वल्र्डलिंक माथि छानविन कहिले ?

काठमाडौं । राज्यको कर छली वल्र्डलिंक सञ्चालन गरि रातारात अर्वपति बनेका दिलिप अग्रवाल र सो समुहमाथि राज्यले तत्कालै छानविन सुरु गर्नुपर्ने बेला भएको छ । राज्यको ढुकुटीमा जाने २ अर्ब भन्दा बढी राजश्व छलि गरी छानविनको घेरामा रहेको वल्र्डलिंक प्रा.लि.माथि आन्तरिक राजश्व कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै कारबाही सुरु गर्नुपर्ने चर्को आवज उठेको छ । भारतबाट लोटा र धाती लगाएर नेपाल भित्रिएका अग्रवाल परिवारहरूले राज्य र जनता ठगी गरिरह“दा राज्यले कानमा तेल हालेर बस्नु कति जायज हो । भारतीय मुलका नक्कली नेपाली नागरिकता लिएर नेपालमा व्यापारी गरिरहेका वल्र्डलिंकका सिइओ दिलिप अग्रवालको सम्पत्ति र नेपाली नागरिकतामाथि छानविन हुनु जरुरी देखिन्छ । नेपाली जनतालाई अफर र छुटको नाममा ठगी गर्ने र राज्यलाई तिर्नुपर्ने कर नतिर्ने यस्ता आर्थिक अपराधी वल्र्डलिंकको नेतृत्व र दिलिप अग्रवालमाथि छानविन हुनु जरुरी छ । २ वर्ष अगाडि आन्तरिक राजश्व विभागले छापा मारी कारबाहीको लागि तयार गरेको फाइल राज्यले अध्ययन गरि कारबाही सुरु गरिनुपर्दछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले अख्तियारले तत्कालै छानविन अगाडि बढाउनुपर्दछ । विदेशबाट समेत सामान आयत गर्दा भन्सार नतिरेको राजनीतिक पहु“चको आधारमा राज्य र नेपाली जनता ठगी गर्ने दिलिप अग्रवाल र सो वल्र्ड लिंकको गु्रपमाथि राज्यले कारबाही सुरु गर्नै पर्दछ । राज्यको सम्पत्ति दुरुपयोग गर्ने र जनता ठग्ने अधिकार कसैलाई छैन ।

0 comments

Write Down Your Responses