजको दिनसम्ममा यसरी एनआरएन युके भित्र सहयोगको लागि भन्दै चन्दा उठाएर धेरै रकमहरु बेवारीसे बनिसकेको छ ।
यी समग्र परिस्थिति हेर्दा केहि महत्वकांक्षी खेलाडी ब्यक्तिहरुको जुँगाको लडाईले एनआरएन बेलायत वर्वादीको संघारतिर जादै छ । यसबारे एनआरएन केन्द्रीय समिति र वेलायतबासी नेपालीहरुले बेलैमा सचेत हुन जरुरी छ ।
नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आयोजना गरेको भाग्याशाली चिट्ठा कार्यक्रम सम्पन्न गर्दै नतिजा सार्बजनिक गरेको छ । परिवारले नेपाल हाउस संचालन सहयोगार्थ तथा कोरियामा बुद्ध जयन्तीको अवसरमा हुने लोटस् ल्यान्टर्न फेस्टीबलको अन्तर्रािष्ट्रय शान्ती पद यात्रामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउँदा लाग्ने आर्थिक सहयोगका लागि भाग्याशाली चिट्ठा कार्यक्रम २०१५ आयोजना गरेको थियो।
यही फेब्रुअरी १९ मा नेपाल हाउस व्यवस्थापन समितिले आयोजना गरेको नेपाल हाउस सांगितिक महामेलामा खोलिएको चिट्ठा कार्यक्रमको प्रथम पुरूस्कारका लागि बरिष्ठ हाँस्या ब्याङ्ग्या कलाकार मदन कृष्ण श्रेष्ठले निकाल्नु भएको चि।न।(००२३ अनुसार दोङ्देमुन स्थित माया मार्टका संचालक भिम गुरूङले आई फोन सिक्स् प्लस प्राप्त गर्न सफल भएको छ।
दोस्रो पुरूस्कारका लािग अर्का बरिष्ठ हाँस्या(ब्याङ्ग्या कलाकार हरिबंश आचार्यले निकाल्नु भएको चि।न।(०८१० अनुसार ल्यापटप कम्प्युटर राज डंगोलले प्राप्त गर्न सफल भएको छ भने तेस्रो पुरूस्कारका लागि आधुनिक पप् गायिका रजिना रिमाल र उद्घोषिका एवं नायीका छुल्टिम गुरूङले निकाल्नु भएको क्रमशस्चि।
न।(०८९२ जुनु गुरूङ,०७०३ बिनोद गुरूङ र ०४२४ कृष्ण खड्काले १र१ थान सोलार लाईट प्राप्त गर्न सफल भएका छन्।उक्त भाग्याशाली चिट््ठाका नतिजा अनुसारको पुरूस्कारहरू परिवारका अध्यक्ष ईश्वर गुरूङले प्रदान गरेका थिए भने कार्यक्रम संचालन महासचिब प्रितम गुरूङले गरेका थिए।
त्यसैगरि चिट््ठा कार्यक्रम सफल बनाउन सहयोग गरेका कोरियाका बिभिन्न संघ संस्था र चिट््ठा लिई सहयोग गर्नु भएका सबै नेपाली दाजु(भाई तथा दिदी(बहिनीहरूलाई नेपाल बौद्ध परिवारले हार्दिक धन्यबाद ज्ञापन गरेको छ।यसैबिच परिवारको आयोजनामा प्रत्येक महिनाको पहिलो आईतबार दोसन्सा गुम्बामा हुने बौद्ध मार्गी सम्बन्धी प्रवचन कार्यक्रम यसपाली भने यही मार्च १ तारिख आईतबारका दिन ईन्छन स्थित फोम्याङ्सा गुम्बामा हुने कुरा जानकारी दिएको छ। साथै सो प्रवचन कार्यक्रममा सहभागी भैदिनका लागि सम्पुर्ण बौद्ध धर्म अवलम्बी तथा ईच्छुक नेपाली दाजु भाई,दिदी बहिनीहरूमा अध्यक्ष ईश्वर गुरूङले अनुरोध गर्नु भएको छ।
मितिस् २०१५/ ०३/०१
समयस् तुङ्देमुन बाट १० बजे हिड्ने
स्थानस् फोम्याङ्सा गुम्बालय
नारायण रपाल विश्वकर्मा , बहराईन – १० फरवरी, हाम्रो पहिचान र परिचय भनेको नेपाली हो । त्यही पहिचान र परिचय संग जोडिएर आउने भाषा, संस्कृति, र कला(साहित्यले हामीलाई फुट्न होईन एकआपसमा जुट्नको लागि प्रेरणा दिन्छ ।
देश भन्दा कोसौं टाढा रहेर पनि आफ्नो पहिचान, परिचय र मौलिकताप्रति प्रतिबद्ध अन्तराष्ट्रिय कलाकार समाज बहराईन ले यही आउदो फरवरी २० तारिख समकालीन नेपाली साहित्यका प्रखर युवा कवि राम बहादुर तमाङ ूराबतू को एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ ।
बहराईन मा पहिलो चोटि हुन लागेको एउटा भिन्नै किसिम को साहित्यिक कार्यक्रम को लागि रोजगारको सिलसिलामा बहराईनमा रहनुहुने सम्पूर्ण नेपालीहरू लाई उपस्थिती को लागि अन्तराष्ट्रिय नेपाली कलाकार समाज ले हार्दिक आग्रह सहित सादर निमन्त्रणा गरेको छ ।
२० फेब्रुअरी २०१५
स्थान चेम्बर अफ कमर्स हल, मनामा बहराईन
समयस् दिनको ३ बजे
देश भन्दा कोसौं टाढा रहेर पनि आफ्नो पहिचान, परिचय र मौलिकताप्रति प्रतिबद्ध अन्तराष्ट्रिय कलाकार समाज बहराईन ले यही आउदो फरवरी २० तारिख समकालीन नेपाली साहित्यका प्रखर युवा कवि राम बहादुर तमाङ ूराबतू को एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ ।
बहराईन मा पहिलो चोटि हुन लागेको एउटा भिन्नै किसिम को साहित्यिक कार्यक्रम को लागि रोजगारको सिलसिलामा बहराईनमा रहनुहुने सम्पूर्ण नेपालीहरू लाई उपस्थिती को लागि अन्तराष्ट्रिय नेपाली कलाकार समाज ले हार्दिक आग्रह सहित सादर निमन्त्रणा गरेको छ ।
२० फेब्रुअरी २०१५
स्थान चेम्बर अफ कमर्स हल, मनामा बहराईन
समयस् दिनको ३ बजे
अबुधाबी । यात्रा आफैंमा कष्टकर हुन्छ । त्यसमा साइकल यात्राको दुःखलाई सबैले महसुस गर्न सकिन्छ । यात्रा पनि एक देशको होइन, विश्व साइकल यात्राको कुरा । पा“च वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दा“या खुट्टा सुकेको छ । हि“डाइ असहज प्रस्ट देखिन्छ । बा“या खुट्टाको बलले साइकलको पाइडल दबाउ“दै २००४ बाट विश्व साइकल यात्रामा निस्केका पौडेल अपाङ्गता असक्षमता होइन, भन्ने सन्देश बोकी यूएई आइपुगेका छन् । अपाङ्गलाई अवसरको खा“चो छ भन्ने आवाजलाई बुलन्द गर्न विश्वको विभिन्न देशको यात्रामा निस्केका पौडेलको स्थायी घर मोरङको बयरबन हो ।
