नमस्ते नेपाल हातेमालो सामाजिक सँस्थाको कतार साखा गठन

महेन्द्रप्रसाद पोखरेल कतार । मनोरञ्जन परोपकार र लगानीको क्षत्र पहिचान हातेमालो सामाजिक सँस्थाको अभियान भन्ने मुल यथार्थ र पबित्र नारा बोकि २०१३ मई १३ मा २६ जना पदाधिकारीहरुबाट सँञ्चालीत नमस्ते नेपाल सामाजिक सँस्थाको कतार साखा आज बिधिबत रुपमा गठन भएको छ । अन्तराष्ट्रिय क्षत्रमा समेत आफ्नो गठन बिस्तार गर्ने उध्यस्य अनुरुप पहिलो अन्तराष्ट्रिय साखा सँस्थाका केन्द्रिय उपाध्यक्ष हिमलाल शर्माको सभापतित्वमा सँपन्न उक्त भेलालाई लोक गायिका देबिका केसीले प्रमुख आतिथ्यता प्रदान गर्नुभएको थियो । २३ सदस्यीय कतार साखाका लागी युवा समाजसेवी ईश्वर काफ्लेले प्रतिनिधत्व गरेका छन भने उपाध्यक्षमा निसान उप्रेती सचिब अनिल बानिया, शहसचिब पुर्णचन्द्र कोषाध्यक्षमा रमेश दर्नाल र सदस्यहरुमा हिमलाल सर्मा मायाँ गुरुङ लगाएत का रहेका छन । ब्यानर अनाबरण सँगै पानसमा बत्ति बालेर राष्ट्रिय गित र शहिदहरुका नाममा श्रदाञ्जली अपर्ण गर्दै भब्य र सभ्य रुपमा अगाडी बढेको उक्त कार्यक्रममा रमेश दर्नालबाट स्वागत मन्तब्य ब्यक्त भएको थियो त्यसैगरी कार्यक्रम सँञ्चालन गरेका थिए अनिल बानियाले । परोपकार अक्षयकोषमा रकम जम्मा गर्ने सदस्यहरुलाई सम्मान गर्दै सँस्थाका बारेमा जानाकारी गराउँदै कार्यक्रमलाई आधिकारीकता त्रफ लगेका थिए बानियाले । साँगितक कार्यक्रमलाई ईन्दिरा शाहले सँञ्चालन गरेकी थिईन । कार्यक्रममा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । कलाकार डोलराज परियार,मधुसुदन डाँगी ,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका महासचिब सँदेश शर्मा ,कलाकार मोहन शाह लगाएतले आफ्नो प्रस्तुतीले मनोरञ्जन दिएका थिए भने युवा समाजसेवी तथा नबगठित कार्यसमिती अध्यक्ष ईश्वर काफ्लेले उठेर नाचेका थिए । कार्यक्रम दुई बजे शुरु भएको थियो । कलाकारहरुलाई सम्मान गर्ने ब्याक्ती ईश्वर काफ्लेले आफ्नो प्रतिबद्यता मन्तब्यमा आफुले परोपकार र लागनीको क्षत्र पहिचान हातेमालो सामाजिक सँस्थामा आफुले तन मन बचन र कर्मले काम गर्ने र आफ्नो कार्यकाललाई पुर्ण सफल बनाउने प्रतिबद्यता ब्यक्त गरेका थिए । कार्यक्रममा दोहामा स्थापीत बिभिन्न सँघ सँस्थाका प्रतिनिधी तथा पत्रकारहरुको उपस्थीती रुहेको थियो ।

,

0 comments

Write Down Your Responses