दोहा, कतार - तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको समाचार छ । गत शुक्रवार जनवरी ३० तारिखका दिन फेमस रेष्टुरेण्टको सभा हलमा उक्त साधारणसभा सम्पन्न भएको थियो ।
सहकारीका अध्यक्ष बुधबल तमूको सभापतीत्वमा सम्पन्न उक्त साधारणसभामा तमू (गुरुङ) समाज कतारका अध्यक्ष कृष्ण तमू प्रमुख अतिथि थिए भने तमू समाजका संरक्षक बिलबहादुर तमू, निर्देशक सल्लाहकार बिमल तमू र संस्थापक अध्यक्ष रामबहादुर तमू विशेष अतिथिको रुपमा उपस्थित थिए । प्रमुख अतिथिले द्विप प्रज्वल्लित गरि उदघाटन गरिएको साधारणसभालाई सहकारीका सदस्य सचिव तथा कार्यकारी अधिकृत जगन तमूले सञ्चालन गरेका थिए । कोषाध्यक्ष बुद्ध तमूले स्वागत मन्तब्य राखेका थिए ।
सहकारीले वर्ष भरिमा गरेको कार्यहरुको विवरण अध्यक्ष स्वयं बुधबल तमूले प्रस्तुत गरेका थिए । विगतमा तय भएका कार्यक्रमहरुको प्रगति विवरण र आर्थिक कारोवारको पुर्ण विवरण सभामा प्रस्तुत पछि बिस्तृत छलफल गरिएको थियो ।
सहकारीलाई अरु प्रभावकारी बनाउनु पर्ने र यसले लिएको लक्ष हासिर गर्न सबै सेयर धनिहरु सकृय रुपमा लाग्नु पर्ने बताईयो । साथै धेरै तमूहरुलाई यस सहकारीमा समावेस गर्न समय सापेक्ष आकर्षक कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता पनि औल्याइयो । यसरी विचार ब्यक्त गर्ने वक्ताहरुमा तमू समाजका संरक्षक बिलबहादुर तमू, निर्देशक सल्लाहकार बिमल तमू, संस्थापक अध्यक्ष रामबहादुर तमू आदि थिए । सहकारी वारेमा अझै पनि हाम्रो समुदायका सदस्यहरुलाई जानकारी गराउनु पर्ने आश्यकता रहेको देखियो । तमू समुदाय ब्यापर ब्यावसायको क्षेत्रमा निकै पछाडी परेको छ । त्यसैले यस्ता आर्थिक कारोवारमा हाम्रो संलग्नता हुनु अति आवश्यक छ भन्दै कार्यकारी अधिकृत जगन तमूले सबै तमूहरुलाई यसमा सहभागि हुन आव्हान गरे ।
अध्यक्ष बुधबल तमूले प्रस्तुत गरेको प्रगति प्रतिवेदन उपर ब्यापक छलफल पछि सर्वसम्मतले पारित गरि विभिन्न निर्णयहरु समेत गरेको छ ।
सहकारीबाट भएको खुद नाफाबाट निश्चित प्रतिशत सामाजिक सेवामुलक क्षेत्रमा लगाउने र सोको लागि तमू समाज कतारलाई जिम्मेवारी दिने निर्णय गरियो । त्यसै गरि यस तेश्रो साधारणसभाले आगामी दुई वर्षको लागि पुन बुधबल तमूको अध्यक्षतामा नया“ कार्यसमिति समेत चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रस (शिव) तमू, सचिव जगन तमू, कोषाध्यक्ष बुद्ध तमू र सदस्यहरुमा क्रमशः खेम तमू, मदन तमू, खुशी तमू, पमबहादुर तमू, हरीकाजी तमू, टौमाया तमूस्यो र धनराज तमू चयन भएका छन भने लेखा परिक्षकमा बिलबहादुर तमू नियुक्त भएका छन ।
तमू सहकारीको तेश्रो साधारणसभा सम्पन्न
0 comments
Write Down Your Responses