झापाको लिटिल फ्लावर्स माविबाट एसएलसी सकेर सबैभन्दा पहिला माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाल घुमेको अनुवभ उनीस“ग छ । नेपाल अपाङ्ग संघ झापाका अध्यक्ष धनुज श्रेष्ठको प्रेरणा र सहयोगमा विर्तामोडको प्रेम टे«डर्सबाट साइकल किनेर नेपाल, भारत लयागत सार्क राष्ट्रको भ्रमण गरिसकेका पौड्ेल आफ्नो यात्रालाई अगाडि बढाउन खाडी राष्ट्रको भ्रमणमा रहेको बताउ“छन् । अपाङ्गहरुको आत्मबल बढाउन आफूले यात्रा थालेको बताउने पौडेल आफ्नो विश्व साइकल यात्रालाई अगाडि बढाउन यूएईबासी नेपालीहरुलाई आग्रह गरेका छन् ।
यूएईपछि ओमन र त्यसपछि युरोपको भ्रमण गर्ने सोचमा रहेका पौडेल नेपाल, नेपाली र सम्पूर्ण अपाङ्गहरुको नाम चम्काउन १२० देशको भ्रमण गर्ने अभियानमा छन् । साथै सगरमाथा शिखरको आरोहण गरी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउने लक्ष्य पनि पौडेलले लिएका छन् । विभिन्न उदेश्य बोकी नेपालबाट विश्व साइकल यात्रामा निस्केका ९० जना जति नेपाली विश्व साइकल यात्रीहरुमा चित्र पौडेलको फरक विशेषता भनेको उनी पोलियो संक्रमित हुन् । -

काठमाडौं । फ्रान्सस्थित नेपाली दूताबासका उपप्रमुख रामबाबु ढकालको करोडौं रुपैया भ्रष्टाचार र यौन दूब्र्यबहारसंगै गम्भीर प्रकृतिको अपराधमा समेत संलग्न भएको खुलासा भएको छ । यस अनलाईनलाई प्राप्त नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानले शंकाको सुइ ढकालतर्फ सोझाएको छ ।
सुन्दापनि पत्यार नलाग्ने अपहरणको डिजाइन ढकालले नै बनाएको शंकामा हाल सीआइबीले अनुसन्धान गरिरहेको छ । राजधानीमा रहेकी एक बालिकालाई अपहरण गर्ने र ज्यान मार्ने धम्कीको फोन आयो । भारतीय नम्बरबाट फोन आएपछि पेरिसमा रहेको परिवारमा सन्त्रास छायो । तत्कालै नेपाल प्रहरी र फ्रेन्च प्रहरीलाई अनौपचारीक जानकारी दिइयो । राजधानीमा रहेकी अबोध बालिका नेपाल प्रहरीको सुरक्षँ घेरामा रहिन ।
सुस्म अनुसन्धानपछि धम्की दिने व्यक्ति मनिष मानन्धर पक्राउ परे ।
पक्राउ परेका मानन्धरले फ्रान्सस्थित नेपाली दूताबासकी सेक्रेटरी श्रृजना श्रेष्ठको आदेशमा भारतीय नम्बर प्रयोग गरी धम्काएको बयान प्रहरीसमक्ष्ँ दिए । प्रहरीको कल डिटेल अनुसार मानन्धर र दूताबासकी सेक्रेटरी सृजनाबीच भाइबर र फोनको पटक पटककको लम्बे सम्पर्क देखीएको थियो । अनुसन्धान पेरिसतर्फ सोझाउन फ्रान्सेली प्रहरीले अपराध अनुसन्धानमा अनौपचारीक समन्वय गरिदियो ।
नेपाल प्रहरीले मानन्धरलाई पक्राउ गरेपछि फ्रेन्चप्रहरीलाई सृजनाको नम्बर दिएको थियो । पछि फ्रान्सेली प्रहरीले श्रृजनाको कलडिटेल लि“दा त्यही नम्बरबाट सृजना र रामबाबु ढकालको नियमीत सम्पर्क देखीएको बिबरण अनौपचारीक सुत्रबाट उपलब्ध गराइदियो । कुटनीतिक घटनाक्रम भएकाले धन्न देशकै बद्नाम हुने मुद्दा औपचारीक रुपमा फ्रान्सेली प्रहरीमा पनि परेन तर नेपाल प्रहरीको सीआइबीले भने अहिलेपनि अनुसन्धानको सुई ढकालतर्फै मोडेको छ । यो डरलाग्दो अपराध बिबरणको मुद्दा हालपनि महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकामा रहेको छ ।
दूताबासलाई प्रहरीले सृजना संलग्न रहेको सूचना दिएपछि उनी सेक्रेटरीको जागीर छाडेर फरार भइन । फरार श्रृजनाको खोजीका लागि दूताबासले सुचना निकाल्ने तथा परराष्ट्रमा समेत खबर गरेको थियो । २ घण्टा ढकालको कोठामा बसेर डिजाइन कोरेपछि श्रृजना सम्पर्कबिहीन भइन तर उनको प्रेम रामबाबु ढकालसंग झांगीसकेको थियो । अमेरिकी पीआर होल्डर ढकालकी श्रीमती त्यतिबेला उतै रहेकाले ढकाल र श्रेष्ठबीच घुमघाम तथा गोप्यकर्म जारी नै रह्यो । १३ मे २०१४ मा ढकाल सृजनालाई लिएर एफेल टावरको छेउमा दूताबासको थोत्रो गाडीमा मस्ती गरिरहेको केही नेपालीले देखेका थिए । सृजनालाई आफ्नो गाडीमा राखेर ठा“उ ठाउ“मा ढकालले घुमाइरहेको खबर थाहा नपाउने पेरिसमा नेपाली बीरलै मात्र रहे ।
रक्सी नखाएपनि नया“ नया“ गर्ल फ्रेण्डका पारखी ढकालले चार महिनापछि अपहरण अपराधमा लागेको र प्रहरी अनुसन्धानकै दायरामा रहेकी श्रृजनालाई अगष्ट २०१४ मा पुर्नबहाली गराए । स्रोतको अनुसार श्रृजनासंगको यौन स्वार्थसंगै ढकालले केही महिनाको तलबसमेत आधा खाइदिएका थिए ।
हाल ढकालको परिचय दूताबासभित्रैपनि नामुद यौन दूराचारीका रुपमा चर्चित बनेको छ । हाल पेरिसस्थित नेपाली र दूताबासको तल्लो तहका कर्मचारीबीच ढकालको यौन काण्ड हासोमजाकको बिषय बन्न थालेको छ । किन ढकालले उक्त अपहरण काण्ड रचेका थिए भन्ने वृहत खुलासा हामी लगातार गर्दै जानेनै छौं । दूताबासबाटै भएको उक्त अपहरणकाण्ड निकै संबेदनशील रहेको र कुटनीतिक वृतनै बद्नाम हुने भएकाले संबेदनशीलतालाई ख्याल गर्दै कदम चाल्ने नेपाल प्रहरीले तयारी थालेको छ । पोर्चुगलमा नेपाली कामदार पठाउने श्रम स्विृकती दिएर एकमुस्ट ७ करोड र फुटकर कोटाबाट २ करोड रुपैंया असुलेका ढकालले हाल कोटै बिच्छे स्विकृती दि“दै लाखौं कुम्लाउ“ने काम जारी नै राखेका छन् ।
