हाम्रो जन्मभुमि दैबिक प्रकोप बिपत उद्दार राहत उपसमिति गठन

यस वर्षको वर्षायाम शुरु भएदेखिनै मनशुन शुरु भएको छ र मनशुन संगै बाढी पहिरो बढेको छ । पटक पटक प्रकृतिले ठगिरहेको जिल्ला सिन्धुपाल्चोकमा यस वर्षपनि पिडा थपि दिएको छ । मिती २०७८/०३/०१ गते राति गएको दुःखद बाढीपहिरोले मेलम्ची र ईन्द्रावति नदीमा आएको भिषण बाढीले ठूलो धनजनको क्षेती भएको छ । ५० औँ जना बेपत्ता भएको,मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । हराई रहेका मध्यको ६ जनाको सव फेला परेको गृहमन्त्रालयले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल,क्रसरहरु नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा हाम्रो जन्मभूमि संस्थाले हाम्रो जन्मभुमि दैबिक प्रकोप बिपत उद्दार राहत उपसमिति गठन गरेर धमाधम राहत संकलन गरिरहेको छ । यस संस्थाले सुरक्षित तरिकाले राहत वितरण गर्ने भएकोले सामाजिक व्यक्तित्व र कार्य समितिबाट सहयोग सुरु भईसकेको छ इच्छुक सहयोगि व्यक्तिहरुले सहयोगि हातहरु अघि बढाउन संस्थाले अनुरोध गरेको। सहयोगि मनहरुले निम्न माध्यमबाट सहयोग गर्न सक्नुहुनेछ । संस्थाको खाताः ग्लोबल आईएमई बैंक सिन्धुपाल्चोक चौतारा शाखा बैंक खाता नम्बर i६०१०१००००४३२ साथै QR माध्यम बाट पनि सहयोग उपलब्ध गराउन सक्नुहुनेछ त्यसैगरि ईसेवा अनलाईन पेमेन्टबाट पनि सहयोग गर्न सक्नुहुनेछ । ईसेवा आईडी ९८४१८५१९२५ सहयोग उपलब्ध गराउनुहुने महानुभावहरुले सहयोग गरेको प्रमाण हाम्रो जन्मभूमिको ग्रुपमा पठाईदिनु होला हामी पारदर्शि रुपमा संस्थामार्फत जानकारी गराउँने छौं । उक्त सहयोग हस्तानतरण गरेको समयमा मेलम्चीबाट सकेसम्म प्रत्यक्ष प्रसारण गरेर तपाईहरुलाई जानकारी दिने छौं ।


0 comments

Write Down Your Responses