एभरेष्ट बैंकले काठमाडौं र ललितपुरमा थप्यो तीन वटा एटिएम
सेवाग्राहीलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एभरेष्ट बैंकले काठमाण्डौ उपत्यकाको तीन ठाँउमा एकसाथ एटिएम सेवा सुरु गरेको छ । पुतलिसडकको शेयरमार्केट कम्प्लेक्स, त्रिपुरेश्वर चोक र पाटनको मंगलवजारमा एटिएम सञ्चालन गरिएको छ । तीन वटा एटिएम थपिएपछि बैंकको एटिएम संख्या ८० पुगेको छ ।
बैंकका बरिष्ठ सञ्चालक अरुणमान शेरचनले उक्त एटिएम सेवाको समुद्घाटन गरे । एटिएम उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारी तथा बैंकका पदाधिकारीको पनि उपस्थिति थियो ।
बैंकले हाल ५३ वटा शाखा, पाँच एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८० एटिएम साथै भारतको नयाँ दिल्ली स्थित आफ्नो सम्पर्क कार्यालयबाट समेत ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।
बैंकले आफना उत्कृष्ट कारोवार तथा सेवाहरुका लागि सर्वोत्कृष्ट व्यवस्थित कमर्सियल बैँक तथा वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता लगायतका सम्मान समेत प्राप्त गरेको बताउदैँ भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारी मार्फत आफ्नो कारोवारको वृद्घि गर्दै देशकै प्रमुख बैंकको रुपमा उभ्याउन सफल भएको जानकारी दिइएको छ ।
0 comments
Write Down Your Responses