ओठमा रातो लाली म त मान्छे काली कालीको छायांकन

ओठमा रातो लाली म त मान्छे काली कालीको छायांकन ओठमा रातो लाली म त मान्छे काली काली यहि कालीलाई कान्छा तिमी आँखा लाउछौ खाली।। तिम्रो लोभी नजर छ मेरो उध्रेको चोली मलाई मुटु मै हान्यौ कान्छा पिरतीको गोली भनिन्छ कसैको गलामा भगवानले स्वर भरेका हुन्छन त्यो मधुरता अनि कर्णप्रियता त्यस्तै नमुनाहरु आज सँसारमा चर्चित छन । बिक्रम सँबत २०५४ ०३ २८ मा नबलपरासीको परासीमा जन्मेर बुटवलमा हुर्केकी एन्जिला रेग्मी हाल अध्यनको सिलसिलामा काठमाण्डौमा बस्दै आएकी छन । उन्को बिभिन्न भाबका तिन एल्बम बजारमा छन भने तेश्र्रो एल्बमकै केहि गितहरु बजारमा आईसकेको र केहि गितहरु छायाँकनको क्रममा रहेका छन । उन्को समिश्रण, र लुकीछिपी एल्बम बजारमा यस अघिनै आईसकेको छ । समिश्रणमा ७ बटा गितहरु रहेका छन भने अर्को एल्बम लुकीछिपी उन्को एकल एल्बम हो । जस्मा ६ बटा गितहरु रहेका छन । रमेशराज भट्टराईको शब्द सँगितमा रहेको एन्जीलाको पछिल्लो एल्बममा रहेकोे प्रितीकोे गोली बोलको गित अहिले चर्चाको शिखरमा रहेको छ । जस्मा रमेशराजकै शब्द सँगित तथा समन अधिकारीको निर्देशन रहेको छ । बागेस्वरी सँगितालय तथा गान्धर्ब सँगित बिध्यालयमा सँगित सिक्दै आफ्नो साँगितीक यात्रा तथा अध्ययन समेतलाई निरन्तरता दिईरहेकी एन्जीला भबिश्यको एक उज्जवल तारा हुन भन्दा अतियुक्ती नहोला ।

0 comments

Write Down Your Responses