१४ चिनियाँ डलर तस्करहरुको सुनुवाई स्थगीत
काठमाडौँ। अमेरिकी डलरसहित ठूलो परिमाणमा विदेशी मुद्रा लुकाइ छिपाइ चीनतर्फ लैजाने क्रममा २०७०- १२ -२२ गते कोटेश्वर क्षेत्रबाट प्रहरीले रगैँहात पक्राउ गरि कारबाहिका सिल्सिलामा थुनामा रहेका १४ जना चिनियाँ नागरिकलाई आजको सुनुवाई स्थगीत भएको छ । जिल्ला अदालत काठमाडौँको ६ नं बेन्चको १ नंमा परेको सो मुद्दा स्थगीत भएको हो ।
समाचार स्रोतका अनुसार चिनियाँ नागरिक सुन यन होवाका श्रीमान गोपालप्रसाद कोइरालाको सक्रियतामा विदेशी मुद्रा लुकाइ छिपाइ चीनतर्फ लैजाने ती १४ जना चिनियाँ नागरिकलाई छुटाउने तयारीमा लागेको बुझिएको छ ।
कोइरालाले आफुलाई नेपाल सरकारको सचिब भएको र अदालत , सरकारी वकिल कार्यलय लगायत सबै राजनैतिक दलका नेताहरलाई समेत मिलाउन सक्छु भनेर ती चिनियाँ तस्करहरु सगँ मोटो रकम कलमको असुल स्रोतको दाबी छ ।
३ ओटा नेपाली श्रीमतीहरुलाई पन्छाएर केहि बर्ष अगाडि विवादित चिनियाँ महिला सुन यन होवा सगँ कोइराला विवाह गरि थमेलमा चेन्दु होटेल र सुन्धारा स्थित सिटिसि मलमा फुडकोट चाइनिज रेष्टुरेन्ट संचालन गरि तिनै होटल र रेष्टुरेन्ट चिनियाँ तस्करहरुको अखडाका बनिरहेकाछन् ।
नेपाल प्रहरीले विशेष सूचनाको आधारमा चीनको खासा जान लागेका ११ जना महिलासहित १४ जना चिनियाँ नागरिकबाट १० मुलुकका झन्डै रु छ करोड ५० लाख बराबरको विदेशी मुद्रा बरामद भएको थियो ।
0 comments
Write Down Your Responses