करन थापा को “हेर एक फेर” बहराईनमा भब्यरुप मा बिमोचन
नारायण रपाल बिश्वकर्मा,बहराईन । अर्घाखाँची सन्धिखर्क घर भई बहराईनमा रोजगारी का साथ साथै बिभिन्न सामाजिक संघ संस्था संगठन हरुमा आबद्ध हुँदै नेपाली कला सस्कृतिक, परम्परा, रितिरिवाज को जगेर्ना का लागि आफु लाई पूर्ण रुप मा गीत संगित मा लगाएर बहराईन को नेपाली समाज मा आफ्नो अमिट छाप राख्न सफल गायक करन थापाको राष्ट्रिय भावना ले ओतप्रोत गीत रहेको पहिलो गीति एल्बमा “हेर एक फेर” को मा भब्यरुप बहराईन मा बिमोचन गरिएको छ ।
गएको डिसेम्बर १९, २०१४ तारीख का दिन मानमा को यतिम सेन्टर स्थित डिएक्सएन बहराईन को हलमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईन को आयोजनामा समाज कि उपाध्यक्ष गितकार पबित्रा राईको सभापतित्वमा भएको बिमोचन कार्यक्रम संयोजक असिम महत र रेसम बोहोरा ले सयुक्त रुपमा सन्चालन गरिएको थियो ।
बिमोचन कार्यक्रमको प्रमुख अतिथी नेपाली दुतावास बहराईनका कार्यबहाक राजदुत मणी प्रसाद भट्टराई, बिशेष अतिथी मा कलाकार समाज बहराईन का संरक्षक तथा प्रमुख सल्लाकार दिपक गुरुङ, नेपाली क्लब का मानार्थ गम गुरुङ तथा डिएक्सएन बहराईन का म्यानेजर वेनी यन्तोनी रहेका थिए । बहराईन मा स्थापित बिभीन्न राजनैतीक संगठन, सामाजिक संघ संस्था का प्रतिनिधि हरु, पत्रकार, कलाकार समाज का सल्लाकार हरु अतिथी रहेको कार्यक्रममा प्रमुख अतिथी मणी प्रसाद भट्टराई तथा बिशेष अतिथी हरु गिती एल्बम को बिमोचन गरेका थिए भने कार्यक्रम सभापति पबित्रा राई ले ब्यानर अनावरण गरेर साथ दिएकी थिईन ।
बिशेष गरी रोजगारी का लागि प्रदेसीएका नेपाली हरु को पृष्ठाभूमी मा रचना गरिएको गिती एल्बम हेर एक फेर मा दुई वटा गीत हरु रहेका छन । जसमा शिर्ष गीत हेर एके फेर मा स्वर शब्द र संगित करन थापा मगर को रहेको छ भने अर्को “परेलीको डिल” बोल को गीत सुरज पुन को शब्द/संगित मा पुर्णिमा पुन को स्वर रहेको छ ।
एल्बम लार्इ पुर्णिमा डिजिटल प्रा.लि. ले बजार मा ल्याएको हो ।
कार्यक्रममा उपस्थित मानुभाव हरु लाई समाज का सचिब रेशम श्रीष ले आफ्नो मिठो मन्तब्य द्वारा स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी मणी प्रसाद भट्टराई, बिशेष अतिथी गम गुरुङ, संरक्षक दिपक गुरुङ, डिएक्सएन बहराईन का म्यानेजर वेनी यन्तोनी तथा डिएक्सएन का दिल थापा ले शुभ कामना मन्तब्य दिएका थिय भने एल्बमको समिक्षा पोखराज श्रेष्ठ ले गरेका थिए ।
नेपाली हरुको भब्य सहभागिता रहेको खचाखच भरिएको कार्यक्रममा सिमा रेगामी मगर ले कबिता, कृष्ण राई, सरिता दर्लामी, कुमार गुरुङ, उमा पौडेल, विश्वाश थापा मगर, विश्व बिनोद, सरला पुन, शिव अधिकारी लगायत ले दोहोरी तथा बिभीन्न गित गाएर उपस्थित सहभागी लाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । त्यस्तै सपना शेर्पा, पूर्ण लामा, सविना धिमाल र राम गुरुङ, ईन्द्र डाँगी र उमा पौडेल ले बिभिन्न गितमा एकल तथा युगल नृत्य प्रस्तत गरेका थिए ।
यसै क्रम मा अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराईन लाई स्थापना काल देखिनै बिभिन्न तवर ले सहयोग पुर्याउने पत्रकार हरू नारायण रपाल विश्वकर्मा, हिमलाल पाण्डे, कृष्ण हमाल, कलाकार समाज बहराईन का संरक्षक दिपक गुरुङ तथा डिएक्सएन बहराईन का म्यानेजर वेनी यन्तोनी लाई कलाकार समाज को तर्फ बाट सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । साथै कलाकार समाज कि उपाध्यक्ष पवित्रा राइ, विश्व बिनोद, निर राना मगर र डिएक्सएन का नयाँ स्टार एजेण्ट हरु लाई डिएक्सएन बहराईन को तर्फ बाट बिष्णु रोक्का, देब रेगामी र वेनी यन्तोनी द्वारा सम्मान पत्र प्रदान गरिएको थियो ।
यस बिमोचन क्रार्यक्रम मा डिएक्सएन बहराईनको भरपुर सहयोग रहेको बिशेस गरी देब रेगामी, दिल थापा, बिष्णु रोक्का तथा सिमा रेगामी को अत्यन्तै सहयोग रहेको बताउदै गिती एल्बम का स्रस्टा तथा अन्तराष्ट्रिय नेपाली कलाकार समुह बहराईनका अध्यक्ष कर्ण थापा मगर ले बिमोचन कार्यक्रम मा सहभागी तथा सहयोगी हरु लाई प्रदेसी खबर डट कम मार्फत धन्यबाद ब्यक्त गरेका छन ।



0 comments
Write Down Your Responses