झापा । स्थापनाकाल देखी नै सामाजिक कार्यक्रममा अग्रणी भूमिका निभाई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो २९ औं सामाजिक कार्यक्रम तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ६ घर भई कामको शिलशिलामा दुर्घटना भई झापा स्थित बि.एण्ड सि. अस्पतलमा उपचार गराई हाल ससुरालिमा बसि उपचाररत रुप नारायण बसेललाई वहाँको निवासमा गई हाम्रो जन्मभूमि सामाजिक संस्थाका सञ्चालक समितिका सदस्य तुलसा श्रेष्ठको संयोजकत्वमा रु ३५ हजार नगद हस्तानतरण गरेको छ । उक्त अबसरमा समाजसेवी गिता अधिकारी र पार्वती जिको पनि उपस्थिति रहेको थियो ।
देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई संस्थाको तर्फबाट धन्यबाद सहित आगमी दिनहरुमा पनि यस्तै सहयोग र सदभावको आशा गरिएको छ ।
उक्त हस्तानतरण कार्यक्रममा संयोजक तुलसा श्रेष्ठले सबै सहयोगि मनहरुले दिनुभएको सहयोग र नामसहित वाचन गर्नु भएको थियो ।
यस वर्षको वर्षायाम शुरु भएदेखिनै मनशुन शुरु भएको छ र मनशुन संगै बाढी पहिरो बढेको छ । पटक पटक प्रकृतिले ठगिरहेको जिल्ला सिन्धुपाल्चोकमा यस वर्षपनि पिडा थपि दिएको छ । मिती २०७८/०३/०१ गते राति गएको दुःखद बाढीपहिरोले मेलम्ची र ईन्द्रावति नदीमा आएको भिषण बाढीले ठूलो धनजनको क्षेती भएको छ । ५० औँ जना बेपत्ता भएको,मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । हराई रहेका मध्यको ६ जनाको सव फेला परेको गृहमन्त्रालयले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल,क्रसरहरु नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा हाम्रो जन्मभूमि संस्थाले हाम्रो जन्मभुमि दैबिक प्रकोप बिपत उद्दार राहत उपसमिति गठन गरेर धमाधम राहत संकलन गरिरहेको छ । यस संस्थाले सुरक्षित तरिकाले राहत वितरण गर्ने भएकोले सामाजिक व्यक्तित्व र कार्य समितिबाट सहयोग सुरु भईसकेको छ इच्छुक सहयोगि व्यक्तिहरुले सहयोगि हातहरु अघि बढाउन संस्थाले अनुरोध गरेको। सहयोगि मनहरुले निम्न माध्यमबाट सहयोग गर्न सक्नुहुनेछ । संस्थाको खाताः ग्लोबल आईएमई बैंक सिन्धुपाल्चोक चौतारा शाखा बैंक खाता नम्बर i६०१०१००००४३२ साथै QR माध्यम बाट पनि सहयोग उपलब्ध गराउन सक्नुहुनेछ त्यसैगरि ईसेवा अनलाईन पेमेन्टबाट पनि सहयोग गर्न सक्नुहुनेछ । ईसेवा आईडी ९८४१८५१९२५ सहयोग उपलब्ध गराउनुहुने महानुभावहरुले सहयोग गरेको प्रमाण हाम्रो जन्मभूमिको ग्रुपमा पठाईदिनु होला हामी पारदर्शि रुपमा संस्थामार्फत जानकारी गराउँने छौं । उक्त सहयोग हस्तानतरण गरेको समयमा मेलम्चीबाट सकेसम्म प्रत्यक्ष प्रसारण गरेर तपाईहरुलाई जानकारी दिने छौं ।

काठमाण्डौ । विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आज एक भव्य समारोहको विच ३५ जना साहित्य प्रेमी गजलकारहरुलाई सम्मान गर्दै छ । शाखा इजरायलले प्रकाशन गरेको संयुक्त गजल संग्रह सगरमाथादेखी मृतसागरसम्मा कृततिको विमोचन समारोहमा उक्त कृतिमा गजल प्रकाशन गर्नेहरुलाई सम्मान गर्न लागिएको हो ।
अघिल्लो वर्ष उयत्कृष्ट शाखाको उपाधि पाएको यस शाखाको नयाँ कार्यसमिति पनि चयन हुदै छ । पुरानो टिमलाई हार्दिक बधाई दिदै नयाँ वन्ने टिमलाई अग्रिम शुभकामना ।
काठमाण्डौ । असाहय टुहुरा बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको न्यूज अभियान अक्षयकोष मार्फत असाहय टुहुरा बालबालिकाकोलागी संखुवासभामा जन्मिनु भएकी हाल अमेरिकामा रहेकी श्रेया दाहाल र उनको भाईको सहयोगमा नेपाली युथ लिडर ईन अमेरिका नामक संस्थाबाट संकलन भएको २० हजार रुपयाँ बेदनाथ दाहाल जो विश्व नेपाली साहित्य महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ (नेपाल आएको अबसर पारेर नयाँ वर्षको पावन अबसरमा एक समारोहको विच हस्तानतरण गरियो ।
उहाँले न्यूज अभियान अक्षय कोष मार्फत सहयोग गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गर्नु भयो ।
