चीनको सपिङमलमा आगलागी, १७ को मृत्यु

काठमाडौं । दक्षिण चीनको एक सपिङ मलमा आगो लाग्दा १७ जनाको मृत्यु भएको छ । गुआंगदोङग प्रान्तको हुईझो शहरमा आगो लागेको हो । घटना अनुसन्धानका लागि शपिङ मलका ९ प्रवन्धकलाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार एक बालक लाइटरसँग खेल्दा खेल्दै आगो लागेको थियो । त्यसपछि भागदौडा मच्चिदा धेरैको मृत्यु भएको हो । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । आगो निभाउन २ सय दमकल प्रयोग गरिएको थियो । ६ घण्टाको प्रयासपछि आगो निभाइएको थियो । गत बर्षको जून महिनामा पनि उत्तरी चीनको एक पोल्ट्री र्फममा आगो लाग्दा १ सय २० जनाको मृत्यु भएको थियो ।

,

0 comments

Write Down Your Responses