फुलकन्ट्याक्ट कराते भोलि

सिनामंगल उप डोजो तथा ल्यान्डमार्क फाउन्डेसन स्कुलको संयुक्त आयोजनामा चौथो विद्यालयस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुँदैछ । जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक उपडोजोकी प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । 

७० पुरुष खेलाडीले ७ तथा ६० महिला खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । एकदिने प्रतियोगिताका खेलहरु गैरीगाउँस्थित ल्यान्डमार्क स्कुलमा हुनेछ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।

0 comments

Write Down Your Responses