खातामा भएको करोडौं रुपैया खातावालकै जानकारी बिना गायव
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’बर्गको इजाजत प्राप्त बाणीज्य बैंक भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ, त्यस्ता ठूला बैंकमा बद्मासी हुँदैन, आफ्नो धनसम्पत्तिको ग्यारेन्टी हुन्छ । तर, जसरी नराम्रा नियत भएका सहकारीका सञ्चालकले सर्वसाधारणको रकम असुलेर भाग्ने, ठग्ने वा बदमासी गर्ने गरिरहेका छन्, ठ्याक्कै त्यस्तै शैलीमा ‘क’ बर्गको एक वाणीज्य बैंकले गरेको बद्मासी खोजतलाससमक्ष जानकारीमा आएको छ ।
खातामा भएको करोडौं रुपैया खातावालकै जानकारी बिना गायव भएको घटनाले ‘क’ बर्गका बाणीज्य बैंकको समेत भरोसा नहुँदा बैंकमा रकम राख्नेहरु त्रसिद बनेका छन् ।
केही दिन अघि हलोदेखि हाइड्रोसम्मको नारा दिएर आफूलाई ‘क’ बर्गका बैंक मध्येकै सर्वोकृष्ठ दावी गर्ने मेघा बैंक भित्र त्यहाँकै शाखा प्रमुखकै संलग्नतामा २ करोड ठगी भएको घटना नसेलाउँदै अर्को ‘क’ बर्गको वाणीज्य बैंक सिटीजनमा भएको करिव ३ करोड रुपैया बदमासी भएको छ, त्यो पनि सोही बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिं भण्डारीबाटै । उनी आफ्नो समेत संलग्नतामा भएको उक्त बद्मासीको घटना सार्वजनिक नहोस भनेर हर प्रयत्नमा रहेको बुझीएको छ ।
हाल प्रहरी अनुसन्धानका क्रममा रहेको उक्त बदमासीको जानकारी खोजतलासलाई प्राप्त भएको छ ।
तीन जनाको संयुक्त नाममा रहेको खाताबाट एक जना खातावाललाई जानकारी नै नदिई दुई करोड ९५ लाख गायव पारिएको छ । बैंकको बदमासीका विरुद्ध पिडीतले प्रहरीमा उपचारको खोजी गरेपछि उक्त काण्डलाई दबाउन सिटीजन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)राजनसिं भण्डारीले काँग्रेस नेता प्रदिप पौडेललाई अघि सारेका छन् ।
नेता पौडेलले खाताबाट हराएको रकमको सावाँव्याज जसरी पनि मिलान गरिदिने सिईओ भण्डारीको सन्देश बोकेर पिडीत पक्षसँग अनुरोध गर्न धाइरहेको स्रोतले बतायो । पीडित पक्षका अनुसार सिईओ भण्डारीकै मिलोमतोमा तीन जना खातावालको हस्ताक्षर हुनु पर्नेमा फर्म नै बदलेर दुई जनाको मात्रै हस्ताक्षरबाट खाता सञ्चालन हुने वातावरण तय गराइदिएर दुई करोड ९५ लाख खाताबाटै झ्वाम पारिएको हो ।
पिडीतले बताएअनुसार संयुक्त खातामा हाल पिडीत रहेका व्यक्तिको डेढ करोड र अन्य दुईको संयु्क्त एक लाख पैचालीस हजार जम्मा गरिएको थियो ।
यसैबीच सिईओ भण्डारीसँग सम्पर्क गर्दा गल्ती ढाकछोप गर्दै उनले भने ‘यस्तो मलाई जानकारी भएन ।’



0 comments
Write Down Your Responses