अब जथाभाबी गाडी रोक्ने यात्रु पनि कारबाहीमा
कुनै बेला राजधानीको ट्राफिक प्रहरी वृत्तमा ′जहाँ जाम त्यहाँ सीताराम′ भन्ने भनाइ चलेको थियो । अहिले पनि ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूको कारबाहीको प्रभाव सार्वजनिक सवारीसाधनका चालकमा छ। यम मिच्ने चालक र कारबाही गर्ने ट्राफिक प्रहरीबीचको दूरी बढिरहेका बेला सीतारामले बुधबारदेखि नयाँ काम थालेका छन् ।
दरबारमार्ग प्रभागमा रहेका बेला चालक र पैदलयात्रीलाई फूल र फलफूल बाँडेर नियम मान्न बाध्य बनाएका हाछेथूले अहिले ललितपुरका विभिन्न १० स्थानमा सार्वजनिक गाडी रोक्ने ′बस स्टप′ बनाएका छन्।
तोकिएको स्थानबाहेक अन्यत्र रोक्ने चालकमाथि उनले कारबाही सुरु गरेका हुन् । यात्रु चढाउन मनपरी ढंगले सडकमा गाडी रोक्दै आएका चालक अहिले डराउन थालेका छन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
0 comments
Write Down Your Responses