जुलस र प्रहरीबीच नयाँ वानेश्वरमा झडप

काठमाडौं । एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाको आन्दोलन राष्ट्रिय गीत गाएर सभा सम्बोधन सुरू गरेको छ। एमाओवादीको पार्टीले आयोजना गरेको आमसभामा सम्भवतः पहिलो पटक राष्ट्रिय गीत गाएर आमसभा सुरू गरेको हो। ३० दलीय मोर्चाको आजको शक्ति प्रदर्शनले उपत्यकाको यातायात सेवा लथालिङ र भद्रगोल भएको छ। बाहिर निस्कएका उपत्यकाबासीहरु सर्बसाधारणहरु सडकमै अल्मलिएकाछन् भने घरमै बसेकाहरु ५ बजे पछि मात्र बाहिर निस्कने तयारीमा छन् । ३० दलीय मोर्चाका कार्यकर्ताहरु ठाउँ ठाउँमा जम्मा हुने क्रम जारी रहेपछि उपत्यकाको सवारी आवागमन प्रभावित भएको हो । झण्डा र ब्यानर लिएका मोर्चाका कार्यकर्ताहरु सडकमा देखिएका छन् । आन्दोलनकारीको बाक्लो जमघटले तिनकुने कोटेश्वर क्षेत्र, गौशालादेखि रातोपुल, प्रभाबित भएको ट्रफिक प्रहरीले जानकारी दिएको छ । मोर्चाका कार्यकर्ताहरु जम्मा हुने क्रम जारी रहेकोले त्यहाँ पनि सवारी चाप रहेको ट्राफिक प्रहरीले जनाएको छ । जुलस र प्रहरीबीच नयाँ वानेश्वरमा झडप मोर्चाले निकालेको जुलस र प्रहरीबीच नयाँ वानेश्वरमा झडप भएको छ । तीनकुनेबाट आएको जुलुस निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दा संविधानसभा वानेश्वरमा झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीलाई लक्षित गरी ढुंगा हाने । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र नेता अग्नि सापकोटाले नेतृत्व गरेको जुलुस मीनभवनको नेपाल कमर्श क्याम्पसतर्फ जाने सडकनजिक आइपुगेपछि प्रहरीले रोकेमा थिए । -

0 comments

Write Down Your Responses