काठमाडौं । बाग्मती नदी सफाई अभियान १०० यौं हप्तामा प्रवेश गरेको उपलक्ष्यमा गत शनिबार मानव साङलोले घेरा हालेर ’बाग्मती सफा छ’ भन्ने विश्वास दिलाउन एका कार्यक्रम गरिएको थियो । तर सुन्दरीजल देखी चोभार सम्मको २८ किलोमिटर दुरी मानव साङलोले घेरा हालेर गरिएको कार्यक्रम सकिएको केही दिनमै बाग्मतीको पानी पशुपतिनाथ मन्दिरमा नचढाएको २५ वर्ष भैसकेको सुचना बाहिर आएको छ ।
पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जलले स्नान गराएर चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन नसकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण गरी जल चढाउन र स्नान गराउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
घृणित अपराध हो, पिडा बोध भयो -डीआईजी
काभ्रे । पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् ।
काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् । गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए । उनीहरु भाग्दै पनौती बसपार्क पुगे ।
सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए ।
बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए एक प्रहरी अधिकारीले भने तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् । भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।
काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।
काठमाण्डौ । संसारका अधिकांसमा पुरुषहरुको दब्दबा छ । सबै क्षेत्रमा पुरुषहरुकै बाहुल्यता छ र पुरुषले नै महिलामाथि अधिपत्य जमाउछ भन्ने आम धारणा पनि छ। पुरुषले महिलामाथि अत्याअचार गर्च, उनि पुरुषको दासी हुन् आदि मानसीक पनि पुरानै रो जस्तै भएको छ ।
तर संसारमा यस्तो देश पनि छ जहाँ पुरुषको भाउ कौडिको बराबर पनि छैन। ऊ केबल दास हो र उसलाई महिलाले जसरी चाहिन्छिन् त्यसै गरि प्रयोग गर्न सक्छिन्। हो, कुरा एउटा यस्तो देशको जुन तपाईहरुले बिरलै सुन्नु भएको होला तर यो वास्तबमा देश भन्दा पनि यौन धन्दा चलाउनको लागि १६ औं शताब्दिमा बनाइएको एक ठुलो कोठि हो भन्दा फरक पर्दैन। तर यसको आफ्नै मुद्रा छ, अर्थतन्त्र छ, झण्डा छ अनि सुरक्षा फौज पनि छ ।
त्यहि देशमा एक महिलाले शासन गर्छिन् र त्यहाँको अधिकांस नागरिक पनि महिला नै छन्। ‘पुरुष माथि महिलाको शासन’ नारा भएको यस देश एक भिन्न देश जो १९९६ मा यूरोपियन देश चेक रिपब्लिकबाट बनेको हो। यस देशको रानी पैट्रिसिया हुन्, जसको यहाँ एकछत्र शासन चल्छ।
यध्यपि यसको अहिलेसम्म अन्तराष्ट्रिय मान्यता दिएको छैन। यसको राजधाअनिको नाम काला शहर हो। अदर वर्ल्ड किङ्डम नामक चेक रिपब्लिकभित्रै भएको यस देशको आफ्नै झण्डा,मुद्रा र सुरक्षा फौज छ।
यो देशमा पुरुषलाई दासको रुपमा हेरिन्छ। यहाँ अर्को देशबाट जाने पुरुषहरुले रानिको लागि सोफा वा कुर्सी बनाउनु पर्छ जसमा रानि बस्छिन्। जब दासलाई पानी पिउने अनुमति हुन्छ तब त्यो पहिले मालिक्निको खुट्टामा राखिन्छ अनि मात्रै पिउन दिइन्छ। महारानी पैट्रिसियालाई देशको कानून परिवर्तन गर्ने पुरा अधिकार दिएको छ। कुनै पनि महिला जो जवान भइसकेको र सहमतिमा यौन सम्बन्ध राखन् सक्ने छ। हरेक महिलाको कम्तिमा एक पुरुष नोकर हुन्छ। नागरिक भएबापत पाइने सुबिधाहरु तीन हेक्टयर अर्थान ७।४ हेकर जमिनमा फैलिएको यस देशमा थुप्रै घरहरु छन्।
२५० मीटरको ओवल ट्र्याक, एक साअनो झील र घासे मैदान पनि छ। मुख्य घर महारानीको महल हो। यहां खाना खाने हल, लाइब्रेरी, दरबार, यातना गृह, स्कूल रूम, जिम र कैदि राख्ने जेल पनि छ। यी बाहेक यहाँ स्विमिंग पूल, रेस्टुरेंट र वांडा नाइटक्लब पनि छ। एजेन्सिको सहयोगमा
