यात्रुबाहक बसमा आक्रमण, ११ को मृत्यु

नाइजेरियाको विद्रोही समुह बोको हरामले छिमेकी देश क्यामरुनको एक यात्रुवाहक बसमा आक्रमण गर्दा ११ जनाको ज्यान गएको छ। नाइजेरियाको उत्तरी सीमामा जोडिएको क्यामरुनको वाजा क्षेत्रमा विद्रोहीले विहीबार अबेर आक्रमण गरेका थिए। घटनामा ६ जना यात्रु गम्भीर घाइते भएका छन। इस्लाम राज्य स्थापना गर्नु पर्ने मागसहित नाइजेरियामा विद्रोह गरिरहेका बोको हराम समुहले पछिल्लो समय क्यामरुनका सैनिकलाई पनि लक्षित गरी आक्रमण गरिरहेकोछ। agency

0 comments

Write Down Your Responses