एमाओवादीसँग पार्टी एकता गर्ने बैद्य माओवादीकाे निर्णय

काठमाडौ – मोहन बैद्यले नेतृत्व गरेकाे नेकपा-माओवादीले एमाओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेकाे छ । बैद्य माओवादीको केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे । यस्तै यसकाे पहल गर्ने जिम्मा स्थायी समितिलाई दिएकाे बैद्य माअाेवादीले जनाएकाे छ । बैठकले तत्काल मुद्दाका आधारमा एमाओवादी मोर्चासँग सहकार्य गर्ने निर्णय समेत गरेको छ । प्रचण्ड नेतृत्वको एमाओवादी र बैद्य माओवादीबीच तत्कालीन कार्यनीतिमा संविधानसभालाई हेर्ने दृष्टिकोण र रणनीतिक कार्यनीतिमा संसदवादको विकल्पमा नयाँ जनवादबारे फरक मत देखिएको छ ।
 बैद्य माओवादीको केन्द्रीय समिति बैठकले फागुन १ देखि चैत २४ गतेसम्मको संगठन सुदृढीकरण तथा संघर्षका कार्यक्रम समेत पारित गरेको छ । बैद्य माओवादीको केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्यूरोमा नेताहरुको बढुवासमेत गरेको छ । पदाधिकारी टीम भने पुरानै कायम छ । माओवादीले स्थायी समितिमा पार्टी प्रवक्ता पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, नारायण शर्मा र कुलप्रसाद केसीलाई बढुवा गरिएको छ । त्यस्तै केही केन्द्रीय सदस्यलाई पोलिटब्युरोमा बढुवा गरिएको छ ।

पोलिटब्युरोमा बढुवा हुनेमा नेवाः राज्य इन्चार्ज दिनेश शर्मा, केन्द्रीय कार्यालयका सेक्रेटरी श्रीराम ढकाल, सूर्यप्रकाश सुवेदी, श्रीनाथ अधिकारी, चन्द्रहरि सुवेदी, सुरेश आलेमगर, पूर्ण घर्ती, महेश्वर दाहाल, सावित्री काफ्ले, अमृता थापा, यशोदा सुवेदी, पवनमान श्रेष्ठ, मायाप्रसाद शर्मा, दिलिप प्रजापति, रामप्रसाद आचार्य र लक्ष्मण पन्त छन् । अब बैद्य माओवादीको केन्द्रीय समिति १२५ सदस्यीय भएको छ।

0 comments

Write Down Your Responses