केजरीवाल अगाडि भए पछि भारतिय प्रधानमन्त्रीको बधाई

नयाँदिल्ली । दिल्ली विधानसभाको ७० सिटका लागि भएको चुनावको मतगणना मतगणनाअनुसार आम आदमी पार्टी ६६ सिटमा अगाडि छ । दिल्ली विधानसभामा बहुमत पक्का गरेको आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई समेत दिएका छन् ।
 दिल्ली विधानसभाको ७० सिटका लागि फेव्रुअरी ७ मा भएको चुनावको मतगणना जारी रहेकै बेला मोदीले केजरीवाललाई बधाई दिएका हुन् । उनले फेसबुक तथा ट्विटरमार्फत केजरीवाललाई बधाई दिएको भारतीय सन्चार माध्यमले जनाएकाछन् । @ agency

,

0 comments

Write Down Your Responses