सेनाको भ्रष्टाचारले लियो ठूलो रुप
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति गौरबसमशेर राणाले सेनाको नेतृत्व सम्हाले देखि नै आर्थिक लालचा देखाएपछि संगठनको आँचमा दिनप्रतिदिन ओरालो लागेको छ । नेपाली सेना भित्र भएका अनैतिक क्रियाकलाप र आर्थिक अनियमिता भित्रभित्रै दबिने परम्पराको बाबजुत पनि पछिल्लो समय संगठनलाई पारदर्शी, अनुशासित सभ्य र चुस्त बनाउनुपर्ने अडान राख्दै आएका सेनाका अधिकारीहरु भने दिनप्रतिदिन चिन्तित बन्दै आएका छन् । प्रधान सेनापति राणा र बलाधिकृत रथी पवनबहादुर पाँडेबिचको खटपटले त झनै संगठन लथालिङ्ग हुन पुगेको सेनाका उच्च अधिकारीहरु नै बताउँछन् ।
नाता सम्बन्धले सम्धी पर्ने राणा र पाँडे बिचको सम्बन्ध पछिल्लो समय औपचारिक (देखावटी) मात्र हुने गरेको छ । राणाका कर्तुत बारे पाँडेले सहकर्मी र अन्य साथीभाई सँग कुरा काट्न थालेपछि राणा उनी सँग असन्तुष्ट हुँदै आएका छन् । त्यसो त राणाले पाँडेलाई सँगठनको मुख्य जिम्मेवारी समेत खोसेको स्रोतको दाबी छ । राणाले विभिन्न पाटीमा पाँडेले असहयोग गरेकाले आफुले बाध्य भएर अन्य अधिकारी च्याप्न थालेको समेत बताउन थालेका छन् । उता,राणाले भारतीय कम्पनीका कमसल हतियार भित्राईएकोमा सेनाका उच्च अधिकारीहरु भित्र भित्रै रुष्ट भएको स्रोतले बताएको छ । ड्रेस देखि हतियार खरिदमा राणाले नजराना बुझ्दै आएपछि सेनाका सबै जसो सामाग्री गुणस्तरहिन नै भए पनि प्रयोगमा ल्याईएको छ ।
सेनाका आर्थिक घोटालामा रक्षा मन्त्रालय समेत सशंक्तित हुँदै आएको छ । रक्षा मन्त्रालयका अधिकारीलाई फाइलमा हस्ताक्षर मात्र गर्न लगाउने नीति, नियम र कार्यान्वयन सेना भित्रै हुने क्रम बढेकाले रक्षा मन्त्रालयले समेत सेनाको खरिद र गतिविधि बारेमा बोल्न गाह्रो भएको रक्षाका एक अधिकारीले बताए । संगठनका अधिकारीले रक्षामा आउदा संगठनको जानकारी भन्दा फाइल टिप्पणी सदरको कुरामात्र गर्ने गरेको परम्परा नै बसेको छ ती अधिकारीले भने । त्यसो त दुरविन खरिदमा अमेरिका र क्यानडा घुमेका जर्नेलहरु समेत कमिशनमा कुरा नमिलेपछि अन्योलमा परेको मुख्यालयका एक उच्च अधिकारीले बताए । शान्ति सेना निर्देशनालयमा समेत राणाले आफु अनुकुलका व्यक्तिलाई भित्राएको बुझिएको छ ।
राणा आगामी भाद्र २३ गते अनिवार्य अवकास पाउँदैछन् भने पाँडे पनि आगामी माघदेखि विदा हुनेछन् ।
0 comments
Write Down Your Responses