गृह जिल्लामा गजुरेल सम्मानित
गौरव पोखरेल, झापा । नेपालका चर्चित हास्यकलाकार मनोज गजुरेललाई गृह जिल्ला झापामा नागरिक सम्मान गरिएको छ । सुरुङ्गा जेसिजको ६ औं पदस्थापन समारोहका अवसरमा नेपाली हास्यसाहित्य तथा रङ्गमञ्चका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै झापा धरमपुर निवासी ४१ वर्षिय उनलाई सुरुङ्गा जेसिजद्वारा उत्कृष्ट नागरिक सम्मान गरिएको हो । कार्यक्रमको अवसरमा यस क्षेत्रका विभिन्न डेढ दर्जन बढी संघसंस्थाहरुले सम्मान पत्रसहित अभिनन्दन गरेका छन् । यसरी अभिनन्दन गर्ने संघसंस्थाहरुमा क्रमशः ज्ञान ज्योति युवा क्लब, सुरुङ्गा सहकार्य युवा क्लब, कनकाई सामुदायिक वन उपभोक्ता समुह, सतासीधाम जेसिज, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुह, पृथ्वी बचत तथा ऋण सहकारी संस्था, सिंहदेवी निमावी, झापा मेरिगोल्ड अंग्रेजी स्कुल, प्यारागन एकाडेमी, पशुपति अमावि, सगरमाथा साउण्ड सर्भिस लगायत रहेका छन् । गजुरेललाई नेपालका पूर्व गभरनर भेखबहादुर थापा, झापा क्षेत्र नं. ४ का सभासद प्रेम गिरीलगायतले सम्मान गरेका थिए । सोही अवसरमा सुरुङ्गा जेसिजका वर्ष २०१४ का अध्यक्ष शिव कडेँलले २०१५ का अध्यक्ष त्रिलोचन चिमरियालाई पदहस्तान्तरण गरेका थिए ।
0 comments
Write Down Your Responses