तनाबका कारण आत्महत्याको प्रयास

रोज्गार को सिल्सिलामा मलेसिया आएको ५ महिनामा एक युबाले तनाबका कारण आत्मा हत्या गर्ने प्रयास गरेका छन । सिन्धुली घर भएका २० बर्सिया दीपक लामाले आफुलाई निकै तनाब भए पछी आफ्नो हात चिरेको र अहिले पछुतो भएको बताएका हुन । १४ तारिक बेलुका ९ बजे खाना खाएर बसेका लामाले बिहान करीब ३ बजे तिर आफु धेरै सोचाइमा परेको र तनाबमा भएको ले एसो गरेको बताए । उनले दारी खौरने ब्लेडले बाया हातको हत्केला तल जोर्निमा गहिरो चिरेको र रगत बढी बग्न थाले पछी कम्पनी एजेन्ट ले उनि लाई सेडाङ अस्पताल पुर्याएका थिए । 
मलेसियाको एक कारखानामा काम गर्दै आएका लामा आफु बिरामी भएकोले ४ दिन देखी काममा नगएको र तेही बेला चेकिङ आउने, घर बाट पनि तनाब भएको ले आफुले तनब मा नै हात चिरेको बताए । उनि ४ दिन सम्म काममा नगएकोले कम्पनीले टर्मिनेट गरिसकेको र अब उस्को उपचार पछी नेपाल पठाउने उनको लागि अस्पताल ल्याएकी कम्पनी कै एजेन्टले बताइन । आफ्नो कम्पनीले खान बस्न र तलब पनि समयएमा दिएको बताउने लामालाई आत्म हत्या गर्ने प्रयास गरेको भन्दाइ अस्पतालको आपत्कालिन सेवा अन्तर्गत नम्बर नखुलाईएको सैयामा राखिएको छ उनिको १४ तारिक नै हातमा टाका मारिएको छ । आफुले धेरै सोचाइमा र तनाब म परेर एस्तो गल्ती गरेको र नेपालमा पनि परिवार सँग कुरकानी भएको बताए । प्रगतिशिल प्रवासी श्रमिक मन्च मलेसिया र मानब अधिकार छेत्रमा काम गर्ने तानागानिताका सिसिलिया फजरको संयुक्त पहलमा उन्को उपचार भैरहेको छ । 
ब्लेडले गहिरो काटिएको कारण बढी रक्तश्राब भएको ले उनि कम्जोर हुँदै गएको उपचारर्मा खटिएका डाक्टर ले बताएका छन । निजलाई कम्पनी र आफ्नो संस्थाको तर्फाबाट सक्दो सहयोग गरी छिटो भन्दा छिटो नेपाल फर्कौने मन्चका कामु अदक्छे इशोरी ढकालले बताउनु भयो । नेपालीहरु के कारणले कस्तो अबस्थमा अस्पतालामा छन र कहाँ कस्तो घट्ना भई रहेको छ जानकारीमा आउने र उनिहरुलाई सहयोग गर्दाइ आएको मन्चका महासचिब प्रेम पाण्डेले जानकारी दिनु भयो । लामाको उपचार खर्छ सबै बेहोर्ने र लगतै नेपाल पठाउने कम्पनी कि अजेन्टले बताएकी छन । -

0 comments

Write Down Your Responses