रोमाले मुम्बई नचाउने

       एउटा खुट्टाकै भरमा गरेको नृत्यले संसारभर चर्चित भएकी नेपाली कलाकार रोमा न्यौपानेले मुम्बई शहर नचाउने भएकी छिन । ८ बर्षको उमेरमा बस दुर्घटनामा परी एउटा खुट्टा गुमाउन पुगेकी रोमा मुम्बईमा रहेका नेपालिहरुको समूह देखचेम्स ग्रुपको आयोजनामा हुने कार्यकमका लागि शुक्रबार साँझ मुम्बई ऊढ्दैछिन । नृत्यमार्फत रोमाञ्चक पैदा गर्न सिपालु रोमा न्यौपाने , जब दर्शकलाई उनी एउटा मात्र खुट्टाले नृत्य गरिरहेकी छिन् भन्ने कुराको जानकारी हुन्छ, जो कोहि अचम्ममा पर्छ । मौलिक नेपाली गीतदेखि अत्याधुनिक गीतसम्म उत्तिकै छमछमी कम्मर मच्चाएर दर्शकलाई लट्ठ पार्न सक्ने क्षमता बोकेकी नृत्यांगना रोमा यतिबेला आफ्नो कला देखाएर संसारभरका बिभिन्न साँस्कृतिक कार्यक्रममा ब्यस्त भएकी छिन । 
     अपाङ्ग बालबालिकाको शिक्षा र अपाङ्गता भएका युवाको रोजगारी तथा अशक्त अपांगता भएकाहरुलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने अभियानमा पनि लागेकी रोमा दैनीक ६,७ वटा गीतसम्ममा लगातार नाच्न सक्ने बताउछिन । “नाचेकै कारण त्यती धेरै थकानको महशुस गरेको छैन । पहिला पहिला डान्स नसिक्दै एकदमै थकानको महसुस हुन्थ्यो । अहिले मेरो गुरुहरु केशव सापकोटा र सुमन सगर जंग केसी सँग डान्स सिकेपछि थकानको महशुस हुदैन” रोमाले न्युज अभियानलाइ बताइन । उनको साथमा हास्य कलाकार निरु खड्का लगायत अन्य नेपाली कलाकार पनि मुम्बई जादैछन ।

0 comments

Write Down Your Responses