दाङ देउखुरी सेवा समाज कतारको बैठक सम्पन्न

श्याम डि.सी, दोहा - दाङ देउखुरी सेवा समाजको दोस्रो साधरणसभा पछिको पहिलो बैठक संस्थाका अध्यक्ष सुर्य सुबेदी को अध्यक्षतामा बस्यो । उक्त बैठकले संस्थाको सल्लाहकार चयन गरिएको छ । जसमा प्रमुख सल्लाहकार लुमाकान्त पुन मगर बरिष्ठ सल्लाहकारमा कमलमणि गुराँगाई, अर्जुन खड्का, गणेश प्रसाद बन्जाडे, शोया दाहाल रहनु भएको छ भने सल्लाहकारमा सत्य बहादुर पुन मगर, हेमन्त चौधरी, नारायण थापा, मेघराज सुबेदी, मधुसुदन डागी, मोहन बहादुर के.सी, मागु चौधरी, बुद्धिराम आचार्य, दुर्गा शोति, गोपाल शाह, राजन चापागाँई र शरद पाण्डे लाई चयन गरिएको छ ।
  बैठक ले जिल्लामा सस्थाले भित्राउने एम्बुलेन्स समिती समेत गठन गरेको छ । कमलमणी गुरागाँई को संयोजकत्वमा नौ जनाको कार्यसमिती गठन गरेको हो । जसमा लुमाकान्त पुन मगर, अर्जुन खड्का, गणेश प्रसाद बन्जाडे, सुर्य सुबेदी, बसन्तराज पुरी, श्याम डि.सी, यद्ध बहादुर भुसाल, लिलामणी लामिछाने र शोया दाहाल सदस्य रहेका छन् । साथै संस्थाले आउदै गरेको नेपालीहरुको नयाँ बर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरको छ ।

0 comments

Write Down Your Responses