ठगी गर्ने म्यानपावर कारबाहीबाट सुरक्षित

सुभाष न्यौपाने काठमाडौं । गत आर्थिक वर्षमा ठगी गर्ने म्यानपावर कम्पनी कारबाहीबाट सुरक्षित रहे । सरकारको अनुगमन प्रभावकारी हुन नसकेपछि म्यानपावर कम्पनी कारवाहीबाट सुरक्षित भएका हुन् । नियमनकारी निकाय बैदेशिक रोजगार विभागले नै वार्षिक १ अर्ब रुपैयाँको ठगी हुने अनुमान गर्दा पनि म्यानपावर कम्पनी कारवाहीबाट सुरक्षित हुनु अनौठो घटना हो विभागका प्रवक्ता बद्री कार्कीले ठगी गर्नेलाई कारवाही भएको बताए । म्यानपावरले गल्ती गर्दा उनीहरुबाट क्षतिपुर्ति तिराउँदै आएका छौं, उनले भने, सामान्य गल्तीलाई ठगीको नजरबाट हेरिदिनु भएन तर कामदार भने विदेशमा अलपत्र पार्ने र उचित रोजगार नपाएर फर्किएर आउने क्रम बढेको गुनासो गर्छन् ।
 मलेसियाको रोजगारमा जाने कामदार त्यहाँको स्वास्थ्य परीक्षणमा असफल भएर स्वदेश फर्किदाँ पनि नियमनकारी निकायले क्षतिपुर्ति तिराउन सकिरहेको छैन । श्रमसचिव भोलाप्रसाद शिवाकोटीले मलेसिया पठाउनेले सरकारी शुल्कभन्दा बढी रकम लिएर पठाउने भएकाले क्षतिपुर्तिमा समस्या भएको बताए । अब मलेसिया पठाउने म्यानपावर कम्पनीलाई उच्च निगरानीमा राखिनेछ, उनले भने । अब ठगी गर्ने म्यानपावर कम्पनी सुरक्षित रहन सक्दैनन् । गत आर्थिक वर्षमा फ्री भिसामा पनि म्यानपावर कम्पनीले प्रतिकामदार १ लाख रुपैयाँ सम्म लिएका थिए । विभागमा यसबारे प्रशस्त गुनासा र उजुरी परेका थिए । राज, लक्की र एभरेष्ट म्यानपावर कम्पनी लगायतले फ्री भिसामा मनपरी गरेको गुनासोलाई विभागको काठमाडौं र मलेसिया शाखाले थन्काएर राखेको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले सरकारले निर्धारण गरेको सेवाशुल्क अव्यवहारिक भएकाले म्यानपावर कम्पनी अप्ठेरोमा पर्न थालेको बताए। केहि म्यानपावरले फ्री भिसामा कारदारसँग अत्यधिक रकम लिएको सुन्नमा आए पनि सम्र्पुण खराब भनेर चित्रित गर्न भएन, उनले भने, सरकारले उचित निगरानीगर्न नसक्दा म्यानपावरमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । 
नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका निवर्तमान अध्यक्ष विमल ढकालले विभाग कर्मचारीबाट म्यानपावर कम्पनीको सानो गल्ती भेटिँदा बारम्बार विभाग धाउन बाध्य पार्ने गरेको बताए । गल्ती गर्दा कारबाही गर्नुभन्दा पनि विभाग कर्मचारीले पैसा झार्ने काम गर्दा समग्र व्यवसायमा सुधार आउन सकेको छैन, निवर्तमान अध्यक्ष ढकाले भने । नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses