बादरको समुहले खेतबारीमा लगाएको तोरी खान थाले
डिबि चन्द , बैतडी । बैतडीका धेरैजसो ठाँउहरुमा बाँदरले तोरी सखाप पार्न थालेपछि स्थानिय किशान चिन्तीत बनेका छन् । करीब २५ देखि ३० को संख्यामा आउने बादरको समुहले खेतबारीमा लगाएको तोरी खान थालेपनि किसान चिन्तीत बनेका हुन् ।
अहिले बाँदरहरुको समुहले बैतडीको श्रीकेदाका सबै वडाहरुका साथै दशरथचन्द नगरपालिकाका वडा नं. ५, ११, १२ र १३ मा आतंक भच्चाईरहेको छ । यो सिजनमा बाँदरले खाने अन्य आहारा नभएकाले तोरी सखाप पार्न थालेको बैतडीको श्रीकेदारका किशान सुरेन्द्र भट्टले बताउनुभयो ।
भट्टका अनुसार तोरीमा अहिले दाना नलागेपनि कलिलो बोट भएकाले बाँदरका लागि यो सिजनको तोरी मन पर्ने गर्दछ ।
बैतडीका किसानहरुले तोरी औषधि, तेल र अजारको लागि फलाउने गर्दछन् ।
0 comments
Write Down Your Responses