चेतना भया !

बाबुलाल भण्डारी हामी खानाको अभावमा हप्तांै जिवित रहन सक्छौं, पानी नपाउदा पनि केहि दिन जिवित रहन संभव होला तर सास फेर्न (अक्सिजन) नपाए ३ मिनेट मै मस्तिष्क तन्तुहरु मर्न थाल्छन र ६–७ मिनेट पुग्दा नपुदै मृत्यु अनिवार्य बन्छ । अक्सिजनको उपस्थितिमा मात्र शरीरमा जीवनदायीनी शक्ति (उर्जा) बन्ने भएकैले यसलाई जीवनको पर्याय ठान्दै प्राणवायुको नाम दिइएको छ । भनि रहनु पर्दैन, यसको अभावमा शरीरको कुनै अंगले काम गर्न सक्तैनन् मात्र होइन, सवै प्रणाली पूर्णरुपमा निस्कृय र निस्फल बन्दछन् । तथापि अक्सिजनको न्युनतामा मात्र क्यान्सर लगायतका सवै रोगहरु जन्मिन्छन् र अक्सिजनको यथेष्ट परिपूर्ती नै धेरै रोगहरुको प्रभावकारी उपचार हो भन्ने जस्तो मूल्यवान बैज्ञानिक तथ्य आमजनतामा अझै स्थापित भइ सकेको छैन । त्यसलै इन्टिग्रेटिभ मेडिसिनका प्रसिद्ध हस्ती प्रो. डा. एण्ड्रयु वेलले भन्दछन, यदि मसँग शुस्वास्थ्यको लागि एउटा मात्र टिप मागियो भने मैले भन्ने छु– सही तरीकाले सास फेर्नुहोस् । तर दुर्भाग्य, अक्सिजन ग्रहणको मुलबाटो हाम्रो स्वासप्रश्वास नै आज वेहद कुण्ठीत वा कम्प्रोमाइज्ड छ । आरम्भमा वातावरणमा कम्तीमा ३२ % को अक्सिजनको मात्राले सिङ्गो विश्व एक हिसावले अक्सिजन संरक्षित कोठा जस्तो थियो र उच्चतम अक्सिजन दवाव हुनाले रोगलाई निम्त्याउने जीवाणुहरुको विगविगी पनि थिएन । “जीवेतु शरदाम् शतम्(शतायु)’’ अर्थात १०० वर्ष वांच भन्ने लोकोक्ती त्यसै आएको होइन । तर १८ औं शताब्दीको उत्तराद्र्धदेखि आएको औद्योगिक क्रान्तिले अक्सिजन दवाव घट्दै आएर अहिले आम रुपमा २०.०८ % र ठुला औद्योगिक नगरीहरुमा यसको मात्रा १७ % मात्र आंकलन भएको छ । औद्योगिकीकरण, जैविक इन्धन खपत र तिव्र वन विनासमा छिटै शसक्त क्रमभंग हुन नसके हामी वातावरणमा १५ % मात्रै अक्सिजन रहन जाने प्रलयको घडीबाट ज्यादा टाढा छैनौं, जव धरतीमा कुनै पनि जीवको अस्तित्व सायद सम्भव रहने छैन । श्वास प्रश्वास धर्तीमा पाइला राखेदेखि जीवन पर्यन्त हामीसँग रहेपनि हाम्रो सास फेर्ने ढंग विल्कुल गलत छ र हामीले आफ्नो क्षमताको ३० % मात्र सास फेरिरहेका हुन्छौं । फेरी डायफ्राम उठ्ने गरी वेली (पेट) व्रेदिङ्ग गर्नु सट्टा हामी हल्का शतही र ज्यादा छिटो– छिटो सास लिन्छौं जसलाई चेष्ट (छाती) व्रेदिङ्ग र कसै कसैले साउल्डर (काँध) व्रेदिङ्ग सम्म भन्ने गरेका छन् । यसमा समस्या के छ भने हामीले लिएको सासको २० % अक्सिजनको खण्डबाट स्वस्थ व्यक्तिले पनि बढिसे बढि ५ % मात्र लिई वाकी १५ % हामी फेरी तुरुन्तै वाहिर छोड्छौं । पर्याप्त अक्सिजनको लागि प्रणायामका बखत महर्षी पतञ्जलीले योगशुत्रमा सास लिने (पुरक), रोक्ने (कुम्भक) र छाड्ने (रेचक) समय क्रमश ४ः७ः८ सेकेन्ड निर्धारित गरेका छन् र मेडिकल लिटरेचरमा पनि सास लिएपछि घटिमा ३ सेकेन्ड रोक्नुपर्ने कुराको उल्लेख पाइन्छ । सन् १९९८, २००६ र २००९ मा भएका ३ वटा अध्ययनबाट जति छिटो सास लियो मृत्यु त्यति नै निकट हुने र व्यक्तिको प्रतिमिनेट सासको बारम्बारता उसको मृत्युको पुर्वानुमान दिने स्वतन्त्र सुचक भएको तथ्य सामुन्ने आएको छ । मुख छोपेर सुत्ने वा पिठ्युको बलमा सुतेर मुखबाट सास फेर्ने कारण विहान मुख सुख्खा छ भने सचेत हुनु आवश्यक छ हामीले जीवनभर राम्रो स्वास्थ्यको आनन्द लिन कठिन होइन असम्भव छ । स्वासप्रश्वास सम्बन्धी रोगका विश्व विख्यात विशेषज्ञ प्रो.डा. बुटेइकोले हाम्रो स्वासप्रश्वासको गति प्रति मिनेट ८ पटक र अरु धेरै फिजिसियनहरुले पनि यो दर प्रति मिनेट १२ नाघ्न नहुने बताउदछन् । एउटा स्वस्थ व्यक्तिको स्वासप्रश्वास छेउकै अर्को व्यक्तिले सम्म थाहा नपाउने हुन्छ तर क्यान्सर वा अन्य दीर्घरोगीको सास फेराइ ज्यादा भारी हुन्छ र यसलाई मेडिकल भाषामा हाइपर भेन्टीलेसन भनेर बुझिन्छ । क्यान्सर रोगीको सास फेराइ उसको अवस्था अनुसार प्रति मिनेट घटीमा २० देखि ३९ वा ४२ पटक पुग्छ भने अनि कसरी चाहिंदो अक्सिजन अवशोषणको अपेक्षा गर्न सकिएला ? वास्तवमा विभिन्न अंगहरुवाट कार्वनडाइअक्साइड र अरु असुद्धी बोकेको प्याजी रातो रङ्गको सिराको रगतले फोक्सोमा कार्वनडाइ अक्साइडलाई छोडी त्यहां स्वासप्रश्वासमा उपलब्ध अक्सिजन बोकेर निख्खर रातो रङ्ग धारण गरी मुटुको धमनी हुंदै शरीर भरी अक्सिजन पु¥याउंछ । रक्त संचालनको चक्र पुरा गरेर उही रगत अक्सिजन लिन फेरी फोक्सोमा आइपुग्न झण्डै १–२ मिनेटको समय लाग्छ र यसैको निरन्तरतामा हाम्रो जीवन अडेको छ । फोक्सोबाट अक्सिजन वोकेको क्षारीय शुद्ध रगत सर्वप्रथम मुटुमा जाने भएकोले पनि मुटुको क्यान्सरको घटना अत्यन्त दुर्लभ भएको हो । शरीर प्रणालीलाई समग्रतामा हेर्दा, हामीलाई जीवनी शक्ति (चि) प्राप्त हुने ३ वटा च्यानल मध्ये पहिलो पैत्रिक रुपबाट प्राप्त जन्मजात जीन, दोस्रो अक्सिजन र तेस्रोमा खाना नै हुन् । जीन आजन्म अपरिवर्तनिय चरित्रको हुनाले हामी निरुपाय छौं तर अक्सिजन र खाना जस्ता वातावरण र परिस्थितीजन्य तत्वहरुमा धेरै हद सम्म हाम्रो हस्तक्षेप संभव देखिन्छ । माथिको अक्सिजनको परिचर्चा पछि अव एउटै कुरा वाकी रहन्छ– खाना अर्थात फुड फ्याक्टर । क्यान्सर उपचारमा हामी के खान्छौं भन्दा पनि हामी के खादैनौं भन्ने कुराको वढ्ता महत्व छ । चिनी या गुलिया वस्तु र क्यान्सर विचको सम्बन्ध धेरै अघि देखि नै बैज्ञानिक रुपले स्थापित भइसकेको हो । स्वादमा सवैलाई प्रिय लाग्ने यो गुलियोपनले अत्यन्तै अम्लकारक भई अक्सिजन लिनमा अवरोध गर्ने त छंदै छ खानाबाट क्याल्सियम लिन रोकावट ल्याउने, रोग विरुद्ध लड्ने किलर सेल र ऐन्टीवोडी बन्नमा बाधा हाल्दै प्रतिरक्षालाई दवाउने लगायत उर्जा निर्माणको क्रेब्स चक्रमा हस्तक्षप गर्ने