हालैमात्र ढकालकै डिजाइनमा एकजना मेनपावर व्यबसायी फ्रान्सहु“दै पोर्चुगल छिरेका छन् ।
ढकालको सेटिबमा भइरहेको पोर्चुगलमा कामदार पठाउदा श्रमीकले सास्ती पाएकोबारे अख्तियारले पनि अनुसन्धान गरिरहेको छ । कामदार पठाउन नक्कली श्रम स्विकृती बनाउने, पोर्चुगल पुगेपछि श्रम स्विकृती फेनेर्, कामदारलाई बढी काम लगाउने र बिरोध गर्नेलाई कृषि फँर्मभित्रै कुट्ने, ढकालले कमिशन खाएपछि नेपाली मेनपापरले पोर्चुगल पढाउन २० लाखसम्म उठाउने गरेको गुनासो बढ्न थालेको छ । नेपाली श्रमीकको सपनामा माफियाको यूरोले होली खेलेका ढकाललाई भने नेपालीले पाएको दुखको छोएको छैन । बरु हाल ढकाल स्वयं मेनपावर एजेण्टको सम्पर्क व्यक्ति बनेका छन् ।
श्रम स्विृकती तुरुन्तै दिलाउने र घुस खाने ढकाललाई नया“ राजदूत अम्बीका लुइटेलले अंकुश लगाउनुको सट्टा उल्टो कमिशन बा“डेर खान थालेको चर्चा नेपालीमाझ चुलिन थालेको छ ।
नया“ राजदूत पेरिस आउ“नु एकसाता अघिमात्र खरदारको भरमा दूताबास छाडेर ढकाल स्वयं रकम असुल्न पोर्चुगल पुगेका थिए । दूताबासको सेवालाई ढकालले दलाल र माफियालाई बिक्रीमा राखेपछि नेपालीहरु आश्चर्यमा परेका छन् ।
sorce : www.newsabhiyan.com
घनश्याम पराजुली, दोहा - प्रवासी नेपाली सांगितीक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त आयोजनामा कतारमा आयोजित प्रवासी नेपाली सिङगिङ आईडलको चौथो राउण्डबाट गायन क्षेत्रका २० जना प्रतिस्पर्धी मध्ये टपटेन छनोट भएको छ ।
चौथो राउण्डबाट टपटेनका लागी सुभराज राई, रेशम गुरुङ्ग, ललित कुमार लिम्बु, अर्जुन खरेल, मधु लामा, अमृत कुरुवाङ्ग, राम कुमार राई, शेर बहादुर लिम्बु, कविन गुरुङ्ग र ज्योती गुरुङ्ग छनोटमा परेका छन । चौथो राउण्डबाट १० जनाले भने बिदा लिईसके । टपटेनमा पर्न सफल १० जनालाई फाईनलमा भिड्ने चुनौती थपियो भने कार्यक्रमबाट बाहिरिएका १० जना पनी आगामी दिनमा मेहनत गर्ने भन्दै र्फकिए । प्रतियोगिताको निर्णायक मण्डलमा देबिका केसी, सन्तोष परियार र दिनेश लिम्बु रहेका छन भने परिवेक्षकको रुपमा राकेश चाम्लिङ्ग, देवराज न्यौपाने र शिव गौतम रहेका थिए ।
समाज सेवा अभियान रुपन्देहीका कार्यवाहक अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिप प्रज्वलन, राष्ट्रिय गान र शहिदहरुलाई सम्झदै मौन धारण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । पश्चिम कोही पुर्व घर आगन तर एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो बोलको गितमा किरण लामा , सोम तामाङ्ग, कान्छा तामाङ्ग, ईशा घतानी र दिपा थापाले स्वागत नृत्य प्रस्तुत गरे । सल्लवा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा सम्पन्न सेमिफाईन राउण्डमा सुवराज राईले झस्केर दुख्छ यो मुटु मेरो उसैको याद बोलको गित गाए ।
कार्यक्रममा प्रतिस्पर्धीहरु रेशम गुरुङ्गले सालैजो मार्फत जता हेरे पनी गाउँरघर, ललीत कुमार लिम्बुले उ जितेर गई या हारेर गई जित आफै तिर पारेर गई बोलको गित गाए । अर्जुन खरेलले धेरैलाई वाड्दा नपुग्ला माया मलाई घटाए हुन्छ गाए । रविन शिवाको आधुनिक गित ए तुलसी आगनमा रोपौला, केशव तामाङ्गको म तिमीलाई माया गर्छु लाखौ जन्म जन्म, विजय भण्डारीको मैले त्यही भएर मन पराएको, छवी राजकोटीले आफै माया जोड्यौ बैरी आफै तड्पायौ गाए ।
त्यस्तै अर्का प्रतिस्पर्धी सुमन मगरले पुर्णिमाको चन्द्रमालाई बादल लाग्न थाल्यो, ज्योती गुरुङ्गको काचो सुरती, मधु लामाले जाहाँ छन बुद्धका आखाँ, अमृत गुरुवाङ्गले पुर्णिमाको चन्द्रलाई बादलु लाग्न थाल्यो, सरुक सुन्दासको पानीको थोपा जस्तै छुट्यो हाम्रो माया, रामकुमार राईले तिमी आउने बाटोमा फुल रोपी दिएँ गाएर आफ्नो प्रस्तुती देखाए ।
त्यस्तै दामोदर न्यौपानेले बाच्ने आशामा तिम्ले माया देखायौ, शेर बहादुर लिम्बुले मेरो बारे उन्ले सोधे मोर्यो भन्दिनु, प्रविन गुरुङ्गले घरको याद आयो, दिलकुमार बिकले भकारीमा धान छ, सुपेन्द्र राईले काटीरहो कुरा धसीरहो छुरा हाम्रो माया सुपरहिट दर्शन नमस्ते र पिन्की थापाले डाली डालीमा फुली रहु लाग्छ अनी दिलको बारीमा गाएर प्रतिस्पर्धामा सामेल भए ।
कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलामले कतारमा नेपाली पहिचान बनिसकेको बताए । हामी कतारमा जातले हैन नेपाली भनेर चिनिएका छौ भन्दै नेताहरुलाई गाली गर्नु भन्दा प्रवासबाट समाज सुधारक काम गर्नु पर्ने बताए । विशष अतिथी गैर आवासिय नेपाली संघका पुर्व उपाध्यक्ष सागर नेपालले कतार सानो नेपाल जस्तो मात्र हो, यहाँ नेपाली सँस्कृतीले प्रगती गरिरहेको छ ।
कार्यक्रमले ४ लाख कतारमा कार्यरत नेपालीहरुका प्रतिनिधीको रुपमा नयाँ प्रतिभाको खोजी गरिरहेको बताउदै यस यात्रालाई निरन्तर दिनुपर्ने बताए । उनले भने समाजमा तपाईले सम्मान गर्ने व्यक्तिहरुले समाज प्रती कत्तिको दायित्व निभाएका छन बुझेर अघाडी बढ्नु पर्ने बेला आएको छ ।
