हाम्रो जन्मभूमिको २९ औं कार्यक्रम सम्पन्न, घरमै पुगेर सहयोग हस्तानतरण गरियो

झापा । स्थापनाकाल देखी नै सामाजिक कार्यक्रममा अग्रणी भूमिका निभाई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो २९ औं सामाजिक कार्यक्रम तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ६ घर भई कामको शिलशिलामा दुर्घटना भई झापा स्थित बि.एण्ड सि. अस्पतलमा उपचार गराई हाल ससुरालिमा बसि उपचाररत रुप नारायण बसेललाई वहाँको निवासमा गई हाम्रो जन्मभूमि सामाजिक संस्थाका सञ्चालक समितिका सदस्य तुलसा श्रेष्ठको संयोजकत्वमा रु ३५ हजार नगद हस्तानतरण गरेको छ । उक्त अबसरमा समाजसेवी गिता अधिकारी र पार्वती जिको पनि उपस्थिति रहेको थियो ।

देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई संस्थाको तर्फबाट धन्यबाद सहित आगमी दिनहरुमा पनि यस्तै सहयोग र सदभावको आशा गरिएको छ । 

उक्त हस्तानतरण कार्यक्रममा संयोजक तुलसा श्रेष्ठले सबै सहयोगि मनहरुले दिनुभएको सहयोग र नामसहित वाचन गर्नु भएको थियो । 



0 comments

Write Down Your Responses