साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

आसफोर्ड, युके, । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ । निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपाली पहिचान बोकेकाहरुको साझा संस्था बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल बुटवलका डा. काफ्ले विगत ११ बर्षदेखि ताइवानमा रहदै आउनु भएको छ भने वहाले नेशनल ताइवान युनिभर्सिटीबाट किट विज्ञान विषयमा विद्याबारिधि गर्नुभएको हो । वहा यसअघि केन्द्रीय सदस्यको रुपमा क्रियाशिल हुनहुन्थ्यो । अनलाइन साहित्यिक पत्रिका ‘मुलवाटो’ को सम्पादन गर्दै आउनु भएको थियो । 
त्यस्तै गरि डा. गोविन्दराज भट्टराईलाई पनि दोस्रो पटक सल्लाहकारमा चयन गरेको छ र आसमका साहित्यकार रेवतीरमण तिमिल्सिनालाई केन्द्रीय पार्षदमा मनोनयन गरेको छ । बैठकले निर्वतमान महासचिव काँईला कार्यालयको जिम्मेवारीमा बढुवा हुनुभएकोमा बधाई प्रस्ताव पारित गरयो । काँइलाले कार्यालयको जिम्मेवार बढेको कारण समयदिन नसकेकोले राजीनामा दिनुभएको थियो । अत्यन्तै सक्रिय रहनुपर्ने पद छोडेर आजीवन सदस्य रही महासङ्घको हितमा निरन्तर काम गर्ने निवर्तमान महासचिव काँइलाले प्रतिबद्धता जनाउनु भयो ।
 बैठकमा तत्कालै ३ वटा मुलुकमा नयाँ शाखा विस्तार हुनेकुरा पनि जानकारी गराइएको थियो । औपचारिक बैठकको विषर्जन लगतै गजल र कतिाहरु वाचन गरिएको थियो । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् । सबै शाखाहरुलाई नयाँ बर्षमा विभिन्न साहित्यिक कार्यक्रम गर्न बैठकले निर्देशन जारी गरेको छ ।

, , ,

0 comments

Write Down Your Responses