त्यस्तै प्रवासी नेपाली सांगितीक परिवार कतारका संरक्षक शिवराज गौतमले कतारमा नेपाली समाजसेवीहरु समाजको नाममा राजनिती गरिरहेका छन तिनीहरुको छिट्टै खुलासा गर्ने बताउदै आशन ग्रहण र भाषणमुखी समाज बन्दै गएकोमा आक्रोश पोखे । नेपाली सँस्कृतीको जर्गेना गर्न आयोजना गरिएको कार्यक्रममा निमन्त्रण दिईएता पनी समाजसेवीहरुको न्यून उपस्थिती भएकोमा उनले दुःख प्रकट गरे ।
कार्यक्रममा अतिथीहरु कार्यक्रमका संयोजक शक्ति क्षेत्री, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, जनप्रगतीशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, प्रवासी नेपाली मञ्च कतारका निर्वतमान अध्यक्ष दिलकिरण खजुम र उपाध्यक्ष चानक पोख्रेल, समाजसेवी ईश्वर काफ्ले, प्रकाश गुरुङ्ग, पुनम दाहाल, क्रान्ति सिं, आईएमी कतारका प्रमुख जितेन्द्र पाण्डे, चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्की लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतका उल्लेख्य मात्रामा नेपाली दर्शकहरुको उपस्थिती रहेको थियो ।
महेन्द्रप्रसाद पोखरेल कतार । मनोरञ्जन परोपकार र लगानीको क्षत्र पहिचान हातेमालो सामाजिक सँस्थाको अभियान भन्ने मुल यथार्थ र पबित्र नारा बोकि २०१३ मई १३ मा २६ जना पदाधिकारीहरुबाट सँञ्चालीत नमस्ते नेपाल सामाजिक सँस्थाको कतार साखा आज बिधिबत रुपमा गठन भएको छ ।
अन्तराष्ट्रिय क्षत्रमा समेत आफ्नो गठन बिस्तार गर्ने उध्यस्य अनुरुप पहिलो अन्तराष्ट्रिय साखा सँस्थाका केन्द्रिय उपाध्यक्ष हिमलाल शर्माको सभापतित्वमा सँपन्न उक्त भेलालाई लोक गायिका देबिका केसीले प्रमुख आतिथ्यता प्रदान गर्नुभएको थियो ।
२३ सदस्यीय कतार साखाका लागी युवा समाजसेवी ईश्वर काफ्लेले प्रतिनिधत्व गरेका छन भने उपाध्यक्षमा निसान उप्रेती सचिब अनिल बानिया, शहसचिब पुर्णचन्द्र कोषाध्यक्षमा रमेश दर्नाल र सदस्यहरुमा हिमलाल सर्मा मायाँ गुरुङ लगाएत का रहेका छन ।
ब्यानर अनाबरण सँगै पानसमा बत्ति बालेर राष्ट्रिय गित र शहिदहरुका नाममा श्रदाञ्जली अपर्ण गर्दै भब्य र सभ्य रुपमा अगाडी बढेको उक्त कार्यक्रममा रमेश दर्नालबाट स्वागत मन्तब्य ब्यक्त भएको थियो त्यसैगरी कार्यक्रम सँञ्चालन गरेका थिए अनिल बानियाले ।
परोपकार अक्षयकोषमा रकम जम्मा गर्ने सदस्यहरुलाई सम्मान गर्दै सँस्थाका बारेमा जानाकारी गराउँदै कार्यक्रमलाई आधिकारीकता त्रफ लगेका थिए बानियाले ।
साँगितक कार्यक्रमलाई ईन्दिरा शाहले सँञ्चालन गरेकी थिईन ।
कार्यक्रममा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।
कलाकार डोलराज परियार,मधुसुदन डाँगी ,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका महासचिब सँदेश शर्मा ,कलाकार मोहन शाह लगाएतले आफ्नो प्रस्तुतीले मनोरञ्जन दिएका थिए भने युवा समाजसेवी तथा नबगठित कार्यसमिती अध्यक्ष ईश्वर काफ्लेले उठेर नाचेका थिए ।
कार्यक्रम दुई बजे शुरु भएको थियो ।
कलाकारहरुलाई सम्मान गर्ने ब्याक्ती ईश्वर काफ्लेले आफ्नो प्रतिबद्यता मन्तब्यमा आफुले परोपकार र लागनीको क्षत्र पहिचान हातेमालो सामाजिक सँस्थामा आफुले तन मन बचन र कर्मले काम गर्ने र आफ्नो कार्यकाललाई पुर्ण सफल बनाउने प्रतिबद्यता ब्यक्त गरेका थिए ।
कार्यक्रममा दोहामा स्थापीत बिभिन्न सँघ सँस्थाका प्रतिनिधी तथा पत्रकारहरुको उपस्थीती रुहेको थियो ।
टोकियो । बिभिन्न भिसामा जापान प्रवेश गरेका नेपालीहरुलाई सम्पूर्ण नक्कली कागज पत्र गराएर शरणार्थी भिषामा आबेदन दिन उत्प्रेरित गर्ने नेपाली दलाललाइ जापानको अध्यागमन विभागले गैर कानूनी कार्यमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ ।
पक्राउ परेका नेपाली ३० बर्षको रहेको जनाएता पनि नाम उल्यख गरिएको छैन । जापानको योमियुरी पत्रिकाले जनाए अनुसार ती मानिसले करिब एक सय जना नेपालीहरुलाई शरणार्थी भिसामा कसरी आवेदन दिने भनेर प्रशिक्षण दिने गरेको अभियोगमा पक्राउ गरेको हो ।
उनले जापानमा वैधानिक रुपमा काम गर्न पाउँने प्रलोभन देखाएर शरणार्थी भिसामा आवेदन दिन नेपाली साथीहरुलाई प्रशिक्षण दिने गरेका थिए, पत्रिकाले जनाएको छ ।
शरणार्थी भिसा भएका हरुले जापानमा वैधानिक रुपमै काम गर्न पाउँने व्यवस्था छ । सन् २०१४ मा मात्रै करिब ५ हजार जनाले शरणार्थी भिसाका लागि आवेदन दिएको अध्यागमन विभागले जनाएको छ । यो तुलानात्मक रुपमा पाँच गुणाले बढी हो ।
त्यसैले नक्कली शरणार्थीहरुले आवेदन दिने गरेको आशंकामा अद्यागमन अधिकारीहरुले यसबारेमा तीव्र छानविन शुरु गरेको छ । स्मरण रहोस शरणार्थी भिसामा आवेदन दिलाउँने दलाललाई पक्राउ गरेको भने जापानकै इतिहासमा यो पहिलोपटक हो ।
