कार्यक्रममा प्रियंका भित्रीवस्त्र बिनै पुगेपछि…

सन् २०१४ को अन्तिम महिनाका अन्तिम केही दिनहरु बाँकी छन् । यतिबेला अंग्रेजी एक वर्षभरीका कामहरुको समिक्षा गर्ने र सम्झिने प्रक्रिया चलिनै रहेका छन् ।यसै सिलसिलामा बलिउडमा वर्षभरी भएका प्रदर्शनलाई आधार मानेर दिइने बिग स्टार इन्टरटेनमेन्ट अवार्ड २०१४ आयोजना गरिएको थियो । १८ डिसेम्बरमा आयोजित उक्त कार्यक्रममा बलिउडका स्टार कलाकारहरुको खचाखत उपस्थिति थियो ।
 यस वर्ष ‘एक विलेन’ ले मोस्ट इन्टरटेनिङ थ्रिलर फिल्म, ‘नेपाली कलाकार सुनिल थापाले समेत अभिनय गरेको ‘मेरी कोम’ ले मोस्ट इन्टरटेनिङ सोशल–ड्रामा फिल्म र ‘हैदर’ ले मोस्ट इन्टरटेनिङ फिल्म अफ दि इयर को अवाडए पाएका छन् । उक्त कार्यक्रममा महानायक अभिताभ बच्चन, वहिदा रहमान, अभिषेक बच्चन, शाहरुख खान, सलमान खान, सहिद कपुर, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डिसलगायतको उपस्थिति थियो ।उक्त कार्यक्रममा नायिका प्रियंका चोपडा, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले एकसाथ फोटोसमेत खिचाएका थिए । प्रियंकाले फिल्म ‘मेरी कोम’ बाट बिग स्टार मोस्ट इन्टरटेनिङ फिमेल एक्टर इन सोशल–ड्रामा फिल्म अवार्ड समेत पाएकी थिइन् । 
यसवर्ष एशियाकै सेक्सी महिलाको रुपमा समेत परिचय बनाएकी प्रियंका भित्री वस्त्र बिनै कार्यक्रममा सहभागी भएको प्रष्ट देखिन्थ्यो । एजेन्सी

0 comments

Write Down Your Responses