चर्चित भोजपुरी लेखक गुप्ताका दुई पुस्तक बिमोचित

वीरगंज । नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व सदस्य, गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका भोजपुरी भाषा संयोजक तथा चर्चित भोजपुरी भाषाका साहित्यकार एवं लेखक दिनेश गुप्ताद्वारा लिखित निबन्ध संग्रह “अन्हार में एक रात” र मुक्तक संग्रह “आन्हर के शहर में ” भन्ने दुईवटा पुस्तकको आज रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रीय कार्यालयको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो । सो पुस्तकको बिमोचन कार्यक्रमका प्रमुख अतिथी नेपाल भोजपुरी समाजका अध्यक्ष तथा बरिष्ठ भोजपुरी साहित्यकार एवं भोजपुरी भाषाका भीष्म पितामह पंडित दीपनारायाण मिश्रले माता सरस्वतीको तस्वीरमा फूल माला तथा अवीर चढाउनुको साथै पानसमा दीप प्रज्जवलित गरी पुस्तक बिमोचन कार्यक्रमको समुदघाट्न गर्दै उक्त दुबै पुस्तकको बिमोचन गर्नु भएको थियो । उक्त कार्यक्रममा साहित्यकार एवं लेखक दिनेश गुप्तालाई प्रमुख अतीथि मिश्रले अबीरको टिका तथा खादा ओढाएर सम्मान पनि गर्नु भएको थियो । 


पुस्तक बिमोचन कार्यक्रमका प्रमुख अतीथि मिश्रले यस पुस्तकले भोजपुरी भाषाको बिकासमा देखिएका बाधा अवरोधलाई चिर्नुको साथै भोजपुरी भाषा, कला तथा संस्कृतिको बिकासमा ठुलो टेवा पु¥याउने आशा समेत ब्यक्त गर्नु भएको थियो । लेखक दिनेश गुप्ताद्वारा लिखित निबन्ध संग्रह “अन्हार में एक रात” र मुक्तक संग्रह “आन्हर के शहर में ” भन्ने दुईवटा पुस्तक बारे नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं पुस्तक बिमोचन कार्यक्रमका बिशिष्ठ अतीथि उमाशंकर दुवेद्धी “दधीचि” र साहित्यकार एवं भोजपुरी भाषाविद्ध डा. विश्वम्भर शर्माले उक्त पुस्तक बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लेखक गुप्ताले आफनो छोटो मन्तब्य ब्यक्त गर्दै नेपालमा सबै भन्दा बढि बोलिने तेस«ो भाषा भोजपुरीको बिकास र आवश्यकता बारे ब्यापक चर्चा गर्नु भएको थियो भने फिल्म सरह नै भोजपुरी साहित्य पनि आफनो उत्कृष्टता प्रकट गरोस भन्ने आशा समेत ब्यक्त गर्नु भएको थियो । कार्यक्रमका अतीथि साहित्यकार एवं प्राध्यापक कुमार सच्चितानन्द, नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष मास्टर तारा सिहं, प्रभात काब्य यात्रा पर्साका संयोजक अरुण बिक्रम शाह, नेपाल भारत भोजपुरी मित्र मण्डलीका अध्यक्ष डा. शशी भुषण वर्णवाल, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेश चन्द्र गौतम, भोजपुरी भाषाका बरिष्ठ पत्रकार बिजय प्रकाश “ बिन”, गजल साहित्य मञ्च पर्साका दिलीप राज कार्की, हा“स्य ब्यङ्ग मञ्च पर्साका अध्यक्ष बिनोद तिमिल्सीना, बिन्दास एफ.एम.का निर्देशक आर.सि.यादव, प्रिन्ट मिडियाका तर्फबाट कान्तिपुर दैनिकका प्रतिनिधि शंकर आचार्य नागरिक दैनिक पत्रिकाका प्रतिनिधि रितेश त्रिपाठी लगायतले आ आफनो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत भाषण युवा कबि रितु राज पटेलले गर्नु भयो भने पुस्तक बिमोचन -

0 comments

Write Down Your Responses