खिमलाल, दुबई - आफ्नो जन्म भुमि छोडेर प्रदेशमा पलायन भएका लोक पारखीहरु अहिले आफ्नो मन भित्र गुन्जियाका पिडा बेदना गीत संगीत मार्फत बाहिर ल्याउने गरेका छन् | यस्तै यस्तै बेदनाले भरिपुर्ण एकल लोक गीति संग्रह हो ’’भाचिएको मन’’ हालसालै तपाइँ हाम्रो बजारमा सर्बत्र उपलब्ध छ |
जसमा स्याङ्जा जिल्लामा जन्मनु भएका नया प्रतिभाशाली कलाकार ख्याम दासको शब्द संकलन रहेको छ भने बिभिन्न लोक तथा दोहोरी गीतमा लय शब्द गर्दै आउनु भएका तपाइँ हाम्रै चिर परिचित लाखौ श्रोताका मुटुको धड्कन बनि सक्नु भएका बाग्लुंगे ठिटो भनेर चिनिने बाबुराम मुस्कान सुवेदीको उत्कृष्ट लय रहेको छ |
जसको एरेन्जर रमेश सेन्चुरीले गर्नु भएको छ भने प्रिज्म डिजिटल रेकर्डिङ् स्टुडियो मार्फत जे आर सी मिडिया प्रालिले बजारमा ल्याएको छ | जसमा चर्चित गायक पुस्कल शर्माले स्वर दिनु भएको छ | खोजि खोजि सुन्न नभुल्नुहोला र सो आर बि टि राख्न नभुल्नुहोला |
प्रदेशमा रहेता पनि आफ्नो जागिरे जिबनको बाबजुत पनि लोक संगीतलाई माया गर्ने लोक पारखिहरुको कमि भने भएको छैन |
नया नया लोक संगीत प्रेमीहरुले आफ्ना सृजनालाई गीत र संगीत मार्फत आफ्ना बेदना, रचना ,तपाइँ हामि सामु ल्याउने गरेको पाइन्छ | बिदेशी भूमिमा रहेता पनि आफ्नो संस्कृतिलाई जोगाउनु पनि यो हामि नेपालिहरु लागी खुशीको कुरा हो |
लय शब्द संकलक सुबेदीका अनुसार आफु लोक पारखी भएको कारणले यो क्षेत्रलाइ निरन्तरता दिईरहने बताउनु भएको छ | आउदा दिनहरुमा पनि यस्तै यस्तै नया नया मार्मिक लय शब्द हरु श्रोता समू ल्याउने उहा बताउनुहुन्छ |
दोहा, कतार - तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको समाचार छ । गत शुक्रवार जनवरी ३० तारिखका दिन फेमस रेष्टुरेण्टको सभा हलमा उक्त साधारणसभा सम्पन्न भएको थियो ।
सहकारीका अध्यक्ष बुधबल तमूको सभापतीत्वमा सम्पन्न उक्त साधारणसभामा तमू (गुरुङ) समाज कतारका अध्यक्ष कृष्ण तमू प्रमुख अतिथि थिए भने तमू समाजका संरक्षक बिलबहादुर तमू, निर्देशक सल्लाहकार बिमल तमू र संस्थापक अध्यक्ष रामबहादुर तमू विशेष अतिथिको रुपमा उपस्थित थिए । प्रमुख अतिथिले द्विप प्रज्वल्लित गरि उदघाटन गरिएको साधारणसभालाई सहकारीका सदस्य सचिव तथा कार्यकारी अधिकृत जगन तमूले सञ्चालन गरेका थिए । कोषाध्यक्ष बुद्ध तमूले स्वागत मन्तब्य राखेका थिए ।
सहकारीले वर्ष भरिमा गरेको कार्यहरुको विवरण अध्यक्ष स्वयं बुधबल तमूले प्रस्तुत गरेका थिए । विगतमा तय भएका कार्यक्रमहरुको प्रगति विवरण र आर्थिक कारोवारको पुर्ण विवरण सभामा प्रस्तुत पछि बिस्तृत छलफल गरिएको थियो । सहकारीलाई अरु प्रभावकारी बनाउनु पर्ने र यसले लिएको लक्ष हासिर गर्न सबै सेयर धनिहरु सकृय रुपमा लाग्नु पर्ने बताईयो । साथै धेरै तमूहरुलाई यस सहकारीमा समावेस गर्न समय सापेक्ष आकर्षक कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता पनि औल्याइयो । यसरी विचार ब्यक्त गर्ने वक्ताहरुमा तमू समाजका संरक्षक बिलबहादुर तमू, निर्देशक सल्लाहकार बिमल तमू, संस्थापक अध्यक्ष रामबहादुर तमू आदि थिए । सहकारी वारेमा अझै पनि हाम्रो समुदायका सदस्यहरुलाई जानकारी गराउनु पर्ने आश्यकता रहेको देखियो । तमू समुदाय ब्यापर ब्यावसायको क्षेत्रमा निकै पछाडी परेको छ । त्यसैले यस्ता आर्थिक कारोवारमा हाम्रो संलग्नता हुनु अति आवश्यक छ भन्दै कार्यकारी अधिकृत जगन तमूले सबै तमूहरुलाई यसमा सहभागि हुन आव्हान गरे । अध्यक्ष बुधबल तमूले प्रस्तुत गरेको प्रगति प्रतिवेदन उपर ब्यापक छलफल पछि सर्वसम्मतले पारित गरि विभिन्न निर्णयहरु समेत गरेको छ ।
सहकारीबाट भएको खुद नाफाबाट निश्चित प्रतिशत सामाजिक सेवामुलक क्षेत्रमा लगाउने र सोको लागि तमू समाज कतारलाई जिम्मेवारी दिने निर्णय गरियो । त्यसै गरि यस तेश्रो साधारणसभाले आगामी दुई वर्षको लागि पुन बुधबल तमूको अध्यक्षतामा नया“ कार्यसमिति समेत चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रस (शिव) तमू, सचिव जगन तमू, कोषाध्यक्ष बुद्ध तमू र सदस्यहरुमा क्रमशः खेम तमू, मदन तमू, खुशी तमू, पमबहादुर तमू, हरीकाजी तमू, टौमाया तमूस्यो र धनराज तमू चयन भएका छन भने लेखा परिक्षकमा बिलबहादुर तमू नियुक्त भएका छन ।
सहकारीले वर्ष भरिमा गरेको कार्यहरुको विवरण अध्यक्ष स्वयं बुधबल तमूले प्रस्तुत गरेका थिए । विगतमा तय भएका कार्यक्रमहरुको प्रगति विवरण र आर्थिक कारोवारको पुर्ण विवरण सभामा प्रस्तुत पछि बिस्तृत छलफल गरिएको थियो । सहकारीलाई अरु प्रभावकारी बनाउनु पर्ने र यसले लिएको लक्ष हासिर गर्न सबै सेयर धनिहरु सकृय रुपमा लाग्नु पर्ने बताईयो । साथै धेरै तमूहरुलाई यस सहकारीमा समावेस गर्न समय सापेक्ष आकर्षक कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता पनि औल्याइयो । यसरी विचार ब्यक्त गर्ने वक्ताहरुमा तमू समाजका संरक्षक बिलबहादुर तमू, निर्देशक सल्लाहकार बिमल तमू, संस्थापक अध्यक्ष रामबहादुर तमू आदि थिए । सहकारी वारेमा अझै पनि हाम्रो समुदायका सदस्यहरुलाई जानकारी गराउनु पर्ने आश्यकता रहेको देखियो । तमू समुदाय ब्यापर ब्यावसायको क्षेत्रमा निकै पछाडी परेको छ । त्यसैले यस्ता आर्थिक कारोवारमा हाम्रो संलग्नता हुनु अति आवश्यक छ भन्दै कार्यकारी अधिकृत जगन तमूले सबै तमूहरुलाई यसमा सहभागि हुन आव्हान गरे । अध्यक्ष बुधबल तमूले प्रस्तुत गरेको प्रगति प्रतिवेदन उपर ब्यापक छलफल पछि सर्वसम्मतले पारित गरि विभिन्न निर्णयहरु समेत गरेको छ ।
