रेखा थापाले आभाषलाई डेब्यू गराउँदै

काठमाडौं । आफ्नो आगामी होम प्रोडक्सन फिल्म ‘रामप्यारी’मा अभिनेत्री रेखा थापाले आफ्नी दिदीका छोरालाई डेब्यू गराउने भएकी छन्। उनले आफ्नी जेठी दिदी पारू अधिकारीका छोरा आभाष अधिकारीलाई ‘हिरो’का रुपमा डेब्यू गराउन लागेकी हुन्। 
 ‘रामप्यारी’मा डेब्यू गर्नका लागि २१ वर्षीय आभाषले वरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग अभिनय प्रशीक्षण लिएका छन् भने नृत्य प्रशीक्षण पनि लिइरहेका छन्। नयाँ नयाँ हिरोहरुलाई ‘चान्स’ दिइरहेको बताउँदै आइरहेकी रेखाले यसपाली भने घर भित्रैको सदस्यलाई ‘चान्स’ दिएकी हुन्। फिल्ममा आभाषले यसै वर्ष ‘आभाष’ फिल्मबाट डेब्यू गरेकी आश्मा डिसीसँग डेब्यू गर्ने बताइएको छ। 
फिल्ममा ‘आभाष’ एक विदेश जान उद्धत वेरोजगार युवाको भूमिकामा हुनेछन। उनी फिल्मका एक्ला पुरुष लिड कलाकार हुन्। सबिर श्रेष्ठको निर्देशनमा बन्ने ‘रामप्यारी’को वैशाख १ गतेदेखि फ्लोरमा जानेछ। ‘रामप्यारी’मा रेखा महिला टेम्पो ड्राईभरको भुमिकामा अभिनय गर्दैछिन्। रेखाको अपोजिट कुनै अभिनेता हुने छैनन्।

,

0 comments

Write Down Your Responses