सुत्केरी हुने समयमा गर्भवती महिलालाई धेरै पीडा हुन्छ । त्यो पीडा संसारका कुनै पनि मानिसमा हुँदैन् । त्यो पीडा कम गराउन महिलाहरु अस्पताल जाने गर्छन् । तर, बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलाले डाक्टरसँगै यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको अस्पताललले जनाएको छ । अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ ।
उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन । चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् ।
करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ । एजेन्सी ।
काठमाडौं । कतार र नेपालबीच वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाइफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।
वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले मंगलबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वार्ताका क्रममा नेपालले कतारमा कार्यरत एक लाखभन्दा बढी नेपालीको सुरक्षाको प्रत्याभूति, दक्ष एवं व्यावसायिक श्रमिक लिन तथा उनीहरूलाई कार्यस्थलमा जानुअघि पूर्वअभिमुखीकरण तालिम उपलब्ध गराउन र वैधानिक कागजपत्र नभएकाहरूलाई प्रायोजक परिवर्तनलगायत समस्यामा परेकाहरूलाई सहयोग गर्न अनुरोध गरेको थियो । कान्तिपुरमा समाचर छ ।
नेपालको अनुरोधप्रति कतारी प्रतिनिधिमण्डलले सकारात्मक जवाफ दिएको तथा कामदारहरूको तलबभत्ता उनीहरूको बैंक खातामा जम्मा गर्ने प्रावधान रहेको जानकारी दिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
कतारलाई आवश्यक भएका कामदार र तिनको मागपत्रका साथै रोजगारीको करारपत्रको प्रमाणीकरण गर्न कतारी रोजगार विभागलाई नेपाल सरकारका तर्फबाट गरिएको अनुरोधलाई पनि कतारले सकारात्मक लिएको छ । नेपाली कामदारको व्यवस्थापन र अभिलेखीकरणमा कतारले गर्दै आएका कामबारे जानकारी लिन दुईजना नेपाली सञ्चार प्राविधिज्ञलाई कतार पठाउन गरेको आग्रहलाई नेपालले स्वीकार गर्दै यथासक्य छिटो सञ्चार प्राविधिज्ञ पठाउने जवाफ दिएको उक्त मन्त्रालयले जनाएको छ ।
वार्तामा दुवै मुलुकले वैदेशिक रोजगारीसम्बन्धी सूचना आदानप्रदान गर्ने तथा गैरकानुनी काम गर्नेहरूलाई कानुनको दायरामा ल्याउने सहमति जनाएका थिए । साथै श्रम सम्बन्धलाई अझ घनिभूत तुल्याउन दुवै मन्त्रीबीच सहमति भएको छ ।
मन्त्री खुलाइफीले राज्यमन्त्री गुरुङलाई कतार भ्रमणका लागि गरेको आमन्त्रणको सहर्ष स्वीकार गर्दै उनले उपयुक्त समयमा कतार आउने जानकारी गराएका थिए ।
काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। ‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे।
एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौन जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई। हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन।
सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘सेक्सरसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। ‘कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त,’ एकजना बोले।
अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए।
त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई। ‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्।
यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो।
अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, ‘उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्।
त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि,’ मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्यो कि ‘बाआमाले मार्छन्’ भन्दै तर्किन्छन्।
त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। ‘उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,’ उनले भने, ‘गजबको उपाय फुर्यो त्यसपछि।’ अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो।
महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्। सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ। सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्।
अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन’ पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,’ डिएसपी सिंह भन्छन्।
हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि।’ उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। ‘रिझाउन र भिजाउन’ सके प्रहरी ‘लाइनमा आउने’ व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।’
‘आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?’ डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्।
भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए। -दैनिक नेपाल
मुम्बइ । मुम्बइको एक रेष्टुरेन्टमा आमिरको साथमा उनकी पहिली श्रीमती रिना दत्त संगै देखिएकाछन् । सन् १९८६ मा बैबाहिक जीबनमा बाधिएका आमिर र रिनाले १५ बर्ष लामो बैबाहिक सम्बन्ध तोडेका थिए ।
रिनाले छोडेपछि एक्लीएका अमीरलाई साथ दिइन् किरण रावले ।
अक्सर सेलेब्रेटीहरु आफ्नो प्रेम सम्बन्धलाई लुकाउने प्रयास गर्छन । आफ्नो प्रोफेसनल लाइफलाई निजी प्रसंगले नकरात्मक असर पुग्ने सोच सेलेब्रेटीको हुने गर्छ । कतिपयले त आफ्नो फ्यान घट्ने कारण पनि कसैसँगको सम्बन्ध गोप्य राख्छन । तर काँचको पर्दामा स्थापित हुने धुनमा रहेको नायिका तथा मोडल सपना लामिछानेले भने कुरा लुकाइनन् ।
एक बर्षअघि सम्म सिंगल छु भन्दै हिड्ने गरेकी सपनालाई नमस्तेफिल्मीले फेरी प्रश्न गर्यो ‘कति भयो लभ परेको’?‘त्यहि एक बर्ष हुन लाग्यो’उनले भनिन ।
‘को हो नि ब्वाइफ्रेन्ड’ ? प्रश्न सुन्नेबित्तिकै उनी बोल्न थालिन बिनोद ढुङगेल । कोटेश्वर बस्नुहुन्छ । बिजनेस गर्नुहुन्छ ।
सपनाले केहि नमानी सरर बताएपछि , ‘बिहे चाँहि कहिले गर्ने त । अब छिट्टै, धेरै कुर्न सक्दैनौ ।
उनको जवाफ आयो । आफुहरुमा एकदमै बिश्वास र केयरिङ भएको पनि उनले बताइन । @नमस्तेफिल्मी
काठमाडौं : भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन्।
प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेका थिए।
दिनभरको मौसम सुर्खेत उडानका लागि योग्य भए पनि प्रधानमन्त्रीले उड्ने समय मिलाउन सकेका थिएनन्। उनको उडान बिहान ९ बजेका लागि तय गरिएको थियो तर नभ्याएको भन्दै समय सार्दै साँझ पारिएको थियो।
विमानस्थल कार्यालयले भने साँझ ५ बजे पनि उडानयोग्य मौसम भएको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएको थियो।
तर सैनिक पाइलट महासेनानी भुवन श्रेष्ठले सुर्खेतको निर्धारित ठाउँमा पुग्दै अँध्यारो भइसक्ने र फर्केर आउन नसकिने कारण देखाउँदै उडान गर्न मानेनन्।
सैनिक स्रोतका अनुसार मिलेसम्म
उडान गर्न सैनिक पाइलटलाई भनिएको थियो। तर अतिविशिष्ट व्यक्तिको उडानमा दबाब र 'रिस्क' लिन समस्या पर्ने तथा जाँदा र फर्कंदा कम्तीमा पाँच घन्टा समय आवश्यक पर्ने भन्दै उडान गर्न अस्वीकार गरिएको थियो।
नेपाली सेनाको हवाई महानिर्देशनालयले मंगलबार साँझको उडान हुन नसक्ने कारणसहितको रिपोर्ट प्रधानमन्त्रीको सचिवालयलाई मौखिक रूपमा दिए पनि त्यसको बेवास्ता गर्दै कोइराला विमानस्थल पुगेका थिए। पाइलटले बबई जाँदा अवतरण गर्नुपर्ने हेलिप्याड दुई डाँडाको बीच खोंचमा रहेकाले अँध्यारोको उडान उपयुक्त नहुने तर्क गरेको स्रोतले बतायो।
पुगेर शिलान्यासमात्र गरी नेपालगन्जसम्म फर्कन सकिने वा साँझ नेपालगन्ज बसेर बुधबार बिहानै शिलान्यास गर्न पुग्नेगरी कार्यक्रम बनाउन सेनालाई भनिए पनि दुवै अनुपयुक्त भएको जबाफ दिइएको थियो।
बुधबार बिहान मौसमले साथ नदिए राष्ट्रपति चीनबाट फर्कंदा स्वागत गर्न विमानस्थलसम्म पुग्न कठिनाइ हुने अर्को कारण पनि थपिएपछि प्रधानमन्त्री विमानस्थलबाट बालुवाटार फर्किएका थिए।