सहकारीबाट भएको खुद नाफाबाट निश्चित प्रतिशत सामाजिक सेवामुलक क्षेत्रमा लगाउने र सोको लागि तमू समाज कतारलाई जिम्मेवारी दिने निर्णय गरियो । त्यसै गरि यस तेश्रो साधारणसभाले आगामी दुई वर्षको लागि पुन बुधबल तमूको अध्यक्षतामा नया“ कार्यसमिति समेत चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रस (शिव) तमू, सचिव जगन तमू, कोषाध्यक्ष बुद्ध तमू र सदस्यहरुमा क्रमशः खेम तमू, मदन तमू, खुशी तमू, पमबहादुर तमू, हरीकाजी तमू, टौमाया तमूस्यो र धनराज तमू चयन भएका छन भने लेखा परिक्षकमा बिलबहादुर तमू नियुक्त भएका छन ।
लँग आइल्याण्ड न्यु योर्कमा लँग आइल्याण्ड निबासी नेपालीहरु र एटोर्नी तथा एन आर एन अध्यक्ष खगेन्द्र जिसी सँग श्रमिक र ज्याला सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भिभिन्न कम्पनीहरुमा काम गर्ने लँग आइल्याण्ड न्युयोर्क बासी नेपालीहरुले समयमा आफुले काम गरेको ज्याला नपाउने गरेको र कम्पनीहरुले बैंकरप्सी फायल गरेको अबस्थामा कसरी ज्याला उठाउन सकिन्छ भन्ने कुरामा अध्यक्ष जिसी, सफल्क काउन्टी मनाबधिकार आयोग निर्देशक जेनिफर ब्लस्क ,एटोर्नीहरु दुर्गा प्रसाद भुर्तेल, पिताम्बर भुसालले कानुनी तथा मानब अधिकार को सम्बन्धमा सल्लाह र सुझाब दिनु भएको थियो।
कार्यक्रममा नेपाली जन सम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिस्ट तथा अन्तरास्ट्रिय बलड डोनर्स एसोसियसन का अध्यक्ष अर्जुन मैनालीले आफुले ले स्थानीय स्तरमा कुनै सहयोग गर्नु परे आफुहरु सधै सहयोग गर्न तयार रहेको बताउनु भयो। स्थानीय स्तर मा भैरहेको पहल सम्बन्धमा लँग आइल्याण्ड समाज का कोसाध्यक्ष धनबिर महर्जन ले जानकारी गराउदै सधै सम्पूर्ण तबरले सहयोग गर्ने बताउनु भयो।
श्याम डि.सी, दोहा - दाङ देउखुरी सेवा समाजको दोस्रो साधरणसभा पछिको पहिलो बैठक संस्थाका अध्यक्ष सुर्य सुबेदी को अध्यक्षतामा बस्यो । उक्त बैठकले संस्थाको सल्लाहकार चयन गरिएको छ । जसमा प्रमुख सल्लाहकार लुमाकान्त पुन मगर बरिष्ठ सल्लाहकारमा कमलमणि गुराँगाई, अर्जुन खड्का, गणेश प्रसाद बन्जाडे, शोया दाहाल रहनु भएको छ भने सल्लाहकारमा सत्य बहादुर पुन मगर, हेमन्त चौधरी, नारायण थापा, मेघराज सुबेदी, मधुसुदन डागी, मोहन बहादुर के.सी, मागु चौधरी, बुद्धिराम आचार्य, दुर्गा शोति, गोपाल शाह, राजन चापागाँई र शरद पाण्डे लाई चयन गरिएको छ ।
बैठक ले जिल्लामा सस्थाले भित्राउने एम्बुलेन्स समिती समेत गठन गरेको छ । कमलमणी गुरागाँई को संयोजकत्वमा नौ जनाको कार्यसमिती गठन गरेको हो । जसमा लुमाकान्त पुन मगर, अर्जुन खड्का, गणेश प्रसाद बन्जाडे, सुर्य सुबेदी, बसन्तराज पुरी, श्याम डि.सी, यद्ध बहादुर भुसाल, लिलामणी लामिछाने र शोया दाहाल सदस्य रहेका छन् । साथै संस्थाले आउदै गरेको नेपालीहरुको नयाँ बर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरको छ ।
रोज्गार को सिल्सिलामा मलेसिया आएको ५ महिनामा एक युबाले तनाबका कारण आत्मा हत्या गर्ने प्रयास गरेका छन । सिन्धुली घर भएका २० बर्सिया दीपक लामाले आफुलाई निकै तनाब भए पछी आफ्नो हात चिरेको र अहिले पछुतो भएको बताएका हुन ।
१४ तारिक बेलुका ९ बजे खाना खाएर बसेका लामाले बिहान करीब ३ बजे तिर आफु धेरै सोचाइमा परेको र तनाबमा भएको ले एसो गरेको बताए । उनले दारी खौरने ब्लेडले बाया हातको हत्केला तल जोर्निमा गहिरो चिरेको र रगत बढी बग्न थाले पछी कम्पनी एजेन्ट ले उनि लाई सेडाङ अस्पताल पुर्याएका थिए ।
मलेसियाको एक कारखानामा काम गर्दै आएका लामा आफु बिरामी भएकोले ४ दिन देखी काममा नगएको र तेही बेला चेकिङ आउने, घर बाट पनि तनाब भएको ले आफुले तनब मा नै हात चिरेको बताए । उनि ४ दिन सम्म काममा नगएकोले कम्पनीले टर्मिनेट गरिसकेको र अब उस्को उपचार पछी नेपाल पठाउने उनको लागि अस्पताल ल्याएकी कम्पनी कै एजेन्टले बताइन ।
आफ्नो कम्पनीले खान बस्न र तलब पनि समयएमा दिएको बताउने लामालाई आत्म हत्या गर्ने प्रयास गरेको भन्दाइ अस्पतालको आपत्कालिन सेवा अन्तर्गत नम्बर नखुलाईएको सैयामा राखिएको छ उनिको १४ तारिक नै हातमा टाका मारिएको छ । आफुले धेरै सोचाइमा र तनाब म परेर एस्तो गल्ती गरेको र नेपालमा पनि परिवार सँग कुरकानी भएको बताए ।
प्रगतिशिल प्रवासी श्रमिक मन्च मलेसिया र मानब अधिकार छेत्रमा काम गर्ने तानागानिताका सिसिलिया फजरको संयुक्त पहलमा उन्को उपचार भैरहेको छ ।