अनि कलेजोबाट विषादी निकाल्ने वि. भिटामिनहरुको शरीरमा खडेरी ल्याइदिने कारणले समेत अत्यन्त हानीकारक मानिन्छ । ग्लुकोज क्यान्सरको प्रमुख खुराक भएको कारण समेतले पनि गुलियो वस्तु ज्यादा लिने व्यक्तिहरु क्यान्सरको उच्च जोखिममा रहन्छन् । साधारण स्वस्थ सेलले एक एकाइ ग्लुकोज अणुबाट जति मात्रामा उर्जा उत्पादन गर्छन् त्यतिनै उर्जाको लागि क्यान्सर सेलले १७ देखि २० गुणा वढि ग्लुकोज खर्च गर्दछन् । यसबाट प्रति ग्लुकोज अणुको १७ वा १८ भागको एक भाग मात्र क्षमता क्यान्सर सेलले उपभोग गर्न सक्ने बुझिन्छ । यसरी क्यान्सर सेललाई हरपल ठुलो मात्राको ग्लुकोज खाचो पर्ने र ग्लुकोजको अतितिव्र लालसाले गर्दा शरीरको सवै ग्लुकोज ट्युमरमा केन्द्रित हुने यहि सत्यता माथि नै क्यान्सरको निदानमा अत्याधुनिक पेटस्केन प्रविधि विकसित भएको छ जो ज्यादा भरपर्दो पनि छ । अव सायद बताइरहन नपर्ला, खानामा चिनी र कार्वोहाइड्रेटलाई कटौती गरी क्यान्सरलाई भोको राख्ने रणनिति यसको उपचार प्रोटोकलको महत्वपूर्ण हिस्सा बन्छ । उपचारको निर्णायक महत्वपूर्ण अवधिभर कार्वोहाइड्रेट र गुलियो वस्तु हटाई त्यसको विकल्पमा क्यान्सर विरामीको खानामा कांचो आलस , अलिभ (जैतुन वा अडिर),र नरिवलको तेल जस्ता शुद्ध स्वास्थ्यवद्र्धक चिल्लो पदार्थ समावेश भएको केटोजेनिक खाना (मेनु) अचेल विशेषज्ञहरुले सिफारिस गर्न थालेका छन् । यस्तो केटोजेनिक खानाले विरामी सेललाई अझ विरामी वा शक्तिहीन र स्वस्थ सेललाई अझ स्वस्थ पार्दै औषधीले गर्न नसकेको काम फत्ते गर्ने उनीहरुको अनुभव छ । यस्तो खानाको औचित्यसँग अर्को रोचक वैज्ञानिक तथ्य पनि जोडिएको छ । हाम्रा सवै स्वस्थ सेलहरुमा ग्लुकोज नपाए साविकको ग्लुकोज वाल्ने मोड बाट तुरुन्तै फ्याट बाल्ने मोडमा परिवर्तन गरी शक्ति प्राप्त गर्ने क्षमता हुंदो रहेछ । स्वस्थ सेलहरुमा करोडौ वर्ष अघि देखि वंशाणुगत अनुकुलनको विकास हुंदै आएकोले यस्तो मेटावोलिक लचकता हुने बताइन्छ । तर क्यान्सर सेलहरु जैविक दृष्टिबाट अत्यन्तै नौलो हुने र उनीहरुमा फ्याटसँग आकस्मिक समायोजन गर्नै नसक्ने एउटा गम्भीर वा घातक दोष रहने डा. सेफ्राइड र डा. अग्नोस्टिनो जस्ता प्रसिद्ध चिकित्सकहरु बताउछन् । यस अवस्थामा सामान्य सेलले स्वस्थ फ्याटलाई इन्धनको रुपमा लिई जिवित रहने क्षमता प्रदर्शन गर्न थाल्दछन् भने उर्जा अभावमा क्यान्सर सेलहरु समाप्तीतिर धकेलिन्छन । अव प्रसंग लाई थोरै मोडेर चर्चा गरौ – पस्चिमा औषधी पद्धतिको, जसले शरीरलाई अन्तरनिर्भर प्रणालीहरुको प्रणाली नमानी अलग–अलग पार्टपुर्जाको जोडजाड जस्तो ठान्दछ र त्यहि मुताविक लक्षणमा आधारित खुद्रा उपचार गर्दछ , अनि रहन्छ रोग जहांको त्यहिं । त्यसैले पनि क्यान्सर उपचारमा हालसम्म २४ लाखको हाराहारीमा शोधपत्र आइसक्दा पनि भरपर्दो उपचार अझै फेला पर्न सकेको छैन । हामी देख्दै छौ, ५० वर्ष अघि वा ६० को दशकमा मृत्युदरका जस्ता आंकडा थिए आज पनि स्थिति झण्डै त्यस्तै वा अझ नराम्रो छ । स्टेभन मिलोइ र पिटर ह्युवरले प्रयोगमा ल्याएको पदावली “जङ्क साइन्स” (कुडा–कर्कट विज्ञान) यस्तै निरर्थक सोधको हकमा सटीक लागु हुन्छ । भनिन्छ ,हाम्रो गाउंघरमै निशुल्क पाईने वैकल्पिक क्यान्सर उपचार मेडिकल जायन्टहरुले पेटेन्ट गर्न पाउने भए आज ती वस्तु प्रत्येक डक्टरको टेवुलमा हुने थिए र हामी सवैको मनबाट क्यान्सरको सन्त्रास पनि हटिसकेको हुन्थ्यो । यो अनुमान मात्र होइन प्रसिद्ध जर्मन फिजिसियन डा. होस्र्ट कैफ जस्ता धेरै नामी चिकित्सकहरुको पिडाजनित सपाट अभिव्यक्ति हो । हुने बाटोको जवर्दस्त निषेध र नहुने बाटोको अन्धाधुन्ध यात्राले इतिहास १०० वर्ष पछि धकेलिएको छ र करोडांै व्यक्तिको जीवन गुमेको छ । यहां क्यान्सरको निषेध होइन की निषेध गर्ने बाटो कै पो निषेध भइरहेको छ र औषधीमा अर्थराजनिति हाबी भएसम्म यसमा सुधारको आशा गर्नु व्यर्थ छ । फेरी अस्पताल बाटै सिफारिस नभए सम्म हामी हतपत्त पत्याउने वाला पो कहां छौं र ! यसको भर्पाई अव सम्भव नभए पनि ढिलै सहि सत्य उद्घाटन हुंदै आएको छ । रोगहरुको सफल रोकथाम, उपचार र शुस्वास्थ्य निर्धारण गर्नमा एक्लो ५० अंशकै घोडेभाग (लायन्स सेयर) खाद्य अथवा पोषण, त्यसपछिको २०÷२० खण्ड पर्यावरणीय तत्व र आनुवंशिकी हँुदै अन्तमा दशांश मात्रै भूमिका रासायनिक औषधीको हुने कुरा विशेषज्ञहरु बताउछन् । तर मेडिकल जगतले अरु सवै पन्छाएर पछिल्लो दशांशको भूमिकामा रहने औषधीलाई नै शतप्रतिशत महत्व दिदै आवश्यक÷अनावश्यक सवै परिस्थितिमा औषधीबाट मात्रै समाधान खोज्ने गरेको र यसैका दुस्परिणामहरु हामीले भोग्दै आएको अहिलेको अवस्था हो । स्मरणीय छ , आफ्नो औषधीको साम्राज्यलाई विश्वभर विस्तार गर्ने अभिप्रायले औषधी सिफारिस गर्न पोख्त चिकित्सक तयार गर्ने गरी रकफेलरले १०० वर्ष अघि अमेरिकामा तर्जुमा गरेकै पाठ्यक्रम मेडिकल कलेजहरुमा आज पनि कायम छ र अत्यन्त कुशाग्र र सिर्जनशील हाम्रा चिकित्सकहरुलाई पोषण जस्तो सर्वोपरी महत्वको विषयमा यथेस्ट ज्ञान नदिइ खाना आफैमा सर्वश्रेष्ठ उपचार हुन्छ भन्ने जस्तो सास्वत आधारभुत मान्यताबाट लगभग वेखवर राख्ने चेष्टा हुने गरेको छ । त्यसो त पोषण मार्फत स्वास्थ्य लाभको विकल्प औषधी कम्पनी, अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मी स्वयं र माथि देखि तल सम्मकै सिङ्गो स्वास्थ्य संयन्त्रकै भुमिकामा भारी कटौती ल्याउने माध्यम हुने कुरा पनि एउटा यथार्थ हो । बरु पश्चिमा औषधीले अवैज्ञानिक भन्दै उपेक्षा र हेयभाव राख्ने आयुर्बेदिक ,प्राकृतिक र अन्य धेरै वैकल्पीक उपचार पद्धति यस मामलामा वढि उदार र जनउत्तरदायी देखा पर्दछन् । यही हैन त यथार्थ ?

0 comments

Write Down Your Responses