उपप्रधान एवं गृहमन्त्री गौतम भने बिहानदेखि नै प्रधानमन्त्रीलाई कुर्दै विमानस्थलमा बसेका थिए।
दुई घन्टा बस्दा पनि प्रधानमन्त्री आउने छाँट नभएपछि समय बिताउन उनले अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रका अध्यागमन र प्रहरी कार्यालय निरीक्षण गरेका थिए।
प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सोमबार नै शिलान्यास गर्न सुर्खेत जाने भन्दै आयोजकले खसी नै ढालेर तयारी गरे पनि मौसम प्रतिकूलताले उडान हुन सकेको थिएन। प्रधानमन्त्रीले शिलान्यास कार्यक्रम बिहीबार सार्न आयोजकलाई निर्देशन पठाएर विमानस्थलबाट फर्केको स्रोतले बतायो।
सेनाको एमआई-१७ हेलिकोप्टरमा भीभीआईपी उडान गराउँदाको खर्च सेनालाई प्रधानमन्त्री कार्यालयले तिर्ने भन्दै उडानको व्यवस्था मिलाउन सेनालाई पत्र लेखिएको थियो।
आसफोर्ड, युके, । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ ।
निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल बुटवलका डा. काफ्ले विगत ११ बर्षदेखि ताइवानमा रहदै आउनु भएको छ भने वहाले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्याबारिधि गर्नुभएको हो । वहा यसअघि केन्द्रीय सदस्यको रुपमा क्रियाशिल हुनहुन्थ्यो । अनलाइन साहित्यिक पत्रिका ‘मुलवाटो’ को सम्पादन गर्दै आउनु भएको थियो ।
त्यस्तै गरि डा. गोविन्दराज भट्टराईलाई पनि दोस्रो पटक सल्लाहकारमा चयन गरेको छ र आसमका साहित्यकार रेवतीरमण तिमिल्सिनालाई केन्द्रीय पार्षदमा मनोनयन गरेको छ ।
बैठकले निर्वतमान महासचिव काँईला कार्यालयको जिम्मेवारीमा बढुवा हुनुभएकोमा बधाई प्रस्ताव पारित गरयो । काँइलाले कार्यालयको जिम्मेवार बढेको कारण समयदिन नसकेकोले राजीनामा दिनुभएको थियो । अत्यन्तै सक्रिय रहनुपर्ने पद छोडेर आजीवन सदस्य रही महासङ्घको हितमा निरन्तर काम गर्ने निवर्तमान महासचिव काँइलाले प्रतिबद्धता जनाउनु भयो ।
बैठकमा तत्कालै ३ वटा मुलुकमा नयाँ शाखा विस्तार हुनेकुरा पनि जानकारी गराइएको थियो । औपचारिक बैठकको विषर्जन लगतै गजल र कतिाहरु वाचन गरिएको थियो । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् । सबै शाखाहरुलाई नयाँ बर्षमा विभिन्न साहित्यिक कार्यक्रम गर्न बैठकले निर्देशन जारी गरेको छ ।
काठमाण्डौ । किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। तर अहिले मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढदै गएको छ । कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही महत्वपूर्ण जानकारी:
१- पानी कम पिउने
य
दि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।
२- नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।
३- पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
४- गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
५- पोषणको
अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन-ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।
६- मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।
७- अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८- चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
९- पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ।
१०-जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।
काठमाडौं । आफ्नो आगामी होम प्रोडक्सन फिल्म ‘रामप्यारी’मा अभिनेत्री रेखा थापाले आफ्नी दिदीका छोरालाई डेब्यू गराउने भएकी छन्। उनले आफ्नी जेठी दिदी पारू अधिकारीका छोरा आभाष अधिकारीलाई ‘हिरो’का रुपमा डेब्यू गराउन लागेकी हुन्।
