पुसको जाडोमा गजलसंगै तातिए गजलकारहरु

सुर्खेत । सिम्ताली एकता समाज सुर्खेतको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यको श्रीबृद्धि गर्न लागिपरेका युवा गजलकार तथा कविहरुको जमातले भरिएको थियो क्याम्पस रोड सुर्खेतको एलिटस क्याफे । सबैले दमदार रचनाहरु बाचन गरिरह“दा वा–वा र तालीको आइरो लागेको थियो । सुर्खेतमा परेको हिउ“दे बर्षाको कारण कार्यक्रम केही ढिला गरी शुरु भएपनि दैलेख, सुर्खेत, जाजरकोट र अछामका गजलकार तथा कविहरुको उपस्थिति रहेको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको संस्थाका अध्यक्ष विष्णु महताराले जानकारी गराए । कार्यक्रममा खगेन्द्र अधिकारी ‘अमृत’, महेन्द्र चन्द ‘महासागर’, धिरेन थापा ‘अनुपम’, भरत ‘रोदन’ साउद, पहल असिम थापा, सन्देश कठायत, खगेन्द्र अटल, झलक वली, विद्या निर्दोष पहाडी, गणेश कञ्चन थापा, कृष्ण विरही जलन लगायत दुई दर्जन साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।

,

0 comments

Write Down Your Responses