आज विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइदै

काठमाण्डौ । २३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । दिगो विकासका लागि प्रविधिमा प्रतिवद्धता भन्ने नाराका साथ अपाङ्गताको क्षत्रमा कार्यरतसरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । दिवसका अवसरमा राष्ट्रिय अपराङ्ग
महासंघ नेपालले अहिले भृकुटीमण्डपबाट र्‍यालि निकालेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको २ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । सन् १९९२ मा संयुक्त राष्ट्रसंघले डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।
यसैबीच दृष्टिविहनि तथा अल्पदृष्टियुक्त व्यक्तिहरुले छुट्टै परीक्षा ऐन र स्पष्ट निर्देशिकाको व्यबस्था हुनुपर्ने माग गरेका छन् । तालिम प्राप्त शिक्षक र शैक्षिक सामाग्रीहरुको अभावका कारण गणित र विज्ञान विषयका परीक्षा दृष्टिविहिनका लागि चुनौतीपूर्ण रहेको उनीहरुको भनाई छ । कक्षा ९ देखि दृष्टिविहिनका लागि गणित विषयलाई ऐच्छिक बनाइनुपर्ने उनीहरुले माग गरेका छन् ।

0 comments

Write Down Your Responses