ब्लेडले गहिरो काटिएको कारण बढी रक्तश्राब भएको ले उनि कम्जोर हुँदै गएको उपचारर्मा खटिएका डाक्टर ले बताएका छन ।
निजलाई कम्पनी र आफ्नो संस्थाको तर्फाबाट सक्दो सहयोग गरी छिटो भन्दा छिटो नेपाल फर्कौने मन्चका कामु अदक्छे इशोरी ढकालले बताउनु भयो । नेपालीहरु के कारणले कस्तो अबस्थमा अस्पतालामा छन र कहाँ कस्तो घट्ना भई रहेको छ जानकारीमा आउने र उनिहरुलाई सहयोग गर्दाइ आएको मन्चका महासचिब प्रेम पाण्डेले जानकारी दिनु भयो ।
लामाको उपचार खर्छ सबै बेहोर्ने र लगतै नेपाल पठाउने कम्पनी कि अजेन्टले बताएकी छन ।
-
मुना ढकाल बस्नेत
घरले हेला गरे माईती जानु, माईतिले पनि हेला गरे मुग्लान जानु
पक्कै पनि यो उक्ती नेपाली महिलाहरुमा धेरै मात्रमा लागु हुदछ । रहरले भन्दा पनि बाद्यताले परदेशीने धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुछन तर पछिल्ला दिनहरुमा प्रबासमा रहेका नेपालीका बारेमा राम्रा नराम्रा लेख र विचारहरु अनलाइन खवर र सामाजिक संजालमा बाक्लै देखिन थालेका छन् । मुलुकको झण्डै एक तिहाई जनसंख्या त्यसमा पनि कामगर्ने उमेरका युवाहरु विदेशमा रहेको सन्दर्भमा यस्ता कुराले आम संचारका माध्यममा स्थान पाउनु आफैमा नौलो होइन । तर महिला शसक्तिकरण र समावेसीकरणको चर्को आवाज मुलुकभित्र उठिरहेको वेला आज पनि नगन्य झै रहेका विदेशको भुमिमा रहेर कामगरिरहेका महिला कामदारको वारेमा आइरहेका टिकाटिप्पणाीको जवाफमा यो लेख लेख्ने प्रयास गरिएको छ ।
झण्डै ३० लाख नेपाली विदेशको भुमिमा काम गरिरहेको सन्दर्भमा करिव ५ हजारको संख्यामा नेपाली महिलाहरु इजरायलमा कार्यरत छन् । इजरायलमा नेपाली महिलाहरुको मुख्य काम त्यहाँको अति व्यस्त जिवन पद्धतिमा असक्त र वृद्ध–बृद्धाहरुको स्याहार सुसार गर्न त्यहाँका वयस्क र काम गर्ने उमेरकाहरुले नभ्याएका कारण उनिहरुको घरमा रहेका असक्त र वृद्ध–बृद्धाहरुको रेखदेख र लालनपालन गरिदिने हो । त्यसकालागि उनिहरुले कामदारलाई वस्नकालागि व्यवस्था सहित भएको छुट्टै एपार्टमेन्ट र विविध आवश्यक सुविधाहरुको व्यवस्था गरेरमात्र कामदार मगाउने गरेका छन् । कामदारको हितमा यथेष्ट कानूनहरु भएका कारण हप्तामा ८ घण्टा भने पनि वढि काम गरेमा ओभरटाइम पाइने, हप्तामा एक दिन विदा मनाउन पाइने इत्यादी व्यवस्था त्यहाँ छ ।
तुलनात्मक रुपमा राम्रै पारिश्रमिक र माथि भनिएका सुविधाको ग्यारेण्टीका कारण नेपालबाट इजरायल आएका मध्ये अधिकांश महिलाले परिवार र साथीभाईसंग परदेश मै रहेर पनि विभिन्न माध्यमबाट सम्पर्कमा रहन सकेका छन् । यहाँ कम्पयुटर र टेक्नोलोजीमा कमजोर नै भएपनि त्यहाको जिवन पद्धती, वच्ने समय र कमाउने पैसा सवैका कारण उनिहरु सामाजिक संजाल लगायतमा पनि अलि अगाडि नै देखिन्छन् ।
तर नेपालमा र इजरायल वाहेक अन्यत्र विदेशमा रहने नेपालीले चै यि माथिका कुरा नवुझी इजरायलमा भएका महिला कामदारका वारेमा गरेका टिप्पणीले यहाँ रहेका नेपाली विशेषगरी महिलाहरुको मन दुःखेको छ । कसरी संधै अनलाइनमा वसेर पनि राम्रो पैसा कमाइरहेका छन्, रातभरि कसरी अनलाइन च्याटमा वस्न भ्याउँछन्, किन इजरायलमा जाने महिलाको परिबारमा वढि खटपट र पारपाचुकेको संख्या वढि छ लगायतका प्रश्न इजरायलमा रहेका नेपाली महिलाको अगाडि तेस्र्याइने गरिएको छ । यी यस्ता प्रश्नहरुका पछाडि निम्न कारण हुनसक्छन् । प्रथमतः प्रश्न उठाउने महानुभावहरुले इजराइलमा महिलाले गर्ने कामको प्रकृतीलाई नवुझी अरुसंग तुलना गर्न खोजेको देखिन्छ । यहाँ केयर गिभरमा कामगर्ने महिला र अरब लगायतमा हाउसमेडको काममा आकास जमिनको फरक छ । हाउसमेड रोजगारदाताको पुरा घर र परिवारकोे लागि काम गर्छिन्, त्यसैले उनिसंग आफ्नै घर परिवार र साथीभाई संग सुखदुःख साट्ने समय पनि पर्याप्त समय हुदैन । तर इजरायलमा माथि भनिए झै एउटा सानो फ्ल्याटमा रहेका एकजना असक्त वा वृद्ध–बृद्धाको सेवा गर्ने र त्यो सानो परिसरलाई सफा राख्ने मात्र हो ।
नेपालमा करिव १७ घण्टा काम गरेर पुरा परिवार र घरको रेखदेख गर्ने महिलाले त्यति काम गरेर मनग्य समय निकाल्छन् र उक्त समयलाई कम्युटर लगायतका आधुनिक प्रविधी सिक्ने, फेसवुक लगायतका सामाजिक सञ्जालमार्फत साथीभाई तथा परिवारसंग नियमित सम्पर्कमा रहने आदि काम गरेकै हुन्छन् । रातभर च्याटमा समय विताउने भन्ने आरोपका बारेमा के भन्न सकिन्छ भने एक त नेपालमा भन्दा कामको लोड कम भएका कारण इजरायलका महिलालाई ५ देखी ६ घण्टाको आरामले पुग्ने र अर्को नेपाल र इजरायल विचको ३ घण्टा ४५ मिनेटको समयको फरकका कारण नेपालमा रहनेकालागि त्यस्तो लाग्न गएको हुनसक्छ । जहाँसम्म पारपाचुके गर्नेको संख्या वढि भएको भन्ने आरोप छ, एक सवल महिलाले परिवारका नाममा आफ्नो सम्पुर्ण जिवन बर्बाद नपारी अन्य उपाय खोज्ने सामान्य परिपाटीका सन्दर्भमा इजरायल आएर, आप्नो पौरखले कमाई गरि आत्मनिर्भर भएका कारण यस्तो गरेका हुन् भने पनि आलोचनाका पात्र हुन नपर्ने हो । तर जसरी पारपाचुकेको तथ्याङ्क पेश गर्न खोजिएको हो, त्यो तथ्याकं पनि परिवारको सहमतीमा परिवारका सदस्यलाई इजरायल वोलाएर त्यहिँ नै परिवारसंग वस्ने लोभका कारण कागजी पारपाचुके गरेकाहरुको तथ्यांकमा आधारित छ । श्रीमान या श्रीमती इजरायलमा भएकाको हकमा भिसा लयागतमा कडाइ हुने आशंकामा नेपालमा रहेका श्रीमान् या श्रिमतीले सम्वन्ध विच्छेदको कागज वनाएर भिसा आवेदन दिने चलनलाई यसरी व्याख्या गर्नाले यथार्थमा फरकपन आएको भन्न सकिन्छ ।
