महिनाका ३० देखि ३५ हजारसम्मको रक्सी खाने !

काम गर्ने कालु मकै खाने भालु भने झैं अहिले गणपति कार्कीले जति दुःख गरे पनि सिपाहीहरुको दुःख र पिडा नदेखि उल्टै पेल्नेसमेत गरेको बताइएको छ । साधारण कसुर गरेका जस्तै मादक पदार्थ सेवन गरेका, बिदाबाट समयमा हाजिर नभएका जस्ता साधारण कसुरमा पनि त्यसलाई ठूलो कसुर बनाएर गरिबका छोराहरुको जागिरबाट नै बर्खास्त गरिदिने जस्ता कार्य गरी गणपतिद्धारा पीडित बनेकाहरुलाई डरत्रास देखाई तारबार भित्रको कैदी बनाएर बस्न बाध्य बनाएका छन् ।
सेनाका जवानलाई डर र त्रासमा राखेर गणमा भएको रकम र विभिन्न गुल्म तथा पोस्टबाट आउने रकम केही मात्र देखाएर अरु सबै रकम काजगी हिसाव किताव मिलाई आफैले खल्तीमा भर्ने गरेका छन् । गणपतिको यस्तो गतिविधिबारे कोही काहिँ चुँसम्म पनि गर्ने वाला छैनन् । गणपति कार्कीको खिलाफमा बोल्ने आँट सिपाहीको त कुरै छाडौं अफिसरलाई पनि गाह्रो परिरहेका छ ।
गणपति कार्कीको कार्यकालमा उनको पिडा र दुःख सहन नसकेर उपदान र राजीनामा दिएर जानेहरुको लार्को नै लागथेको छ ।
न गणपति कार्कीले जवानको पिरमर्कामा साथ दिन्छन् न त उनले राखेका कुरा सुन्छन् ।
गणका सहायक गणपतिमा नियुक्ति भएर आएका सेनानी दीपेन्द्र बोगटी बोकोमाथि चढेर बाघको सिकार गर्न खोज्ने उनी आफैलाई मेरो कुन कुरा र कुन काम के हो भन्ने नै थाहा छैन । आफ्नो अधिकारको ज्ञान नभएका उनको के कुरा गर्ने ?
गणपति कार्कीले गणका अधिकृत पनि त्यस्तै राखेका छन् । जवानको पिर मर्का बुझ्ने सबै अफिसरलाई सरुवा जान बाध्य बनाएर अफिसरको नाममा कलंक छवि भएका जवानलाई आफ्नो जुत्ताको तलुवा ठान्ने क्याप्टेन अशोक मल्लालाई राखेका छन् । जमदार भनौदा त्यस्तै छन् ।
जमदार हुनुभन्दा अगाडिको कार्यकाल पुरै रकमी बसेर विताएका उनलाई सिपाहीको दुःख पिडा के थाहा?उसले सिपाहीको सानो गल्तीलाई पनि ठूलो बनाएर आफू राम्रो बन्नको लागि अधिकृतलाई कुरा लगाउने खोजतलासलाई बताए ।
0 comments
Write Down Your Responses