चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

शिशिर सिंखडा, रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग भएको छ । मारवाडी सेवा समाज चितवनले केन्द्रमा खाद्यान्न अभाव भएको थाहापाएपछि आज २५ वोरा चामल,दाल,आलु, चना लगायतका सामाग्रीहरु सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विके सहित केन्द्रमा पुगेको मारवाडी सेवा समाजको टोलीले केन्द्रका अध्यक्ष अध्यक्ष केपीकिरण शर्मालाई सो सामाग्री हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विकेले केन्द्रलाई चेपाङ सांकृतिक संग्रहालयको रुपमा विकास गरी वालवालिकाको शिक्षा,स्वास्थ्य एवम आवासको लागि आफुले सहयोग गर्ने बताउनुभयो ।
 केन्द्रका अवस्था हेरपछि उहाँले चेपाङ वालवालिकाको शिक्षाको लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । मारवाडी परिषदका केन्द्रीय उपाध्यक्ष उमाशंकर अग्रवालले केन्द्रलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै केन्द्रको दीगो व्यवस्थापनको लागि आफु र आफनो संस्थाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी चितवन सिमा सुरक्षा प्रमुख प्रहरी उपरीक्षक सम्भूप्रसाद उप्रेती,गढीमाई गण भण्डाराका प्रमुख प्रहरी उपरीक्षक राजु अधिकारी, गढीमाई गण भण्डाराका प्रहरी नायव उपरीक्षक सञ्जय भट्टराई, मारवाडी सेवा समाज चितवनका अध्यक्ष प्रमोद चाचान,चेपाङ अगुवा झ्यापुराम चेपाङ,केन्द्रका सचिव दीपेन्द्र बडुवाल,सदस्य शिशिर सिंखडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 खाद्यान्न वितरण कार्यक्रममा सहभागी हुन आउनुभएको प्रमुख जिल्ला अधिकारी विके सहितको टोलीले केन्द्रको अवलोकन समेत गरेको थियो ।

,

0 comments

Write Down Your Responses