समग्रमा भन्दा नेपाली चेलीहरु घर वाहिर गएर काम गर्ने चलन नेपाली संस्कृतीकालागि नौलो हो र विदेशी भुमिमा एक्लै एक महिलाले गएर काम गरेर वस्ने कुरा त झनै नितान्त नयाँ हो । तर नेपाली महिलाहरुले यो परिस्थितीलाई नयाँ चुनौतिका रुपमा स्वीकार गरेर आफ्नो भन्दा नितान्त भिन्न संस्कार र संस्कृती भएको मुलुकमा गएर पनि आफ्नो र समाजको शिर निहुरिन नदिने र परिवारको समस्यामा पनि सघाउने काम गरिरहेका छन् । उनिहरुको यो प्रयासलाई देश विदेशमा रहेका सवै नेपाली खासगरि पुरुषहरुले गम्भिर रुपमा वुझेर कमेन्ट गरिदिउ अनि मात्र हामी चेलीहरुको हौसला अझ वढ्ने र त्यसले देश र समग्र समाजको पहिचानमा अर्को सकारात्मकता सन्देश फैलाउने देखिन्छ । तर फरक परिदृश्य र यथार्थलाई नवुझि कमेन्टका लागि कमेन्ट गरिदिदा उसै त घर परिवार र सन्तानवाट एक्लिएर वर्षौ अर्काको देशमा अर्काको सेवा गर्न परेकोमा कमजोर मानसिकता वनाएर वसेका हामि महिलाहरुलाई ठूलो पिडाको महसुस हुने कुरा सवैले सोच्न जरुरी छ । अन्तमा मेरो यो लेखले कसैको आँचमा चोट पु¥याउने उद्देस्य होईन, कसैलाई चोट पुगेमा क्षमाप्राथि छु ।
लेखिका विगत ५ वर्षदेखी ईजरायलमा कार्यरत छिन्
वैदेशिक स्वरोजगारको सिलसिलामा साउदी अरब पुगेको नेपाली कामदारको निधन भएपछि साउदीमै रहेका नेपालीहरुको पलहमा संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरेका छन् ।
धनुषा जिल्ला वडा नम्बर ४, बफई गाविस स्थायी घर भएका ३२ वर्षिय सिताराम महराको साउदी अरबको जेद्दा थुवाल भन्ने शहरमा असमायिक निधन भएको थियो । मनोज धिमालको अगुवाईमा साउदीमै रहेका नेपाली, भारतीय, पाकिस्तानी र चाईनीजहरुबाट संकलित नेपाली रुपैयाँ ५८ हजार ९ सय ८५ रकम मृत्तक महराकी पत्नी रामदुलारीदेवी महरालाई प्रदान गरिएको हो ।
उक्त रकम बुधबार काठमाडौंको गौशलामा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पृथ्वीनारायण ओलीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । महराको शव हिजो काठमाडौं ल्याईएको थियो ।
धनुषा जिल्ला वडा नम्बर ४, बफई गाविस स्थायी घर भएका ३२ वर्षिय सिताराम महराको साउदी अरबको जेद्दा थुवाल भन्ने शहरमा असमायिक निधन भएको थियो । मनोज धिमालको अगुवाईमा साउदीमै रहेका नेपाली, भारतीय, पाकिस्तानी र चाईनीजहरुबाट संकलित नेपाली रुपैयाँ ५८ हजार ९ सय ८५ रकम मृत्तक महराकी पत्नी रामदुलारीदेवी महरालाई प्रदान गरिएको हो ।
उक्त रकम बुधबार काठमाडौंको गौशलामा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पृथ्वीनारायण ओलीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । महराको शव हिजो काठमाडौं ल्याईएको थियो ।
अमेरीका – सान् फ्रान्सिस्को सन्निवेलमा भएको सांक्रितिक र सन्नि सगरमाथाको ५औं साधारण सभाको कार्यक्रमा नयाँ एल्बम विमोचन भएको छ ।
अमेरीकाको सान् फ्रान्सिस्कोमा रहदै आएका बाबु आचार्य द्रारा रचित माया दिन्छु नामक गिती एल्बम सन्निवेल समाजका पूर्व अध्यक्ष तथा गितकार हरिहर दाहाल, वर्तमान अध्यक्ष वलराम पाण्डे, समाजसेवी आङ्दामु शेर्पा र ईष्वर सापकोटाले संयुक्त रुपमा विमोचन गर्नु भएको छ । एल्बममा शब्द बाबु आर्चायको रहेको छ ।
एक समारोहका विच उहाँहरुले विमोचन गर्नु भएको हो ।
यस कार्यक्रममा बरिष्ठ संगीतकार मदन दिप्बिन ,ख्याति प्राप्त गायिका सिबा बस्नेत,सुरज शाह र सान् फ्रान्सिस्को क्षेत्रका नेपाली दाजुभाई ,दिदिबहिनी समाजसेवीको पनि उपस्थिति रहेको थियो ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको नया च्याप्टरका रुपमा अनेसास पर्थ च्याप्टर गठन भएको छ / अष्ट्रेलियाको पर्थमा हालै गठन भएको उक्त च्याप्टरका अध्यक्ष साहित्यकार गणेश घिमिरे रहेका छन् / नियमित मासिक साहित्यिक भेटघाट हुदै आएको पर्थमा अनेसासको च्याप्टर गठनले नेपाली भाषा र साहित्यमा नया आयाम थप्न मद्दत पुग्ने विश्वाश अध्यक्ष घिमिरेको रहेको छ /
च्याप्टरमा धनकुमारी बरुवाल केसी (उपाध्यक्ष:), डा. सोनु यादब (सचिब) र
राजेश बुढाथोकी (कोषाध्यक्ष) रहेका छन् भने दिक्पाल देव पंगेनी, कमल सिलवाल , निरज छेत्री , उज्वल केसी र अर्जुन घिमिरे सदस्य रहेका छन् /
नव गठित च्याप्टरलाई स्वागत गर्दै अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा र साहित्यको बिस्तारमा अनेसासको महत्वपूर्ण भूमिका रहेको बताउदै विश्वका अन्य मूलुकमा पनि च्याप्टर गठनको प्रक्रिया अघि बढिरहेको जानकारी गराए/








