कोरियाली भाषा परीक्षा जेठ ३० र ३१ गते सञ्चालन हुने

काठमाण्डौ । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो। यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ। 
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो। यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ । ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिर परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो । 
भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ। यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ। ईपीएस कोरिया शाखाका अनुसार उपत्यका बाहिर डडेलधुरा, बुटवल पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिने छ। खबर आजको अन्नपूर्णमा छापिएको

,

0 comments

Write Down Your Responses