‘रामप्यारी’मा डेब्यू गर्नका लागि २१ वर्षीय आभाषले वरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग अभिनय प्रशीक्षण लिएका छन् भने नृत्य प्रशीक्षण पनि लिइरहेका छन्। नयाँ नयाँ हिरोहरुलाई ‘चान्स’ दिइरहेको बताउँदै आइरहेकी रेखाले यसपाली भने घर भित्रैको सदस्यलाई ‘चान्स’ दिएकी हुन्।
फिल्ममा आभाषले यसै वर्ष ‘आभाष’ फिल्मबाट डेब्यू गरेकी आश्मा डिसीसँग डेब्यू गर्ने बताइएको छ।
फिल्ममा ‘आभाष’ एक विदेश जान उद्धत वेरोजगार युवाको भूमिकामा हुनेछन। उनी फिल्मका एक्ला पुरुष लिड कलाकार हुन्।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने ‘रामप्यारी’को वैशाख १ गतेदेखि फ्लोरमा जानेछ। ‘रामप्यारी’मा रेखा महिला टेम्पो ड्राईभरको भुमिकामा अभिनय गर्दैछिन्। रेखाको अपोजिट कुनै अभिनेता हुने छैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सञ्चालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा देशको सुरक्षामा असर पर्ने भन्दै विज्ञहरूले आपत्ति जनाए पनि सरकारले भने आफ्नो तयारीलाई थप तीव्रता दिएको छ।
सरकारले चुस्त व्यवस्थापनका नाममा अध्यागमन जिम्मा भारतीय निजी कम्पनीलाई दिने तयारी अघि बढाएको खुलेको छ।
राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिने अध्यागमन सञ्चालन र व्यवस्थापन जिम्मा अर्थ मन्त्रालयको सहमतिमा गृहले १५ वर्षका लागि निजी क्षेत्रलाई दिन प्रस्ताव गरेपछि भारतीय एक कम्पनीसँग डिल गर्न अर्थमन्त्री रामशरण महत आफैं अघि सरेको नागरिक दैनिकमा खबर छ।
अर्थको सहमतिमा गृहले पेस गरेको प्रस्ताव मन्त्रिपरिषदको राजनीतिक समिति हुँदै आर्थिक तथा पूर्वाधार समितिमा अन्तिम निर्णयका लागि छलफल क्रममा छ।
समितिको मंगलबार बसेको बैठकले विदेशी कम्पनीलाई दिने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग समन्वय गरी मोडालिटी तयार गर्न अर्थ, राष्ट्रिय सतर्कता, प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार सचिव, गृहसचिव, सूचना प्रविधि र अध्यागमन विभागका महानिर्देशक रहेको उपसमिति गठन गरेको थियो।
काठमाण्डौ । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो। यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो। यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ ।
ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिर परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो ।
भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ। यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ।
ईपीएस कोरिया शाखाका अनुसार उपत्यका बाहिर डडेलधुरा, बुटवल पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिने छ। खबर आजको अन्नपूर्णमा छापिएको
बुटवल । बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका एसएलसीका प्रतिभाशाली परीक्षार्थी सुदीप अधिकारी आइतबारदेखि बेपत्ता भएपछि अपहरणको आशंकामा प्रहरी र अभिभावकले खोजी अभियान तीव्र पारेको खबर आजको अन्नपूर्ण पोस्टमा महेन्द्र थापाले लेखेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देही एसपी राजेन्द्र ढकालका अनुसार सोमबार बेलुकादेखि बुटवलको राजमार्ग र जंगल क्षेत्रमा दुई सय प्रहरी परिचालन गरी खोजी तीव्र पारिएको छ । भारतीय सीमावर्ती नाका बेलहिया-सुनौलीदेखि गोरखपुरसम्म पनि प्रहरी परिचालन गरी खोजी भइरहेको जानकारी उनले दिए ।
न्यु होराइजनका पि्रन्सिपल लोकनाथ उपाध्यायका अनुसार अधिकारी प्रतिभाशाली छात्र हुन्। उनले गत सेन्टअप परीक्षामा गणित विषयमा ९९ अंक ल्याएका थिए।
आइतवार एसएलसीको गणित विषयमा ९७ अंकको प्रश्न हल गरेपछि उनी निराश भएका थिए।
साँझ पाँच बजेतिर साथी कहाँ पढ्न जान्छु भनि निस्केका अधिकारी सोमबार बिहान ८ बजे परिक्षामा सहभागी नभएपछि विद्यालय र घरपरिवारमा तनाव भएको थियो। सबैजना मिलेर उनको साथीको घर, आफन्त र बुटवल क्षेत्रमा खोजी गरेपनि पत्तो नलागेपछि प्रहरीसँग गुहार मागिएको हो।