जब गुडिरहेको माइक्रोबसमा आगो लाग्यो …
काठमाडौं । गृहमन्त्रीको पुत्ला जलाउने राप्रपा नेपाल कार्यकर्ता र प्रहरीबीच पुत्ला खोसाखोस हुँदा गुडिरहेको माइक्रोबसमा आगो लागेको छ । यद्यपि तत्काल आगो नियन्त्रणमा लिएका कारण कुनै ठूलो क्षति हुन पाएन ।
हिन्दु राज्यको माग गर्दै धर्नामा बसेकाहरुलाई हटाएको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले रत्नपार्कको शान्तिकाटिकामा गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाए ।राप्रपा नेपालका कार्यकर्ताबीच दनदनी बलेको पुत्ला खोसाखोस हुने क्रममा सुन्धाराबाट रत्नपार्कतर्फ गइरहेको यात्रुसहितको माइक्रोबसमा आगो लागेको छ ।
माइक्रोबसमा आगो लागेपछि सहचालक गुडिरहेको अवस्थामा हामफाले । चालकले तिब्रगतिमा माइक्रो चलाएर सुरक्षा स्थानमा लगेपछि आगो निभाइएको छ । पुत्ला जलाउने क्रममा एक प्रर्दशनकारीलाई समेत आगोले पोलेको छ ।
0 comments
Write Down Your Responses