चितवनमा बोक्सी आरोपीकाका छोराछोरीलाई २५ हजार हस्तान्तरण

रत्ननगर (चितवन), ३ माघ - चितवनको माडीमा–२ वर्षअघि कथित बोक्सी आरोपमा मारिएकी ढेगनीदेवी महतोको घटनामा आधारित चलचित्र रक्तभोगको आज चितवनमा च्यारिटी सो गरिएको छ । सत्य घटनामा आधारित चलचित्र भएकाले सन्देशमूलक भएको दर्शकले प्रतिक्रिया दिएका छन् । सामाजिक कुरीतिविरुद्ध एकताका लागि चलचित्रले सहयोग पुग्ने सहभागीले प्रतिक्रिया दिए ।
दर्शक चलचित्र हेर्दा भावविह्वल भएका थिए । उक्त चलचित्रको च्यारिटी सोमा सबैभन्दा बढी रु २५ हजारको टिकट लिने सप्तगण्डकी डिपार्टमेन्टल स्टोर्सकी सञ्चालक गङ्गा खड्कालगायतलाई सम्मानसमेत गरियो । खड्काबाट प्राप्त रकम आजै उक्त घटनामा मारिएकी ढेगनीदेवी महतोका छोराछोरी समिर र मीनालाई हस्तान्तरण गरिएको थियो । एक घन्टाको चलचित्र ‘रक्तभोग’ चितवनको माडीस्थित साविक बघौडा गाविस वडा नं २ को एक गाउँमा २०६८ साल फागुन ५ गते भएको घटनामा आधारित छ ।
उक्त घटनामा स्थानीय ढेगनीदेवी महतोलाई कथित बोक्सीको आरोपमा आफ्नै परिवारले सामूहिक रुपमा कुटपिट गरी मारेका थिए । झाँक्रीकै कारण उनलाई बोक्सीको आरोपमा मारिएको भन्दै त्यसको नियन्त्रणका लागि लाग्नुपर्ने सन्देश चलचित्रमा रहेको छ । करिब रु ३० लाखको लागतमा निर्माण भएको चलचित्रमा ढेगनीदेवीको भूमिकामा कलाकार सारिका घिमिरे हुनुहुन्छ ।

,

0 comments

Write Down Your Responses