डा. बाबुराम भट्टराईले नेम्वाङलाई दिए यस्तो सल्लाह
अहिले पनि समय छ, राजनीतिक दलहरुले संयुक्त वक्तव्य निकालेर विविध कारणले गर्दा हामी सफल भएनौं, त्यसको निम्ति क्षमा याचना गर्छौं भनेर सामूहिक ढंगले जनतासँग क्षमायाचना गर्ने र त्यसपछि अहिलेसम्म यति प्रगति भयो, यतिमा हाम्रो सहमति भएको छ यतिमा बा“की छ, माघ ८ गते नभए पनि एउटा निश्चित समयसीमा तोकेर यति अवधिभित्र सहमति गर्छौं र संविधान दिन्छौं भनेर जनतालाई सन्देश दिन सकिन्छ ।
यीनै नेताहरु हुन् जसले २००७ सालदेखि २०४६ साल, २०६२/०६३ साल हुँदै यहाँसम्म देशको परिवर्तनको नेतृत्व गरे । यिनीहरुले फेरि एकचोटी विनम्रतापूर्वक जनतासँग क्षमायाचना गर्ने हो र नयाँ प्रतिवद्धता व्यक्त गरेर के कति समय चाहिन्छ त्यो अवधिमा सहमति गर्छौं र संविधान दिन्छौं भन्ने हो भने नेपाली जनताले हामीप्रति जतिसुकै आक्रोश व्यक्त गरे पनि क्षमा दिन्छन् ।
यसो गर्नु नै सबभन्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । मैले त सुझाव दिएको छु, हामी अपेक्षा गर्छौं, सभाध्यक्षले पहल गरेर त्यो काम गर्नुभयो भने एउटा सन्देश जान्छ ।
अहिले आरोप प्रत्यारोप गरेर, एकअर्कालाई दोषारोपण गरेर कोही पनि उम्कनेवाला छैन । पानीमाथिको ओभानो हामी कोही पनि बन्नु हु“दैन । हामी सबैले आफ्नो हिस्साको दोष लिनुपर्छ । म चाहिँ लिन्छु । हाम्रो पार्टी लिन्छ । हामी आग्रह गर्छौं सबैले लिनुपर्छ ।
आज संविधान जारी हुन गइराखेको छैन । सत्तापक्षमा रहेका दलहरुले जुन मेहनत गरिराख्नुभएको छ, जुन प्रस्ताव पेश गर्न खोज्नुभएको छ त्यो संविधान निर्माण गर्ने, जारी गर्ने प्रस्ताव होइन । सायद जनतालाई भ्रम परेको छ – उहाँहरुले (कांग्रेस–एमाले) संविधान जारी गर्न खोज्नुभएको छ तर माओवादी–मधेशवादीले रोके । तर यो यथार्थ होइन ।
अब एउटै मात्र मुख्य विषय बाँकी छ – राज्यको पुनःसंरचना । शासकीय स्वरुपमा सहमति भएको छैन तर राज्यको पुनःसंरचना मिल्यो भने शासकीय स्वरुपमा चाहिँ हामी फरक मत राखेर जान तयार छौं भनेर माओवादीले भनिसकेको छ । मिश्रित निर्वाचन प्रणालीमा कति प्रतिशत भन्ने टुंग्याउन बाँकी छ । यति दुईवटा कुरा २/३ घण्टा बस्दा टुंगिन्छ । त्यसो नगरी अहिले उहाँहरु प्रश्नावली बनाउने प्रस्ताव प्रस्तुत गर्न खोज्नुभएको छ ।
प्रश्नावली बनाउनमा नै कैयौं हप्ता लाग्छ । त्यसपछि संविधानसभामा आएर भोटिङ हुन्छ, त्यसले अरु केही हप्ता लिन्छ । यसरी भोटिङ प्रक्रियाले कमसेकम एक महिना लिन्छ । त्यसपछि मस्यौदा समितिमा जान्छ । मस्यौदाले अर्को एक महिना लिन्छ । त्यसपछि जनतामा जान्छ, त्यसले अर्को एक महिना लिन्छ । त्यसपछि फेरि हाउसमा आउछ र फेरि अर्को एक महिना लाग्छ ।
यसरी चार महिनाको समय उहा“हरुले लिन चाहिरहनुभएको छ । सहमति गरेर जाने हो भने दुई/तीन हप्ताभित्र टुंगिन्छ । मतदानको प्रक्रियाबाट जानुभयो भने, भीडन्त भएन भने, कमसेकम चार महिना लाग्छ । तर, उहाँहरुले जनतालाई चाहि“ ढा“टिराख्नुभएको छ कि हामी आजै दिन चाहेका थियौं भनेर । त्यो यथार्थ होइन ।
त्यसैले आरोप–प्रत्यारोप नगरौं ।
आज माघ ८ गते तनाव सिर्जना गरेर, प्रश्नावली निर्माण गर्ने समिति बनाउनका निम्ति यस्तो खालको तमासा सिर्जना गर्नु उपयुक्त छैन । यसको अन्त्य हुनुपर्छ । माओवादीले सधैं एउटा लचकता प्रदर्शन गर्दै आएको छ, अहिले पनि जनतालाई संविधान दिनको निम्ति हामी अधिकतम लचिलो बनेर जान तयार छौं । तर आज त्यो सम्भव छैन, त्यो सबैले बुझेको कुरा हो ।
त्यसैले आज सम्भव भनेको चाहिँ संयुक्त वक्तव्य/प्रतिवद्धता/क्षमायाचनापत्र दिने हो । यसको लागि सत्तापक्षमा भएका दलहरुले पहल गर्नुभएको भए राम्रो हुन्थ्यो । अब संविधानसभाका अध्यक्षले नै पहल गर्दा हुन्छ । उहाँले नै पहल गरेर सबै दलका नेताहरुलाई बोलाउने र सकारात्मक सन्देश दिऊँ भन्दा हुन्छ । यही सुझाव मैले उहाँलाई (सभाध्यक्ष) दिएको छु ।
0 comments
Write Down Your Responses