माक्र्सवादी राजनीतिशास्त्र बजारमा
काठमाण्डौ । नेपाली बामपन्थी चिन्तक प्राडा गोपाल शिवाकोटीद्वारा लिखित माक्र्सवादी राजनीतिशास्त्र कान्छो पुस्तकको रुपमा बजारमा आएको छ । नेपाली कम्युनिष्ट आन्दोलन ६६ वर्ष पुगिसक्दा पनि नेपालमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको रुपमा विकास नभई वामपन्थी आन्दोलनको हैसियतमा मात्रै सीमित हुन पुगेको छ । यसका कारणहरुलाई लेखकले आफ्नो पुस्तकमा विभिन्न अध्यायमार्फत प्रष्ट्याउन कोशिस गरेका छन् । पुस्तकमा माक्र्सवादी प्रस्तावना, माक्र्सवादका प्रवर्तक, माक्र्सवादको मूल सिद्धान्त, राजनीतिक विज्ञान, राज्य सम्बन्धी धारणा, राज्यको स्वरुप र कार्य, क्रान्तिकारी माक्र्सवाद र विकासवादी समाजवाद, स्वतन्त्रता र यस पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेको भ्रम र सिंगो राजनीतिक आन्दोलनमा रहेको भ्रमलाई समेत चिरफार गर्न सफल भइ क्रान्तिकारी परिवर्तनको आन्दोलनलाई निर्णायक आन्दोलनमा विकास गर्नका लागि जनमत तयार गर्न दिशानिर्देश गर्ने कुरामा आश्वस्त हुन सकिन्छ ।
0 comments
Write Down Your Responses